पुँजीवादी व्यवस्थामा आमूल परिवर्तन असम्भव
- असार ९, २०८३
शुक्रबारदेखि यस वर्षको एसईई परीक्षा सुरु हुँदै छ । एसईई परीक्षाको लागि सम्बन्धित निकायले सबैजसो तयारी गरिसकेको छ । प्रश्नपत्र, कापी, परीक्षा केन्द्र, निरीक्षक, सुरक्षाकर्मी सबैको बन्दोबस्त गरिसकेको छ । परीक्षार्थीहरू पनि परीक्षाको लागि आ–आफ्नो स्थान र क्षेत्रबाट तयारी गर्दै छन् । एसईई परीक्षा शान्त र सौम्य वातावरणमा सुचारु हुने विश्वास शिक्षाविद्हरूले गरेका छन् । हरेक परीक्षा केन्द्र व्यवस्थित हुनुपर्छ । निरीक्षकहरू जिम्मेवार, गम्भीर र सचेत हुनुपर्छ । परीक्षार्थीहरू पनि अनुशासित हुनुपर्छ । हरेकले आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक बहन गर्नुपर्छ । परीक्षा अवधिभर परीक्षा दिन जाँदा कहीँ कतै यातायातको समस्या नहोस् । कुनै दल, समूह या पक्षको आन्दोलन, सङ्घर्ष, चक्काजाम, हडतालले उनीहरूको आवतजावतमा कुनै अप्ठेरो नहोस् । हरेक परीक्षार्थीहरू सहज र सरल तरिकाले आ–आफ्नो परीक्षा केन्द्रमा पुगेर शान्तिपूर्ण र मर्यादित ढङ्गले सामेल हुने वातावरण होस् ।
पहिले पहिले नक्कली विद्यार्थीहरू पनि परीक्षामा सामेल भएका थिए । परीक्षार्थीहरू यसबारे सचेत हुनुपर्छ । अरूमार्फत परीक्षा दिलाएर उत्तीर्ण हुने नक्कली काम पनि एकप्रकारको अपराध नै हो । परीक्षामा चिटिङ गर्ने, हो–हल्ला गर्ने काम कहीँ कतै नहोस् । परीक्षा हलमा रहेका निरीक्षकहरूले परीक्षार्थीहरूलाई उत्तर भन्ने, चिट ओसारपसार गर्ने काम रोक्नुपर्छ । चोरीचकारी गरेर उत्तीर्ण त होला, बढी नम्बर पनि पाउला । तर, शिक्षाको स्तर हुँदैन, बढ्दैन । यो पढाइको परीक्षा हो, जीवनको परीक्षा होइन । यो परीक्षामा चोरेर राम्रो अङ्क हुँदैमा शिक्षाको ज्ञान बढ्ने होइन, उच्च शिक्षा हासिल गर्न सक्ने होइन । एसईई परीक्षा उच्च शिक्षा हासिल गर्ने खुड्किलो हो । आफ्नो मेहनतको परीक्षण परीक्षामा हुन्छ । यसैको आधारमा परीक्षार्थीले उच्च शिक्षा हासिल गरेका हुन्छन् । नपढ्ने विद्यार्थीले उच्च शिक्षा हासिल गर्न सक्दैन या अनुत्तीर्ण भइरहन्छ । यसले झन् निरास बनाउँछ । मेहनत गरेरै उत्कृष्ट नतिजा ल्याउनुपर्छ । घरको वातावरण पनि परीक्षा मैत्री हुनुपर्छ ।
परीक्षाको बेला तनाव हुने खालको वातावरण तयार गर्नुहुँदैन । साथी भाइ र घरका अभिभावकहरूसँग झगडा गर्ने, निहुँ खोज्ने काम भयो भने परीक्षा बिग्रिन सक्छ । परीक्षामा एउटा विषयमा बिग्रियो या आफ्नो परीक्षा चित्त बुझेन भनेर निरास हुने होइन । एउटा विषय बिग्रिँदैमा अरू विषय बिग्रिने र एउटा विषय राम्रो हुँदैमा अरू विषय राम्रो हुने होइन । परीक्षा राम्रो भयो भन्दै मात्तिने र बिग्रिँदैमा आत्तिने होइन । बरु कमीकमजोरी हल गरेर अर्को विषयको परीक्षा राम्रो बनाउने विचारका साथ परीक्षा दिनुपर्छ । यो बेला अनेक झूटा खबरहरू बाहिरिन सक्छन् । कहिलेकाहीँ प्रश्नपत्र आउट भयो भनेर परीक्षार्थीहरू प्रश्नपत्रको पछाडि दौडिरहेका हुन्छन् । यस्ता कुनै हल्लाको पछाडि नदौडिकन देशभरका विद्यार्थी परीक्षा केन्द्रमा सामेल हुनुपर्छ । सबै परीक्षार्थीहरूको परीक्षा राम्रो होस्, परीक्षार्थीहरूको सफलताको अग्रीम शुभकामना !
Leave a Reply