भर्खरै :

महिला कार्यकर्ता नानीछोरी खुसुको निधन

महिला कार्यकर्ता नानीछोरी खुसुको निधन

भक्तपुर, १३ चैत । नेपाल क्रान्तिकारी महिला सङ्घका सक्रिय कार्यकर्ता नानीछोरी खुसुको शनिबार निधन भएको छ । पिता बिकुबहादुर लाखा र माता हरिमाया लाखाकी जेठी सन्तानको रूपमा उहाँको जन्म भएको थियो । उहाँका दुई छोरा र चार छोरी छन् ।
विसं २०५४ सालको स्थानीय निकायको निर्वाचनमा नेमकिपाको तर्फबाट महिला वडा सदस्यमा उहाँ निर्वाचित हुनुभएको थियो ।
उहाँको पार्थिव शरिरमा नेपाल क्रान्तिकारी किसान सङ्घका भक्तपुर जिल्ला अध्यक्ष गोविन्द दुवाल र गङ्गाराम ज्याख्वले सङ्घको झन्डा ओढाई अन्तिम सम्मान व्यक्त गर्नुभएको थियो । मृतक खुसु उच्च रक्तचाप र चिनी रोगबाट पीडित हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *