भर्खरै :

पूर्वअर्थमन्त्री रामशरण महतलाई खुलापत्र

  • चैत्र १६, २०७९
  • – रामप्रसाद र मन्त्रीका साथीहरू
  • समाचार
पूर्वअर्थमन्त्री रामशरण महतलाई खुलापत्र

प्रिय पूर्वअर्थमन्त्री महतज्यू,
दुई–तीन पटक देशको अर्थमन्त्री हुनुभएकोमा खुसी भएर विदेशी केही संस्थाले प्रशंसा गरी सम्मानित पनि ग¥यो । सम्भवतः पश्चिमीहरूलाई मनपर्ने मन्त्रीको नीति नेपाली युवाहरूलाई विदेशी कम्पनीहरूमा सस्तो ज्यामीको रूपमा पठाउने काम हो । तर, त्यस नीति र कार्यले लाखौँ नेपाली परिवारले आज दुःखको आँसु पिउँदै छन् ।
कुनै एउटा आर्थिक नीति अगाडि सार्दा सरकारले विभिन्न वर्ग र समुदायमा पर्ने सम्भावित असरको पक्ष र विपक्षको लेखाजोखा गर्नु आवश्यक थियो । निर्वाचन जित्न सरकारमा जाने दलहरूले विदेशीहरूसँग पैसा लिनु र विदेशीहरूले सुझाएका नीति र योजनाहरूलाई स्वीकार्नु अत्यन्त डरलाग्दो र देशघाती कार्यशैली हो ।
नेपाली युवाहरूलाई अन्तर्राष्ट्रिय श्रम बजारमा सस्तो ज्यामीको रूपमा पठाउने प्रस्ताव बजेटमा सुन्नासाथै रेडियो, टीभी र समाचार हेर्ने बुद्धिजीवी र जानकार नेपालीहरू आत्तिएका थिए । त्यसको विरोधको स्वर सदन र सडकमा पनि सुनिएको थियो र अनेक सामाजिक सञ्जालहरूमा पनि छलफलको विषय बनेको थियो ।
निश्चय पनि नेपालका पुराना राजनीतिक दलमध्ये प्रजापरिषद्पछि नेपाली काङ्ग्रेस एक हो । २००७ सालपछि धेरै पटक सरकारको नेतृत्व गरेको शासक दल पनि नेका हो । तर, नेपाली काङ्ग्रेसका नेताहरूमा आफ्ना पार्टीको जस्तो योगदान र बौद्धिकस्तर भएका नेता र कार्यकर्ता अरू दल वा विश्वविद्यालयहरूमा छैनन् भन्ने अहङ्कार छ ।
केही हदसम्म सत्य त्यही भए पनि नेपाली काङ्ग्रेसले गरेका बहुचर्चित हरेक निर्णयले नेपाल र नेपाली जनताको अहित ग¥यो र देश विकासलाई अवरूद्ध ग¥यो । युवा श्रमिकहरू विदेशमा पठाउँदा हुने नकारात्मक परिणामहरू निम्न देखिए –
क. पारिवारिक र सामाजिक सम्बन्धहरू धुजाधुजा भए,
ख. व्यक्तिगत र पारिवारिकरूपले म्यानपावर कम्पनीका एजेन्टहरूले पैसा नलिई विदेश पठाउनुपर्नेमा युवाहरूको घर–खेत बेच्न लगाई लाखौँ परिवारको सम्पत्ति शोषकहरूको हातमा पुगे ।
ग. सम्झौताअनुसार जुन कम्पनीमा काम दिनुपर्ने हो, त्यसमा नदिई अर्कै कम्पनीमा दिई शारीरिक र आर्थिकरूपले पनि अत्यन्त दुःखकष्ट हुने अवस्थामा पु¥याइयो ।
घ. म्यानपावर कम्पनीहरूको मनपरीले दुःख पाएका सङ्ख्याको हिसाब गर्ने हो भने नेपालको इतिहासमा सबभन्दा बढी दुःख पाएको नेपाली सङ्ख्या अहिले हो । यो अर्को आधुनिक दासयुगको सङ्केत हो ।
ङ. राम्रो बन्दोबस्तको अभावले हजारौँ युवाहरू अकालमा परे, त्यसबारे जिम्मेवार व्यक्ति र संस्थाहरूलाई सजाय हुनुपर्ने हो तर भएको छैन ।
च. विदेशबाट फर्केका अयोग्य युवाहरूको बन्दोबस्त गर्ने कुन निकाय हो, त्यसको बन्दोबस्त खोइ ? अर्को १० वर्षमा हरेक सहरमा हरेक दिन उपचार र सेवा नपाएर मर्नेहरूको सङ्ख्या दैनिक ३ जनाभन्दा बढी हुनेछन् ।
छ. वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरूलाई देशमा नेपालको राजदूतावास र त्यसका कर्मचारीहरूले आ–आफ्ना कर्तव्यहरू पालना गरिरहेका छैनन् । तिनीहरू सधैँ विदेशी कम्पनीका दलाल र नेपाली जनताका यमराज साबित भएका छन् ।
ज. श्रमिक युवाहरू विदेश पठाउँदा कृषि अर्थतन्त्र र उद्योगधन्दा बर्बाद भयो, अन्य सेवामा समेत काम गर्ने युवाहरू छैनन् ।
यी सबै विषयमा ध्यान दिँदा ११ चैत २०७९ को ‘नयाँ पत्रिका’ को राजनीतिक परिशिष्टाङ्कमा १८ वर्ष मलेसियामा लुकीलुकी काम गरेका किसुनकुमारको कथाबाट हाम्रो जीउ सिरिङ्ग हुन्छ । उनी भन्छन्, “थाकेँ अब नेपाल फर्किन चाहन्छु ।”
उदयपुरका किसुनकुमारको कथा–व्यथाले मैले पूर्वअर्थमन्त्री र नेपाली काङ्ग्रेका नेतालाई सम्झेँ । उनी त एक प्रतिनिधिपात्र मात्र हुन् । यस्ता पात्रहरू हजारौँ हजार छन् । जनताले पाएको अनावश्यक दुःख–कष्टको निम्ति मन्त्रीको गलत नीति दोषी छ । देश आर्थिकरूपले बर्बाद भएको बारे त कुनै लेखाजोखा नै छैन । परिणामलाई ध्यान दिएर यसबारे मन्त्रीको थप विचार बुझ्न हामी लालायित छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *