नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
ग्रेटा थनबर्गको पछिल्लो पुस्तक उनका भाषणहरूको सँगालो थियो । त्यो पातलो पुस्तक एक घन्टाको बसाइमा सजिलै पढ्न सकिन्थ्यो । ग्रेटा राम्री लेखिका हुन् । म उनको अझ महत्वपूर्ण पुस्तकको प्रतीक्षामा थिएँ । हालै प्रकाशित उनको पुस्तक ‘द क्लाइमेट बुक’ मैले खोजेजस्तै छ । यो पुस्तक ४४६ पाना बाक्लो छ ।
ग्रेटाले जहिल्यै विज्ञानको आवाज सुन्नलाई भन्छिन् । यही काम उनले आफ्नो पुस्तकमा गरेर देखाएकी छिन् । उनी लेख्छिन्, ‘मैले हाल उपलब्ध सबैभन्दा उन्नत विज्ञानलाई आधार बनाएर पुस्तक लेख्न आफ्नो दबुको उपयोग गरेकी छु । यो पुस्तकले एकैचोटि जलवायु, पर्यावरण र अस्तित्वको सङ्कटजस्ता विषय समेट्छ ।’ उनी थप लेख्छिन्, ‘यी फरक तर आपसमा जेलिएका विषयलाई बुझ्न यो किताबले एकप्रकारले स्रोत पुस्तकको काम गर्ने मैले आशा लिएकी छु ।’
ग्रेटाले सम्पादकको भूमिका खेलेकी छिन् । उनले पाँच खण्डमा विभिन्न वैज्ञानिक, अभियन्ता, अर्थशास्त्री र अन्य विज्ञहरूका विचारतिर हाम्रो ध्यान तानेकी छिन् । पुस्तकको बनोट सरल छ । यसका पाँच खण्ड निम्न छन् ः
१. जलवायुले कसरी काम गर्छ ?
२. हाम्रो ग्रह कसरी बदलिँदै छ ?
३. यसले हामीलाई कस्तो असर पर्छ ?
४. यस विषयमा हामीले के ग¥यौँ ?
५. अब हामीले के गर्नुपर्छ ?
पाँच खण्डभित्र १०० भन्दा बढी छोटा निबन्धहरू छन् । यो जलवायुको संसार बुझ्ने चिनारी पुस्तक हो । ‘टिपिङ प्वाइन्ट’ (पछि फर्किन नसकिने बिन्दु) को विज्ञान जोहान रकस्ट्रोमले बुझाएका छन् । ‘मिथेन एमिसन’ (मिथेन ग्यास उत्सर्जन) बारे ज्याक हाउजफादरले लेखेका छन् । मौसमको विज्ञानबारे फ्रेडरिक अटोले लेखेका छन् । मिखाइल मान, क्याथरिन हेहोका लेखहरू पनि समावेश छन् । अर्थशास्त्रको कुरा बुझ्नुप¥यो भने निकोलस स्टर्न, थोमस पिकेटी वा केट रवर्थ हाजिर छन् । संस्कृतिका कुरा बुझ्न मार्गरेट आटवुड र अमिताभ घोष छन् । पुस्तकमा नाओमी क्लेन, एरिका चेनोवेथ, जर्ज मोनबियोटजस्ता अभियन्ताका रचना पनि छन् । थुनबर्गले न्याय र जलवायु परिवर्तनको विश्वव्यापी असरमा पनि ध्यान दिएकी छिन् । यसको लागि साहेल क्षेत्रबाट हिन्दौ औमारौ इब्राहिमले लेखेकी छिन् । भारतबाट सुनिता नारायनले लेखेकी छिन् । अमेजनबाट सोनिया गौजाजाराले लेखेकी छिन् । स्वीडेनका सामी आदिवासीहरूको तर्फबाट एलिन एन लाब्बाले रिपोर्ट लेखेकी छिन् ।
१०० भन्दा बढी लेखकहरूको योगदान रहेको पुस्तकलाई ग्रेटाले आफ्नै शैलीमा उनेकी छिन् । उनका निबन्धहरूले रचनाको चिनारी दिएका छन् र विभिन्न रचनालाई एकै मालामा उनेका छन् । यसमा उनको तत्परता र नैतिक स्पष्टता प्रस्ट देखिन्छ । संसारले धेरै गरिसकेको छ भन्नेहरूलाई पनि उनले बाँकी छोडेकी छैनन् ।
यो पुस्तक विषयवस्तुमा विस्तृत र स्पष्ट छ । डिसेम्बरबाट यो किताब मेरो कफी टेबलमा छ । एकै बसाइमा सरसर्ती नसकिने हुनाले यसलाई अलिअलि गर्दै बुझ्दै पढ्दै छु । पुस्तक शब्दकोश वा पाठ्यपुस्तकको आकारको छ । यसले जुन विषय बुझाउन खोजेको हो, त्यसको लागि यो आकार स्वाभाविक पनि हो ।
यो पुस्तक ढिलो पढ्नुपर्ने पुस्तक हो किनभने यसमा जानकारीको भरमार छ । विषयका विज्ञहरूलाई आफ्नो जीवनभरिको अध्ययनलाई समेट्न तीन वा चार पेज मात्र दिइएको छ । केही पाना फर्काएपछि फेरि अर्को विज्ञको पालो आउँछ । एकै बसाइमा सक्छु भनेर पढ्न बस्नेहरूले पूरै विचार बुझ्न नसक्ने हुनसक्छ । तर, दिनको दुई वा तीनवटा निबन्ध पढ्छु भन्नेहरूले दुई महिनामा हामी कहाँ छौँ र विज्ञानले कसरी काम गर्छ भनी राम्ररी बुझ्न सक्नेछन् । विज्ञानले कसरी काम गर्छ, हामी निष्क्रिय भएमा के होला, त्यसो गरे हामीले केकति अन्याय गरौँला र स्थिति सुधार्न हामीले के गर्न सक्छौँ आदि प्रश्नका जवाफ केलाउन हामीलाई ग्रेटाको पुस्तकले सघाउँछ ।
यी यावत विषयको सार खिचेको एउटै पुस्तकको खोजीमा हुनुहुन्छ भने ग्रेटाको पुस्तक उपयुक्त छनोट हुनेछ । संसारका सबै विद्यालयका पुस्तकालयसम्म यो पुस्तकलाई पु¥याऔँ ।
(स्रोत : क्लाइमेट एन्ड क्यापिटालिज्म डट कम ।)
अनुवाद : सम्यक
Leave a Reply