नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
सामान्यतया कुनै एक देशले वैज्ञानिक अनुसन्धानमा खर्चेको रकम, प्र्रकाशित वैज्ञानिक एवं अनुसन्धानात्मक आलेख र ती आलेखको गुणस्तर र प्रभाव, उत्पादित पीएचडीको सङ्ख्या र पेटेन्टलाई त्यो देशको वैज्ञानिक क्षमता मापनको बलियो आधार मानिन्छ । यी चार आधारलाई मानक मान्ने हो भने पछिल्ला केही वर्षका अनुसन्धानहरूले चीन आफ्नो विज्ञान र प्रविधि क्षमतामा व्यापक प्रगति गर्न सफल भएको छ ।
सन् २००० मा वैज्ञानिक अनुसन्धानमा आफ्नो कुल गार्हस्थ उत्पादनको ०.८९ प्रतिशत खर्चेको चीनले बजेट वृद्धि गर्दै हाल २.५ प्रतिशतको हाराहारीमा पु¥याएको छ । आज चीन वैज्ञानिक अनुसन्धान र विकासमा खर्च गर्ने मामिलामा अमेरिकापछि दोस्रो स्थानमा छ । चिनियाँ वैज्ञानिकहरू अन्य कुनै देशका प्राज्ञभन्दा अगाडि देखिएका छन् । जापानिज नेसनल इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी पोलिसिको अध्ययनअनुसार सन् २०१८,२०१९ र २०२० मा प्रकाशित अनुसन्धानात्मक आलेखहरूमा धेरै उद्धरण भएको एक प्रतिशत आलेखमध्ये चीनको २७ प्रतिशत, संरा अमेरिकाको २४ प्रतिशत र बेलायतको ५.५ प्रतिशत रहेको उल्लेख छ । कुनै अनुसन्धानात्मक लेखमा अर्को आलेखको सन्दर्भ दिइने कार्यलाई उद्धरण भनिन्छ । आलेखमा जति धेरै पटक अन्य आलेखहरूको उद्धरण गर्छ, त्यस आलेखको त्यति नै उच्च गुणस्तरको मानिन्छ । हुुन त सन् २०१७ मै चीनले अनुसन्धानात्मक आलेख प्रकाशनको सङ्ख्यात्मक आकडामा अमेरिकालाई उछिनेको थियो । द ओहोयो स्टेट युनिभर्सिटीका क्यारोलिन बाग्नरलगायतले सन् २०२० मा प्रकाशित एक लेखमा चीनको अनुसन्धानको स्तर संसारको औसतभन्दा बढी नै नवीनतम रहेको निष्कर्ष थियो ।
त्यसैगरी सन् २०२१ को अगस्टमा जर्जिया टाउन विश्वविद्यालय सेन्टर फर सेक्युरिटी एन्ड इमर्जिङ टेक्नोलोजीले विज्ञान, प्रविधि र इन्जिनियरिङ र गणित (STEM)मा चिनियाँ विश्वविद्यालयहरूबाट ३ जना विद्यावारिधी उत्पादित हुुँदा अमेरिकी विश्वविद्यालयले दुई जना उत्पादन गर्ने गरेको तथ्याङ्क प्र्रस्तुत ग¥यो । हालको भर्नाको प्रकृति हेर्दा सन् २०२५ मा चिनियाँ विश्वविद्यालयहरूले प्रतिवर्ष करिब ७७ हजार विद्यावारिधि उत्पादन गर्दा अमेरिकाको करिब ४० हजारमात्र रहने प्रक्षेपण गरेको छ । अर्थात् सन् २०२५ मा चीनबाट STEM मा विद्यावारिधि प्राप्तहरूको सङ्ख्या अमेरिकाको भन्दा करिब दोब्बर रहनेछ ।
पेटेन्टको सन्दर्भमा पनि विश्व बौद्धिक सम्पत्ति संस्थाले जनाएअनुसार सन् २०२१ मा विश्वभर प्रदान गरेको कुल १७ लाख पेटेन्ट (जसले वस्तुको आविष्कार वा उत्पादन गर्छ, उसैसँग प्रयोग र बिक्रीको अधिकार रहने बन्दोबस्त) मध्ये करिब ३९ प्रतिशत चीनको भागमा परेको छ । सन् २०१९ देखि नै विश्वभर प्रदान गरेको पेटेन्टमध्ये सबैभन्दा बढी चीनको भागमा पर्दै आएको छ । पछिल्लो रिपोर्टअनुसार पहिलोपटक चीनले अमेरिकालाई विश्वका उत्कृष्ट विश्वविद्यालयहरूको सङ्ख्यामा पनि उछिनेको छ । रिपोर्टअनुसार ९० देशका दुई हजार उत्कृष्ट विश्वविद्यालयहरूमध्ये ३३८ चिनियाँ, २८० अमेरिकी विश्वविद्यालय छ । यद्यपि, संसारका सय उत्कृष्ट विश्वविद्यालयहरूमा अहिले पनि अमेरिकी विश्वविद्यालयहरूको दबदबा कायमै छ ।
प्रगतिको अन्तर्य
विज्ञान र प्रविधिको नेतृत्वबिना चीनको विकास र पुनरुत्थान सम्भव नभएको प्रस्ट बुझेको चिनियाँ नेतृत्वले विशेषतः १९७८ पछि विज्ञान र प्रविधिमैत्री नीतिलाई प्राथमिकतामा राखेको देखिन्छ । पछिल्लो क्रममा चीनले विज्ञान र प्रविधिमा हासिल गरेको सफलता उसले विज्ञान, प्रविधि र नवप्रवर्तनमैत्री नीति र लगानीको परिणाम हो ।
चीनको विज्ञान तथा प्रविधि मन्त्रालयले सन् १९८६ मा सञ्चालन गरेको उच्च प्रविधिको अनुसन्धान तथा विकास कार्यक्रम अर्थात् ८६३ कार्यक्रम, चीनको शिक्षा मन्त्रालयले उच्च गुणस्तरको अनुसन्धानात्मक विश्वविद्यालय निर्माण र उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थालाई बलियो र सुदृढ गर्ने २११ कार्यक्रम र ९८५ कार्यक्रम, सन् १९९७ मा सञ्चालित आधारभूत वैज्ञानिक अनुसन्धान कार्यक्रम, ९७३ कार्यक्रम, चाइनिज एकेडेमी अफ साइन्सले सन् १९९४ मा सञ्चालन गरेको सय प्रतिशत कार्यक्रम, सन् १९९८ को नवप्रवर्तन ज्ञान उत्पादन कार्यक्रमजस्ता विज्ञानमैत्री कार्यक्रमहरूका केही उदाहरणहरू हुन् ।
सन् २००६ को प्रारम्भमा चीन सरकारले विज्ञान र प्रविधिमा आफ्नो क्षमता विकासका लागि राष्ट्रिय स्तरको मध्यम र दीर्घकालीन योजना MLP (२००६–२०२०) अघि सा¥यो । सन् २०२० भित्र अनुसन्धान र विकासमा आफ्नो कुुल गार्हस्थ उत्पादनको २.५ प्रतिशत लगानी पु¥याउने, विदेशी प्रविधिको निर्भरतालाई ३० प्रतिशतभन्दा कम गर्ने पेटेन्ट प्राप्त गर्ने र चिनियाँ नागरिकका आलेखहरू उद्धरण गर्नेमा विश्वको शीर्ष पाँच स्थानभित्र पु¥याउने लक्ष्यअनुरुप विज्ञान र प्रविधिमा लगानी वृद्धिपछि उपलब्धि पनि हासिल हुन थाल्यो
सन् २०१५ मा घोषित मेड इन चाइना २०२५ योजना चीनलाई सन् २०५० भित्र विज्ञान र प्रविधिमा संसारको सुपरपावर बनाउने रणनीतिक लक्ष्यको पहिलो दसवर्षे योजना हो । सन् २०२५ भित्र देशलाई गुणस्तरीय उत्पादन केन्द्र बनाउने, देशको नवप्र्र्रतन क्षमता वृद्धि गर्ने, श्रमशक्तिको उत्पादकत्व क्षमता विकास गर्ने, विशेषतः ए.आई, क्वान्टम टेक्नोलोजी, विग डाटा, सेमिकन्डक्टरलगायतका क्षेत्रमा लगानी केन्द्रित गर्ने र विदेशी प्रविधिहरूको निर्भरतालाई कम गर्दै जाने लक्ष्य समावेश थियो ।
