अमेरिकी आक्रमणको जवाफमा इरानद्वारा जोर्डनस्थित सैन्य अखडा लक्षित प्रहार
- भाद्र १५, २०८३
संरा अमेरिकाले हालै दोस्रो प्रजातन्त्र सम्मेलनको आयोजना ग¥यो । भौतिक र श्रव्यदृश्य दुवै माध्यमबाट सहभागी हुन सकिने व्यवस्थापन गरिएको सम्मेलन प्रजातन्त्रका चुनौती सम्बोधन गर्न गरिएको बताइएको थियो । तर, फेरि पनि यो सम्मेलनले मूल अन्तर्यलाई भन्दा बाहिरी बोक्रालाई बढ्दा जोड दिएको छ ।
सम्मेलनको सबै हर्ताकर्ता संरा अमेरिका नै हो भन्ने आरोपबाट जोगिन जो बाइडेन सरकारले जाम्बिया, कोस्टारिका, दक्षिण कोरिया र नेदरल्यान्डलाई आयोजक बनाएको थियो । ती सबै देशले अलगअलग महादेशको प्रतिनिधित्व गर्छन् । दोस्रो प्रजातन्त्र सम्मेलनमा संरा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएड) ले प्रजातान्त्रिक नवीकरणको लागि राष्ट्रपति कार्यक्रमअन्तर्गत ‘बृहत् स्तरमा प्रजातन्त्र अघि बढाउने नयाँ प्रयास’ सार्वजनिक गरेको थियो । यूएसएडले आठ वटा नयाँ कार्यक्रम थालनी गरेको छ । अधिकांशतः तिनीहरू नीतिगत सुधारमा केन्द्रित छन् ।
संरा अमेरिकी सरकारका यस्ता कार्यक्रम र नीतिगत सुधारभित्र ‘प्रजातन्त्र र मानवअधिकार प्रवद्र्धन’ को नाममा विदेशमा थप हस्तक्षेप वा सत्ता परिवर्तन नहुनेमा म मनैदेखि आशा गर्छु ।
प्रजातन्त्र सम्मेलनको विश्लेषण गर्दा केही बुँदामा जोड दिन आवश्यक छ । पहिलो, यो सम्मेलन प्रजातन्त्रका मूल भावना र संसारका जल्दाबल्दा समस्या समाधान गर्ने डबलीभन्दा वैचारिक द्वन्द्वको क्रिडास्थल जस्तो देखिएको छ ।
दोस्रो, संरा अमेरिकाले प्रजातन्त्र नै सबै समस्याका अचुक बुटी नभएको स्वीकार्नुपर्छ । प्रजातन्त्रबारे सबैलाई एउटै आकार ठीक हुनुपर्ने सोच शतप्रतिशत गलत र गहिरो भ्रम हो । पश्चिमाहरू सर्वगुणी प्रजातन्त्रको भ्रमबाट मुक्त हुनुपर्छ । प्रजातन्त्रका विभिन्न प्रकार छन् । सबै राज्यले आफ्नो लागि उपयुक्त ढाँचाको प्रजातन्त्र अभ्यास गर्न पाउँछन् ।
पश्चिमाहरू विशेषतः संरा अमेरिकाले शासन गर्ने एउटा मात्र ढाँचा हुँदैन, अरू पनि ढाँचा हुन्छन् भनी बुझ्नुपर्छ । पश्चिमा शैलीको प्रजातन्त्र नै संसारका सबै समस्याका एक मात्र र अन्तिम समाधान हुनसक्दैन । प्रजातन्त्रका लागि कुनै पनि सूत्र सबै परिप्रेक्ष्यमा काम गर्दैन । प्रजातान्त्रिक संस्थाहरूको प्रभावकारिता कुनै पनि समाजले प्रजातन्त्रका आवश्यकता र मूल्यलाई कसरी स्वीकार्छ भन्नेमा निर्भर रहन्छ । त्यो कुनै बाह्य दबाब र नियन्त्रणमा थोपरिने कुरा होइन ।
तेस्रो, संरा अमेरिकाले विश्वमञ्चमा ‘प्रजातान्त्रिक आदर्श’ बारे बखान गर्दै हिँड्नुको सट्टा घरेलु हिंसा र धु्रवीकरणजस्ता आफ्ना आन्तरिक समस्या समाधान गर्न मिहिनेत गर्नुपर्छ ।
संरा अमेरिकाको प्रायोजनमा हालै सम्पन्न प्रजातन्त्र सम्मेलन वैचारिक पूर्वाग्रहको आधारमा विभाजन गर्ने र शासन गर्ने भित्री प्रयास हो । प्रजातन्त्रले विभाजन निम्त्याउँदैन । बरु प्रजातन्त्रले सबैलाई समावेश गर्छ । तर, प्रजातन्त्र सम्मेलनले विभाजन गरेको छ र यो प्रजातन्त्रको भावनाविपरीत हो । यस्तै अवस्था रहिरहने हो भने अझ थप ध्रुवीकरण हुनेछ । विश्व राजनीतिमा मोर्चाबन्दी राजनीति अझ बलियो हुनेछ ।
यो सम्मेलनमार्फत संरा अमेरिकाले रुस र चीनको प्रतिकार गर्न वैचारिक मोर्चा बनाउन खोजेको देखिन्छ । रुस र चीनको शासन व्यवस्थालाई संरा अमेरिकाले ‘असल व्यवस्था’ को श्रेणीमा राख्ने गर्दैन । संरा अमेरिकाले संसारलाई ‘कालो र गोरो’ अथवा ‘असलविरुद्ध खराब’ भन्दै विभाजनलाई प्रश्रय दिने गर्छ । कुनै सार्वभौम देशसँग कूटनीतिक सम्बन्ध स्थापना गर्न र बलियो बनाउन गठिलो र गुनिलो अवधारणाको खाँचो पर्छ । द्वन्द्वको सोचाइले त्यस्तो सम्बन्ध जोडिन सक्दैन ।
त्यस्तै, पश्चिमाहरू विशेषतः संरा अमेरिकाले शासन गर्ने एउटा मात्र ढाँचा हुँदैन, अरू पनि ढाँचा हुन्छन् भनी बुझ्नुपर्छ । पश्चिमा शैलीको प्रजातन्त्र नै संसारका सबै समस्याका एक मात्र र अन्तिम समाधान हुनसक्दैन । प्रजातन्त्रका लागि कुनै पनि सूत्र सबै परिप्रेक्ष्यमा काम गर्दैन । प्रजातान्त्रिक संस्थाहरूको प्रभावकारिता कुनै पनि समाजले प्रजातन्त्रका आवश्यकता र मूल्यलाई कसरी स्वीकार्छ भन्नेमा निर्भर रहन्छ । त्यो कुनै बाह्य दबाब र नियन्त्रणमा थोपरिने कुरा होइन ।
आफूले ‘आदर्श’ मानेको शासन व्यवस्था कसैले निर्मम हमला गरेर कुनै देशमा थोपर्न खोज्छ भने के हुन्छ भन्ने कुराका उदाहरण हुन्– लिविया, इराक र अफगानिस्तानको परिस्थिति । समय परिवर्तन भइसकेको संरा अमेरिकाले बुझ्न जरुरी छ । संसारमा संयुक्त राष्ट्र सङ्घको बडापत्रका मूल सिद्धान्तमा आधारित बहुपक्षीयता र खास प्रजातन्त्रको प्रवद्र्धनको खाँचो छ ।
त्यसका साथै संरा अमेरिकाले आफ्ना स्वार्थसँग मिल्ने भए तानाशाहहरूलाई पनि समर्थन गर्ने गरेको छ । यस्ता नजिरका आधारमा संरा अमेरिकाले लगातार प्रजातन्त्र र मानवअधिकारको कुरा भट्याइरहनु नसुहाउँदो छ । संरा अमेरिकाले अन्तर्राष्ट्रियरूपमा ती सिद्धान्तको पालना गर्ने गरेको छैन ।
