भर्खरै :

अमेरिकाद्वारा फेरि राजनीतिक दोषारोपणको अभ्यास सुरू

अमेरिकाद्वारा फेरि राजनीतिक दोषारोपणको अभ्यास सुरू

हालै अमेरिकाले फेरि एक पटक ‘राजनीतिक स्रोत ट्रेस’ को सिर्जना गरी चीनमाथि दोषारोपण गर्न खोजेको छ । अमेरिकाले यस्तो गरेको यो पहिलो पटक होइन । सन् २०२१ मा अमेरिकी सरकारले तथाकथित कोभिड–१९ भाइरसको स्रोत ट्रेसको रिपोर्ट सिर्जना गर्न गुप्तचर एजेन्सीलाई ९० दिनभित्रमा रिपोर्ट निकाल्न आदेश दिएको थियो ।
यो एउटा पुरानो चाल हो जुन अमेरिकी सरकारले आफ्नो शासकीय असफलता ढाक्न र सार्वजनिक ध्यान हटाउनको लागि प्रयोग गर्दछ । हाल अमेरिकामा बारम्बार गोलाबारी, तीव्र जातीय द्वन्द्व, सामाजिक अस्थिरता र गम्भीर मुद्रास्फीति उत्पन्न हुँदै आएका छन् । आफ्नो जिम्मेवारी पन्छाउनको लागि अमेरिकी राजनीतिज्ञहरूले तुरून्तै नयाँ राजनीतिक घटना सिर्जना गर्नु आवश्यक हुन्छ ।
गहिरो स्तरबाट हेर्दा यो राजनीतिक प्रहसन अमेरिकाले चीनको लागि देखाएको रणनीतिक चिन्ता हो । भाइरसको स्रोत ट्रेस एक वैज्ञानिक मुद्दा हो र राजनीतीकरण गरिनुहुँदैन । अमेरिकाले फेरि एकपटक ‘राजनीतिक स्रोत ट्रेस’ को सिर्जना गरेको छ जसले आफ्नै समस्याको समाधान गर्न सक्दैन । यसले मात्र विश्वलाई अझ स्पष्टरूपमा देखाउनेछ कि अमेरिका विश्वव्यापी महामारीविरूद्धको कार्यमा सबैभन्दा ठूलो विनाशक हो र स्रोत ट्रेस कार्यको सबैभन्दा ठूलो अवरोध पनि हो ।–सीआरआइ

Leave a Reply

Your email address will not be published. Required fields are marked *