चीनले देशको विकास र पुनरुत्थानका लागि निरन्तर व्यवस्थित र दीर्घकालीन सोच राख्दै आएको छ । चीनले आफ्नो अल्पकालीन, मध्यकालीन योजनाहरू दीर्घकालीन योजनाको दृष्टिले तय गर्छ । पञ्चवर्षीय योजना, मध्यमस्तरको MLP, मेड इन चाइना २०२५ होस् वा सन् २०३५ सम्म मध्यस्तरको विकसित र सन् २०४९ मा उन्नतस्तरको योजना समाजवादी देश हुने लक्ष्यहरू हुन् । ती सबै आपसमा श्रृङ्खलाबद्ध जोडिएका छन् । विज्ञान र प्रविधिमा विश्वको अगुवा बन्न सकेमात्र चीनलाई एक शक्तिशाली मुलुक र राष्ट्रको पुनरुत्थान गर्न सहज हुने राम्ररी बुझेको चिनियाँ नेतृत्व विज्ञान प्रविधिलाई देशको आधुनिकीकरणको एक महत्वपूर्ण हतियार थान्छ ।
चिनियाँ नेतृत्वहरूले देश विकास र पुनर्जागरण गुणस्तरीय मानव संसाधनमा निर्भर रहने भएकोले प्रतिस्पर्धात्मक, निपुर्ण, प्रतिभावान, ऊर्जाशील, बुद्धिमानी जनशक्ति निर्माण र पोषित गर्न विशेष ध्यान, समय र बल लगाउँदै आएको छ । तसर्थ, २०१७ मा सिन्ह्वाले प्रकाशित गरेको समाचारअनुसार सन् १९७८ देखि (विशेषत ः २००० पछि) करिब ५२ लाख चिनियाँ विद्यार्थी, प्राज्ञहरू विभिन्न देशमा अध्ययन र अनुसन्धानका लागि गएका छन् । तीमध्ये अधिकांशले विज्ञान वा इन्जिनियरिङ पढे । जसमध्ये करिब ८३ प्रतिशत देश फर्केका छन् । चीनले विदेश अध्ययन गर्न गएका कैयाँै विद्यार्थी, प्राज्ञहरूलाई उच्च गुणस्तरका प्रयोगशाला र उच्च प्रविधि कम्पनीमा काम गर्न स्वदेशमै फर्काउन प्रोत्साहित गर्ने कार्यक्रमहरू सञ्चालन ग¥यो । सय प्रतिभा कार्यक्रम (Hundred Talent Program), १११ कार्यक्रम, हजार प्रतिभा कार्यक्रम, युवा हजार प्रतिभा कार्यक्रम, नयाँ सय प्रतिभा कार्यक्रमलगायतका कार्यक्रममार्फत विदेशमा रहेका वैज्ञानिकहरू, अनुसन्धानकर्ताहरू, प्राज्ञहरू, विश्वविद्यालयका नेतृत्वकर्ताहरू, उद्यमीहरू र कम्पनीका कार्यकारीहरू फर्काउने नीति अवलम्बन ग¥यो । हाल चीनले विज्ञान र तथा प्रविधिमा प्राप्त उपलब्धिहरूमा विदेशबाट चीन फर्किएकाहरूको महत्वपूर्ण योगदान र भूमिका रहेको अध्ययन र अनुुसन्धानले बताउँछ ।
चीनको आधुनिकतातर्फको प्रक्रिया विकसित देशहरूबाट सिक्ने, आफ्ना नीति र कार्य योजनाहरूको कठोर र निर्मम समीक्षाको माध्यमबाट नयाँ र परिष्कृत योजना तर्जुमा र सुरु व्यवस्थित कार्यान्वयन गर्ने संस्कारबाटै अगाडि बढेको हो ।
चिनियाँहरूल अरुबाट नसिक्ने र सिक्न चाहना नराख्नेले प्रगति गर्न सक्दैनन् भन्ने यथार्थ राम्ररी बुझेका थिए र आज पर्यन्त बुझेका छन् । २१ औँ शताब्दीका लागि विज्ञान र प्रविधिमा आफ्नो प्रतिस्पर्धात्मक क्षमता अभिवृृद्धि गर्न सन् १९८० को दशकदेखि नै सिलसिलेवार विज्ञान, प्रविधि, अनुसन्धान र विकासका कार्यक्रम र रणनीतिहरू तय गर्दै आएको उपजस्वरुप चीन यस क्षेत्रमा अब्बल हुन सफल भएको हो !
Leave a Reply