भर्खरै :

होन्डुरस र चीनको कूटनीतिक सम्बन्धको अर्थ

होन्डुरस र चीनको कूटनीतिक सम्बन्धको अर्थ

गत मार्च २६ मा होन्डुरस र जनवादी गणतन्त्र चीनबिच कूटनीतिक सम्बन्ध स्थापना भयो । इरान र साउदी अरबसँग सफलतापूर्वक ऐतिहासिक सम्बन्ध स्थापनापछि होन्डुरससँगको चीनको सम्बन्ध सेतु जोडिनु उसको दोस्रो कूटनीतिक विजय हो । हालसाल दुई अधिवेशन (राष्ट्रिय जनकाङ्ग्रेस र चिनियाँ राष्ट्रिय जनसल्लाहकार सभा) को सफल आयोजनापश्चात् चीनले अन्तर्राष्ट्रिय कूटनीतिमा उल्लेख्य प्रगति र परिणाममुखी सफलता हासिल गरेको छ । चीनको शान्तिपूर्ण उदयमाथि मध्यपूर्वदेखि ल्याटिन अमेरिकासम्म विश्वास बढेको छ । ती देशले चीनलाई भरपर्दो र विश्वसनीय मित्र मानेका छन् ।
संरा अमेरिकासँग लामो समयदेखि ‘सुरक्षाको लागि तेल’ सम्झौता गरेको साउदी अरब र चीनको ताइवानसँग लामो सम्बन्ध भएको होन्डुरसले आफ्ना पहिलाका सम्बन्ध तोडेर चीनतिर लाग्नु पछाडि कम्तीमा तीन कारण छन् । चीनले आफ्ना मित्र देशहरूमाथि ‘या त आफ्नो नीति मान अथवा अर्को बाटो लाग’ जस्तो दबाब दिने गर्दैन ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो देशको मनोमानी र हितमा तेलको मूल्य घटाउन साउदी अरबलाई दबाब दिँदा साउदी राजकुमार तथा प्रधानमन्त्री मोहम्मद बिन सल्मान अल साउद मानेनन् । त्यसकारण, ती देशहरू (होन्डुरस र साउदी अरब) संरा अमेरिका निर्देशित ‘शून्य उपलब्धि’ (जिरो–सम) को खेल छोडेर चीनको समावेशी, बहुपक्षीय सम्बन्धतिर लागे ।
त्यसका साथै बेल्ट एन्ड रोड परियोजना (बीआरआई) जस्ता चीनले अघि सारेका अन्तर्राष्ट्रिय सार्वजनिक हितका कार्यक्रम आर्थिक सम्बन्ध र विकासमा आधारित कार्यक्रम हुन् । कसैले चिनियाँ कम्पनीका लगानी भित्याउनु कुनै राजनीतिक पूर्वशर्तसँग जोडिएको हुँदैन । तर, संरा अमेरिका वा संरा अमेरिकाले चलाएका संस्थासँग आर्थिक साझेदारी गर्दा त्यस्ता राजनीतिक पूर्वसर्त झेल्नुपर्छ । चीनको लगानी होन्डुरसजस्तो देशको लागि सुवर्ण अवसर हो । एउटा बाँध निर्माण परियोजनामा होन्डुरसले ३० करोड अमेरिकी डलर बराबरको चिनियाँ लगानी स्वीकारिसकेको छ । साथै साउदी अरबले चीनमा एउटा विशेष र दीर्घकालिक सम्झौताअन्तर्गत तेल निर्यात गर्ने भएको छ ।
चीनका यी नयाँ मित्रहरूले चीनलाई ‘खुला र इमानदार’ खेलाडीको रूपमा हेरेका छन् । चीनले कसैमाथि हस्तक्षेप नगर्ने नीति लिएको छ । उसले कुनै देशमाथि राजनीतिक व्यवस्था परिवर्तनको लागि दबाब दिने गर्दैन । तर, संरा अमेरिकाले भने बारम्बार यस्तो दबाब दिने गर्छ । ‘द न्युयोर्क टाइम्स’ को समाचारअनुसार होन्डुरसमा संरा अमेरिकी गुप्तचर विभाग (सीआईए) ले फ्लोरेन्सिओ काबाल्लेरोको नेतृत्वमा वामपन्थीहरूको हत्या गर्ने तालिम दिने गथ्र्यो । संरा अमेरिकाले चिली र अर्जेन्टिनामा पनि त्यस्ता हत्यारा दललाई तालिम दिने गथ्र्यो ।

