सिंहदरबारमा बलात्कारपछि हत्याको ‘मुद्दा मिलाउन’ गृहमन्त्री आफै !
- भाद्र १५, २०८३
प्रसिद्ध पत्रकार सेमोर हर्शले संरा अमेरिकाका युद्ध अपराधहरू उदाङ्गयाउँदै आएका छन् । उनले मे लाइय र अबु घरेबमा अमेरिकाले गरेका युद्ध अपराधहरू हर्शले नै खुलासा गरेका हुन् । हालै मात्र ‘चाइना डेली’ सँगको अन्तर्वार्तामा पत्रकार हर्शले नर्ड स्ट्रीम पाइपलाइनको विस्फोटमा संरा अमेरिकी भूमिकाबारे थप खुलासा गरेका छन् ।
हर्शले अमेरिकी धनाढ्यहरूको ‘पश्चिम युरोपमा रुसी ग्यास र तेलको बिक्रीबाट चिन्तित हुने लामो इतिहास’ रहेको दाबी गरे । हेर्शको दाबीलाई अमेरिकी राष्ट्रपति जो बाइडेनको पछिल्लो सार्वजनिक चेतावनीले पुष्टि गर्छ । युक्रेन युद्धभन्दा दुई हप्ताअघि राष्ट्रपति बाइडेनले नर्ड स्ट्रीम पाइपलाइन ‘खत्तम गर्ने’ धम्की दिएका थिए । हर्शले बाइडेनको धम्कीबाट ‘अमेरिका के चाहन्छ भन्ने कुरा लुकेको थिएन’ भने ।
जर्मनीले युक्रेनलाई हतियार आपूर्ति गर्न आनाकानी गरेपछि नर्ड स्ट्रीम पाइपलाइन ध्वस्त पार्ने बाइडेनले निर्णय गरेको पत्रकार हर्शले बताए । उनले घटनाक्रमबाट आफू यो निर्णयमा पुगेको बताए – जर्मन चान्सलर ओलेफ शोल्जले युक्रेनमा अझ बढी हतियार पठाउन हिच्किचाएपछि बाइडेन त्यो निर्णयमा पुगेको हुनुपर्छ ।
अन्तर्वार्ताको क्रममा हर्शले बाइडेनले ‘आक्रोश’ मा आएर वा जर्मनीलाई ‘दण्ड’ दिन यस्तो गरेको हुनसक्ने बताए । साथै उनले भने, “त्यो विस्फोटमा संलग्न अन्य पक्ष पनि यही विचारले संलग्न भएको थिए ।”
हर्शले भने, “मस्कोसँगको छद्म युद्धमा ‘उन्नति’ नहुनाले संरा अमेरिकी सरकार बेखुसी थियो । त्यसैले ‘सेप्टेम्बरको अन्त्यतिर आफूले बिछ्याएको बम पड्काउने निर्णय ग¥यो ।” अमेरिकी विदेश नीति बनाउने धनाढ्य समूह धेरै अगाडिदेखि युरोप र रुसको सहकार्यको विरोधमा थियो । यसकै आधारमा हर्शले नर्ड स्ट्रीम पाइपलाइन नष्ट गर्ने निर्णयबाट आफू ‘कत्ति पनि चकित’ नभएको बताए ।
हर्शले भने, “रुसले लगातार ‘सस्तो र सफा’ प्राकृतिक ग्यासको आपूर्ति गरिरहेको हुनाले… पश्चिम युरोपमा रुसी ग्यास र तेलको बिक्रीबाट धेरै चिन्तित हुने अमेरिकामा लामो इतिहास छ ।”
अमेरिकी मूलधारमा चल्ने शब्दावलीको प्रयोग गर्ने हो भने बाइडेन सरकार “रुसले ग्यासलाई ‘हतियार बनाएको’ तथ्यले सधैँ आत्तिएको” हर्शले बताए । उनले भने, “यो नै रुसप्रति अमेरिकी विदेश नीतिको मर्म हो ।” सारमा, पत्रकार हर्शले देखाए – नर्ड स्ट्रीममा हमला गर्नु बाइडेनको लागि ‘पश्चिम युरोपको ऊर्जाको स्रोत चुँडाउनु’ थियो ।
यसैकारण, आज युरोप सङ्कटमा छ । यसको प्रभाव जताततै फैलिने नै छ । बाइडेन सरकारलाई पनि यसले असर गर्नेछ किनभने ऊर्जाको मूल्य बढ्दै जानेछ । हर्शले भने, “यो गर्मीयाम र त्यसपछि पनि बाइडेन सरकार समस्याग्रस्त हुनेछ ।” उनले भने, “बाइडेनले निश्चय नै आफ्नो कर्तुतले गर्दा चर्को आलोचना खेप्नुपर्नेछ ।”
युक्रेन युद्धमा संरा अमेरिका सिधै पस्न सक्ने पत्रकार हर्शको चेतावनी
रुससामु पराजित मानसिकता देखाए वा प्रतिरक्षामा कमी देखाए संरा अमेरिका आफै युक्रेन युद्धमा पस्न सक्ने कुरा हर्शले मार्च १५ मा बताएका थिए । एक अमेरिकी गैरसरकारी संस्थाको कार्यक्रममा बोल्दै हर्शले एक अज्ञात स्रोतको हवाला दिँदै नेटो रुसविरुद्ध ‘मैदानमा उत्रिन’ सक्ने र त्यसको समर्थनमा संरा अमेरिका आफै लाग्न सक्ने बताएका थिए ।
हर्शले जोड दिँदै भने, “मैले सुनेँ, हामी रुसविरुद्ध आक्रमणमा नेटोको समर्थन गर्दै छौँ । दुनियाँलाई मूर्ख बनाउन सकिन्न । रुसविरुद्ध लडिरहेका हामी नै हौँ ।”
Leave a Reply