नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
बितेका दुई सातामा भारतको राजधानी नयाँ दिल्लीका केही पत्रकारहरु लगातार मार्ने धम्कीको सामना गरिरहेका छन् । प्रहरीमा आएका कम्तीमा चार वटा त्यस्ता धम्कीबारे प्रहरी अनुसन्धान भइरहेको छ । ह्वाट्सएप नामको सामाजिक सञ्जालमार्फत पत्रकारहरुलाई त्यस्ता धम्की आएको स्रोतले जनाएको छ । चारमध्ये एक जना पत्रकारलाई भने फोन मार्फत् नै मार्ने धम्की आएको थियो ।
उनीहरुलाई पठाइएको सन्देशमा गएको सेप्टेम्बर ५ मा बेंगालुरुमा हिन्दू अतिवादी शक्तिले हत्या गरेका पत्रकार गौरी लंकेशको कुरा उल्लेख छ । मोदी सरकार, भारतीय जनता पार्टी र राष्ट्रिय स्वंयसेवक संघको विरोध गर्नेलाई बाँकी नराख्ने र सफाया गर्ने सन्देशमा उल्लेख छ ।
भारतको राजधानीमा काम गरिरहेका धेरै पत्रकारहरुले यस्ता सन्देश प्राप्त गरेको तर सो विषयमा प्रहरीमा उजुरी गर्दा कुनै सुनुवाई नभएको गुनासो गरेका छन् ।
गएको सेप्टेम्बर १६ मा ‘ द कुइन्ट’ नामको अनलाइन अखबारमा एउटा हिन्दी गीत निकै कामुक र अभद्र भएको भन्दै एक जना महिला पत्रकारले टिप्पणी लेखेपश्चात उनलाई विभिन्न सामाजिक सञ्जालमार्फत बलात्कार र हत्या गर्ने धम्की आउन थालेको थियो ।
तिनलाई पठाइएका केही सन्देशहरुमध्ये एउटा भने त्यो गीतसँग कुनै सम्बन्ध नभएको बताइएको छ । सन्देश हिन्दी भाषामा छ र त्यो ह्वाट्सएप सामाजिक सञ्जालमार्फत पठाइएको छ ।
सन्देशमा भनिएको छ,‘ गौरी लंकेश किन मारिइन् ? गौरी लंकेश एक जना पत्रकार हुन् । केही हिन्दुवादी समूहले उनको बेंगलुरुमा हत्या गरे । प्रश्न उठेछ, हिन्दुवादीहरुले किन एक जना हिन्दू पत्रकारको हत्या गरे ?
किनभने उनीहरु मोदी सरकारको विरोधमा लेख्थिन् । गौरी आरएसएस र भाजपाको विरोधमा लेख्ने गर्थिन् । गौरी विश्वासघाती हुन् । उनी राष्ट्रविरोधी र हिन्दूविरोधी हुन् ।
यदि यो देशमा कसैले मोदीजी, आरएसएस वा भाजपाविरुद्ध लड्ने साहस गरे भने त्यो व्यक्तिलाई छोडिने छैन । मुसलमानहरुसँगै त्यस्ता व्यक्तिहरुको पनि सफाया गरिनेछ ।’
त्यो सन्देशको उजुरी नोएडा प्रहरीलाई गरियो र अनलाइनबाट त्यो गीतको भिडियो हटाइयो ।
सेप्टेम्बर २१ को दिन फ्रस्टपोस्टका प्रमुख संवाददाता देवोव्रत घोषले विभिन्न नम्बरबाट गौरी लंकेशको कुरा उल्लेख गरेर तीन वटा मेसेज प्राप्त गरे । अर्को एक अज्ञात नम्बरबाट उनलाई ज्यान मार्ने धम्की समेत आएपश्चात उनले प्रहरीमा उजुरी गरे ।
द कुइन्टकै पत्रकार सोहिनी गुहो रोयले आफ्ना दुई जना साथीहरुलाई सेप्टेम्बर १७ र २० मा त्यस्ता धम्कीपूर्ण सन्देश आएको बताइन् । ‘ती सन्देशहरु मेरा साथीहरुले हालै लेखेका समाचारसँग कुनै पनि कोणबाट सम्बन्धित छैनन् ।’, रोयले भनिन् । उनीहरुको माथि उल्लेख गरिएको गीतसँग पनि कुनै लिनुदिनु छैन ।
पत्रकारहरुले आफूले हालसालै लेखेको कुनै पनि समाचार विवादास्पद नभएको बताएका छन् ।
उनीहरुलाई फोन गर्ने नम्बरमा पछि फोन गर्दा स्वीच अफ गरिएको वा सम्पर्क बाहिर रहेको उनीहरुले जानकारी दिए । यसप्रकार सन्देश पठाउने र फोन गर्ने नम्बर धेरै भएको उनीहरुको अनुभव छ ।
१७ सेप्टेम्बरमा एसियन न्युज इन्टरनेशनलका पत्रकार अभय कुमारलाई त्यस्तै एउटा सन्देश आयो । पछि त्यो नम्बरमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । उनले औपचारिक रुपमा प्रहरीसमक्ष उजुरी त गरेनन् तर यो विषयलाई पत्रकार र दिल्ली प्रहरीको ह्वाटसएप ग्रुपमा भने उठाएका छन् । उत्तर प्रदेशबाट प्रकाशित हुने द हिन्दुका पत्रकार मोहम्मद अलीलाई पनि त्यस्ता धम्कीपूर्ण सन्देश आएको जानकारी दिएका छन् ।