संरा अमेरिकाले गर्ने गरेको प्रजातन्त्रको प्रवद्र्धनलाई व्यङ्ग्यपूर्वक अहिले त्यहाँको सबभन्दा जल्दोबल्दो मुद्दा बन्दुक हिंसासँग जोडेर चर्चा हुने गरेको छ । तथ्य तथ्याङ्कले यो वर्षमा मात्र संरा अमेरिकाले एक सत्न्दा बढी हुलमुल र समूहमा गोली हानेका घटना भोगिसकेको छ । बितेका दस वर्षयता यो वर्ष त्यस्ता गोली काण्ड सबभन्दा बढी सङ्ख्यामा भएका छन् । यस्ता घटनाक्रमले धेरै अमेरिकी परिवारलाई वियोग र शोकमा डुबाएको छ । फलतः वाशिङ्टनले गर्दै आएको अमेरिकी शैलीको प्रजातन्त्र प्रवद्र्धनलाई क्रूर र पाखण्डपूर्ण बनाएको छ ।
फ्रान्स र इजरायलमा हालसालै भएका विरोध प्रदर्शन र आन्दोलनले पश्चिमा प्रजातान्त्रिक प्रणालीका कमजोरी उजागर गरेको छ । पश्चिमा देशहरूले जति जति व्यक्तिका स्वतन्त्रता र वाक् स्वतन्त्रताका आदर्शको वकालत गर्ने गर्छन्, त्यति त्यति ती अधिकार आफ्नै सीमाभित्र खोस्ने गरेका छन् । ती देशमा अहिले चालु आन्तरिक द्वन्द्व र विदेशमा सैनिक हमलाको निम्ति गरेको खर्चलाई नियाल्दा उनीहरूले नैतिकताको पाठ सिकाउनु गलत देखिन्छ ।
बढ्दो घरेलु हिंसा र धु्रवीकरणको मुखमा भएको प्रजातन्त्र सम्मेलन पाखण्डपूर्ण व्यवहार जस्तो देखिएको छ । संरा अमेरिकाले विश्व मञ्चमा प्रजातान्त्रिक आदर्शलाई विश्वसनीयरूपमा प्रवद्र्धन गर्नुअघि उसले आफ्ना आन्तरिक मुद्दा सुल्झाउन जरुरी छ । जस कारण प्रजातन्त्र सम्मेलनलाई अझ बेस्वादिलो बनाएको छ । त्यसले न अमेरिकी समाजका समस्या समाधान गर्न कुनै ठोस काम गर्न सक्छ न विश्वका कुनै मुद्दा नै सुल्झाउन सक्छ ।
यदि संरा अमेरिकाले मनैदेखि संसारका मुद्दाबारे चासो राख्ने हो भने उसले कुनै देशका आन्तरिक मामिलामा हस्तक्षेप गर्नुका साटो चुनौती समाधानको निम्ति मूर्त कदम चाल्न जरुरी छ । कुनै अर्को देशका आन्तरिक मामिलामा हस्तक्षेप गर्नु प्रजातन्त्रका आधारभूत सिद्धान्तविपरीत छ ।
सम्भवतः संरा अमेरिकाले साम्राज्यको हैसियतबाट तल झर्ने दिन आइसकेको छ । अब उसले संसारलाई विभाजन गर्नतिर भन्दा सद्भावपूर्ण बनाउने र एकजुट बनाउने विषयमा सोच्न थाल्नुपर्छ ।
(लेखक पाकिस्तानका स्वतन्त्र अनुसन्धानकर्ता हुन् । उनी द्वन्द्व अध्ययन र सैनिक मनोविज्ञानको क्षेत्रमा अनुसन्धान गर्छन् ।)
स्रोत : सीजीटीएन
नेपाली अनुवाद :नीरज
Leave a Reply