ल्याटिन अमेरिकाको महत्वपूर्ण देश होन्डुरस र चीनबिचको नयाँ सम्बन्धले महामारीपश्चात्को विश्व व्यवस्थामा अन्तर्राष्ट्रिय सम्बन्ध पुनःगठन भएको पनि सङ्केत गरेको छ । महामारीपश्चात्को विश्व व्यवस्थामा सबै देश आर्थिक विकासलाई प्राथमिकता दिने नयाँ अध्यायमा लागेका छन् । सैनिक र सुरक्षा सहकार्यलाई भन्दा जनस्तरको विकासलाई प्राथमिकता दिने अध्यायमा सबै देशले पाइला चालेका छन् । विकासको चिनियाँ ढाँचा ती देशमा लोकप्रिय बनेको छ । विकासशील देशको रूपमा चीनले हासिल गरेको गरिबी निवारण र आर्थिक वृद्धिबाट उनीहरू प्रभावित छन् ।

वर्तमान र ऐतिहासिक अवस्थाको उचित लेखाजोखा गर्दै चीनको ताइवानमा साइ इङ्ग–वेनको नेतृत्व आएपछि उससँग कूटनीतिक सम्बन्ध तोड्ने होन्डुरस नवौँ देश बनेको छ । होन्डुरस र चीनबिच नयाँ कूटनीतिक सम्बन्ध स्थापनासँग सिक्नुपर्ने र अपेक्षा गर्न सकिने कुरा धेरै छन् ।
होन्डुरस र चीनको कूटनीतिक सम्बन्ध जोडिएसँगै एक चीन नीतिको सिद्धान्तलाई संसारका सबैजसो देशले स्वीकारेका छन् । भौगोलिक अखण्डताको लागि चीनको नैतिक आधारलाई अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएको छ । तर, ताइवानलाई चीनको हिस्सा मान्ने विषयमा अमेरिकाका हरेक कदम भने विवादास्पद हुने गरेका छन् ।
होन्डुरसको नयाँ कदमपछि ताइवानसँग निकै सीमित मात्र विकल्प बाँकी छन् । उसले चिनियाँ मूलभूमिसँग पुनःएकीकरण ताइवानी जनताको हितमा भएको बुझ्न जरुरी छ । तर, चिनियाँ मूलभूमिसँग द्वन्द्व ताइवानी जनता र ताइवानमा स्थायित्वको लागि हानिकारक हुनेछ । साउदी अरबजस्तो संरा अमेरिकाको सबभन्दा नजिकको साझेदारले समेत संरा अमेरिकासँगको सम्बन्धबारे पुनःविचार गरिरहेका छन् । किनभने उनीहरूले संरा अमेरिकामा स्थिरताको कमी देखिरहेका छन् । संरा अमेरिका आफ्ना वचनमा पक्का नभएको उनीहरूले भोगिरहेका छन् । जस्तै, हुथी विद्रोहीहरूले प्रहार गरेका मिसाइलबाट साउदी अरबलाई जोगाउने वाचा संरा अमेरिकाले पूरा गरेन । ताइवानले वाशिङ्टनको समर्थनलाई कुनै भावनामा नपरी वस्तुगतरूपमा आत्मसमीक्षा गर्नुपर्छ ।
ल्याटिन अमेरिकाको महत्वपूर्ण देश होन्डुरस र चीनबिचको नयाँ सम्बन्धले महामारीपश्चात्को विश्व व्यवस्थामा अन्तर्राष्ट्रिय सम्बन्ध पुनःगठन भएको पनि सङ्केत गरेको छ । महामारीपश्चात्को विश्व व्यवस्थामा सबै देश आर्थिक विकासलाई प्राथमिकता दिने नयाँ अध्यायमा लागेका छन् । सैनिक र सुरक्षा सहकार्यलाई भन्दा जनस्तरको विकासलाई प्राथमिकता दिने अध्यायमा सबै देशले पाइला चालेका छन् । विकासको चिनियाँ ढाँचा ती देशमा लोकप्रिय बनेको छ । विकासशील देशको रूपमा चीनले हासिल गरेको गरिबी निवारण र आर्थिक वृद्धिबाट उनीहरू प्रभावित छन् ।
एसियादेखि ल्याटिन अमेरिकासम्म अन्तर्राष्ट्रिय समुदाय नयाँ शीतयुद्धको लागि तयार नभएको प्रस्ट सन्देश होन्डुरसले संसारलाई दिएको छ । अब संसारमा ‘युद्ध’ र ‘घेराबन्दी’ बेच्न नसकिने कुरा संरा अमेरिकाले बुझ्नुपर्छ । कोही पनि युद्ध र दबाबको पछि लाग्न तयार छैनन् । बरु आर्थिक विकास र सम्बन्ध बेच्न खोजे कसैले पत्याउलान् कि ¤ त्यसो गर्दा अरू देशले पनि उचित मौका पाउनेछन् ।
(लेखक पाकिस्तान–चीन प्रतिष्ठानका कार्यकारी निर्देशक हुन् ।)
स्रोतः सीजीटीएन
नेपाली अनुवादः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *