नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
समाजवादप्रति समर्पित योद्धा भनेर चिनिने इलेनर माक्र्स वैज्ञानिक समाजवादका प्रवर्तक कार्ल माक्र्सकी कान्छी छोरी हुनुहुन्थ्यो । चरम अभाव भए पनि उहाँका अभिभावकहरूले इलेनर माक्र्सलाई हुर्काउनुभयो । उहाँका अनेकौ नामहरूमध्ये विशेष गरी ‘तुसी’ नामले चिनिनुहुन्थ्यो । उहाँको पठन–पाठन आफ्नै बुबाद्वारा घरमै भयो । उहाँले आफ्नो बच्चालाई होमरका रचना र पुराना कथाहरू जस्तै डोन क्वीसोट, अरेबियन नाइटहरू पढेर सुनाउनु हुन्थ्यो । तर, परिवारको प्रिय लेखक चाहिँ शेक्सपियर थिए ।
बाल प्रतिभा :
८ वर्षीय इलेनर आइरिस रिपब्लिकन आन्दोलनको दह्री समर्थक हुनुहुन्थ्यो । आइरिस आन्दोलनसँग उहाँको परिचय आफ्नै बुबा माक्र्सको आजीवन साथी तथा वैज्ञानिक समाजवादका सह–प्रवर्तक फ्रेडरिक एङ्गेल्सद्वारा भयो जसको श्रीमती (ऋयmmयल ीबध ध्षभ) आइरिस हुनुहुन्थ्यो । पन्ध्र वर्षको उमेरमा नै उहाँले आफ्नो राजनैतिक चेतनालाई शोषित राष्ट्रहरूको मुक्ति र समाजवादको पक्षमा विस्तृत पार्नुभयो ।
जब पेरिसका मजदूरहरूले सन् १८७१ मा सत्ता हातमा लिए, पेरिस कम्युनको सङ्गठित सहयोगको लागि इलेनर आफ्नी दिदीसँग दक्षिणी फ्रान्सको भ्रमणमा जानुभयो । पेरिसका श्रमिकहरूले ६ हप्तासम्म सत्ता सञ्चालन गरे, त्यसपछि उनीहरूलाई दमन गरियो र इलेनर र उहाँकी दिदी फ्रान्सको सिमानाबाट भागेर स्पेन पुग्नुभयो । यसै क्रममा बाटोमा फ्रेन्च प्रहरीले गिरफ्तार गरी केरकार गरे र एक रात जेलमा समेत हाले । माक्र्सकी जेठी छोरीले कम्युन नेताको चिट्ठीलाई नष्ट गर्नुभयो ।
जब उहाँहरू लण्डन फर्कनुभयो तब अन्तर्राष्ट्रिय श्रमिक सङ्गठनको सम्मेलनमा सहभागि हुनुभयो । युवावस्थामै भए पनि इलेनर पहिल्यै समाजवादी आन्दोलनमा लागिसक्नु भएको थियो । विलियम लिब्नेच्ट जो माक्र्स र एङ्गेल्सको घनिष्ट मित्र हुनुहुन्थ्यो । आफै पनि विख्यात जर्मन माक्र्सवादी हुनुहुन्थ्यो । उनले इलेनरलाई अन्तर्राष्ट्रिय मजदुर सङ्गठनमै हुर्केको टिप्पणी गर्नुभएको थियो ।
अन्तर्राष्ट्रिय सम्पर्क :
परिवारको माध्यमबाट उहाँ तत्कालीन कम्युनिस्ट आन्दोलनका सबै महत्वपूर्ण व्यक्तिहरूसँग जस्तै कार्ल काउत्स्की (जो सँग पहिले उहाँको मित्रता थियो) परिचित हुनुहुन्थ्यो । पहिलो विश्वयुद्ध पूर्व काउत्स्कीले महत्वपूर्ण योगदान गरेको भए पनि पछि गएर ऊ संशोधनवादी भयो ।
नाट्यशाला इलेनरको अर्को एउटा शौख थियो । उहाँ नयाँ शेक्सपियर समाजमा समावेस हुनुभयो जुन महान नाटककारको रचनाहरूको प्रकाशन, प्रवद्र्वन र अध्ययनमा समर्पित साहित्यिक संस्था थियो । सधैजसो पैसाको अभाव हुनु उहाँको समस्या थियो । २६ वर्षको उमेरमा उहाँको स्वास्थ्य ज्यादै नराम्रो भयो । उहाँ मानसिक एवं शारीरिक दुवै रूपमा थकित हुनुभयो । हप्तौँसम्म उहाँले ज्यादै कम खाना खानुभयो र अनिद्राबाट पिडित हुनुभयो जुन जीवनको बोझले गर्दा पटक–पटक दोहोरिएको थियो ।
सन् १८८० दशकको सुरुका वर्ष उहाँको लागि खुसीको समय रहेन । इलेनरको दिदी जेनी लङ्गीटको क्षयरोगको कारण मृत्यु भएको केही वर्षपछि वर्षौं देखिको कलेजोको क्यान्सरको कारण सन् १८८१ मा उहाँको आमा जेनी माक्र्सको मृत्यु भयो । माक्र्सको पनि जो वषौदेखि बिरामी हुनुहुन्थ्यो । उहाँको श्रीमतीको मृत्युपछि जसलाई १५ महिनादेखि बचाइरहनु भएको थियो । २ महिनापछि माक्र्सको पनि मृत्यु भयो जो वर्षौं देखि स्वास्थ्य समस्याबाट पीडित हुनुहुन्थ्यो ।
अभिनय र एभिलिङ :
आमाको मृत्यु भएको केही समयपछि इलेनरले स्वतन्त्र जीवनको अग्नी कुण्डमा बाँच्न अभिनय कक्षा लिन थाल्नुभयो । यसै समयमा शेक्सपियरको विद्यार्थी, नाटककार, निर्माता र अभिनेता डा. एडवार्ड एभिलिङसँग उहाँको भेट भयो । एभिलिङ नास्तिक आन्दोलनमा सक्रिय थिए र इलेनरको प्रभावले समाजवादतर्फ आकर्षित भए । एभलिङ विवाहित थिए तर श्रीमती सँग सम्बन्ध बिग्रिसकेको थियो । चाँडै नै इलेनर र एभिलिङ विवाहित जोडीको रूपमा सँगै बस्न थाल्नुभयो । तर उनले यस विवाहलाई कानुनी रूप दिएनन् । त्यसबेला त्यसरी बस्नु सहज थिएन तर इलेनरले त्यस्तो दुराग्रहलाई एकातिर फालिदिनु भयो ।
उहाँ र एभिलिङले सन् १८८४ मा समाजवादी लिग गठन गर्न र त्यसको मासिक पत्रिका Common Weal प्रकाशनमा सहयोग गर्नुभयो । उहाँहरू समाजवादी शैक्षिक कक्षाहरू लिन र नाटक मञ्चन गर्न पनि सक्रिय हुनुभयो । इलेनरले Common Weal मा महिलाहरूको सवाल समेत अनेकौँ कुराबारे लेखहरू लेख्नुभयो । उहाँले बेबेलको ‘भूत, वर्तमान र भविष्यमा महिलाहरू’ भन्ने पुस्तकको समीक्षा गर्नुभयो र एमिलिङको महिलाहरूको सवालबारे भन्ने पर्चासहित त्यस पुस्तक प्रकाशन गर्नुभयो ।
सन् १८८६ मा इलेनर, एमिलिङ र विलियम लिब्नेच्टले संयुक्त राज्यको प्रवचन यात्रा गर्नुभयो । त्यस वर्ष आठ घण्टा कार्य दिवसको लागि अमेरिकी मजदुरहरूले सशक्त आन्दोलन गरिरहेका थिए । सो यात्रा निकै सफल रह्यो ।
एभिलिङको अँध्यारो पक्ष :
धेरै किसिमबाट एमिलिङ सफल थिए तर उनको चरित्रलाई नराम्रो सँग चित्रण गरियो । पुँजीलाई अङ्ग्रेजीमा अनुवाद गर्न उनको ठूलो योगदान रहेको भए पनि अधिकांशले उनलाई मन पराउन छाडे । इलेनर र एभिलिङ दुवैजना स्वतन्त्र श्रमिक पार्टीको आवश्यकता बारे प्रस्ट थिए तर उहाँहरू त्यसमा सफल हुन सक्नुभएन । समाजवादी लिगलाई अराजकतावादीहरूले कब्जा गरेका थिए । उहाँहरू रङ्गमञ्चतर्फ बढी आकर्षित हुनुभयो तर त्यस क्षेत्रमा पनि पूर्ण सफलता प्राप्त भएन । इलेनरले फ्लवर्टको म्याडम वोभरी र इब्सनका नाटकहरूजस्ता साहित्यिक रचनाहरू अनुवाद गर्न लाग्नुभयो ।
इलेनरले आफूलाई वर्ग सङ्घर्ष प्रति समर्पित गरेको अवस्थामा ज्यादै सफल हुनुभएको थियो । मई दिवसलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसको रूपमा स्थापित गर्न उहाँको ठूलो भूमिका रहेको थियो र बेलायतमा आयोजित मई दिवसको आयोजना गर्न महत्वपूर्ण भूमिका खेल्नुभयो जुन पहिलो मई दिवस थियो र जसमा ३,००,००० मजदुरहरूले भाग लिएका थिए ।
नयाँ यूनियनवाद र ८ घण्टे कार्य दिवस :
सन् १८९० को अवधि बेलायतमा युनियनवादको अवधि थियो जसको अग्रपङ्क्तिमा इलेनर हुनुहुन्थ्यो । यसले अदक्ष मजदुरहरू बीच युनियनलाई विस्तार गयो । उहाँ ग्याँस मजदुर सङ्गठनको हडतालको समर्थनमा सक्रिय हुनुहुन्थ्यो जसमा महिला क्षेत्रबाट प्रतिनिधिको रूपमा काम गर्नुहुन्थ्यो र यूनियनका सदस्यहरूसबच ‘हामी आमाको नामले चिनिनुहुन्थ्यो । यो अवधि मुख्य गरी घण्टा कार्य दिवस कायम गराउन र त्यसको रक्षाको लागि सङ्घर्षमा बित्यो । सन् १८९५ अगस्त ५ मा एङ्गेल्सको निधन भयो । माक्र्सको निधन पछि उहाँले इलेनर र एभिलिङसँग ज्यादै नजिक रही काम गर्नुभएको थियो जो त्यस जोडीको अमूल्य राजनैतिक गाइड हुनुहुन्थ्यो । एङ्गेल्सको सम्पत्तिको केही भाग इटनेरको आर्थिक समस्या समाधान गर्नमा खर्च भएको थियो । तर, त्यो सहयोग ज्यादै छोटो समयसम्म रह्यो । एभिलिङले उनको आम्दानीको अधिकांश हिस्सा वाहियातरूपमा खर्च गर्दथे । उनको पहिलो श्रीमतीको मृत्यु भएको ५÷५ वर्षसम्म विगत १४ वर्षदेखि श्रीमतीको रूपमा बस्दै आउनुभएको इलेनरसँग विवाह गर्नुको सट्टा अर्को आइमाईसँग विवाह गरे । एभिलिङले मेरो आम्दानीमा दोहोरो जीवन बिताए । उहाँले सन् १८९८ मार्च ३१ मा यो कुरा थाहा पाउनुभयो तब आफ्नो जीवनबाट मुक्तिलिने सोच्नुभयो । उहाँको मृत्यु भएको दिन उहाँले क्रिकेट म्याचमा भाग लिएपछि उहाँको निष्ठुरता तत्कालै प्रस्टियो । त्यस्तै गरी उहाँको अन्त्येष्टीभन्दा अघिल्लो दिन उहाँले फूटबल हेर्नमा बिताउनुभयो ।
इलेनरको दुःखद अन्त्य :
इलेनरको अन्त्यष्टी कार्यक्रममा ठूलो सङ्ख्यामा शोकयात्रीहरू समावेश भएका थिए । धेरै समाजवादी सङ्गठनहरूबाट आएका श्रद्धाञ्जलीका पुष्पमालाहरू उहाँको वरिपरि छरिएका थिए । उहाँको दिदी पनि ज्यादै शोकमा डुब्नु भएको थियो । इलेनरप्रति श्रमिक वर्गको कति गहिरो माया थियो भन्ने कुरा ग्यास मजदुर युनियनका संस्थापक एवं नेता विलियम प्रोनले इलेनरले गर्नु भएका कामहरूको बारेमा युनियनको तर्फबाट बोल्दा आफुलाई सम्हाल्न नसकी रोएको घटनाबाट प्रस्ट हुन्छ । चार महिनापछि एमिलिङको मृत्यु भयो । तर, उनको अन्त्येस्टिमा नजिकका नातेदारहरू मात्र उपस्थित रहे, समाजवादी आन्दोलनका कुनै पनि प्रतिनिधिले त्यस कार्यक्रममा भाग लिएनन् । उहाँको मृत्यु नभएको भए उहाँले माक्र्सवादलाई अझ विकास गर्नुहुन्थ्यो । उहाँ आफ्नो बुबाको यति नजिक हुनुहुन्थ्यो कि एक पटक माक्र्सले भन्नुभएको थियो, “जेनीले मलाई ज्यादै मन पराउँछिन् तर तुसी म आफैँ हुँ ।” उहाँको दुःखद मृत्यु बेलायत र अन्तर्राष्ट्रियरूपमै समाजवादी आन्दोलनको लागि एउटा ठूलो क्षति भयो ।
टिप्पणीहरू :
१. सी सुजुकी, इलेनर माक्र्सको जीवनी, पेज २८
२. मजदुर नेता, ३० जुलाई १८९८, इलेनर माक्र्सको जीवनीबाट उद्वृत, पेज ३२
स्रोतः विश्व प्रसिद्ध महिलाका जीवनी र कार्यहरू
Leave a Reply