भर्खरै :

मेला आत्मनिर्भरतातर्फ ?

स्थानीय उत्पादनबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भक्तपुर घरेलु तथा साना उद्योग तथा पर्यटन विकास समितिको सहआयोजनामा दुईदिने भक्तपुर घरेलु उत्पादन मेला शनिबारबाट प्रारम्भ भएको छ । सो मेलाको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले देशमा उत्पादन भएका घरेलु उत्पादन तथा सामग्रीहरू बढी प्रयोग गरेर उत्साहित गर्नुपर्ने बताउनुभयो । आफ्नै देशमा उत्पादन हुने सामग्रीहरू सबैले किनेर सहयोग गर्न विशेष जोड दिँदै उहाँले स्थानीय उत्पादनले पर्यटन विकासमा समेत सहयोग पुग्ने तथ्य उल्लेख गर्नुभयो । देशलाई आत्मनिर्भर बनाउन स्वदेशी उत्पादनको प्रयोग गर्नुपर्ने तथ्य उल्लेख गर्दै उहाँले आत्मनिर्भर बनाउन स्वदेशी उत्पादनको प्रयोगमा जोड दिँदै यस्ता मेलाको आफ्नै महत्व भएको यथार्थ राख्नुभयो । भक्तपुर सहर आफ्नै आमा–दिदी–बहिनी र भाउजू–बुहारीले बुनेका हाकुपटासीले विशेष चिनारी राखेको ठाउँ हो । भक्तपुरको आफ्नै परिचय छ । हाकुपटासी, भक्तपुरे कालो टोपीले संसारमा भक्तपुरको विशेषता झल्काएको छ । जुजु धौ भक्तपुर चिनाउने अर्को विशेषता हो भने ढुङ्गेधारा अर्को विशेषता हो । नेपालका यस्ता विशेषता अरू अरू पनि थिए । टिकन बजी, माटाका भाँडा, गमला, पानी घ्याम्पोजस्ता विशेष उत्पादनले भक्तपुरलाई ख्याति दिलाएका थिए । नयाँ औद्योगिकीकरणले यी वस्तुको उत्पादन ओझेल पा¥यो ।
पटासी र टिकन बजी
भक्तपुरका साहुहरू नाफाका लागि त्यहाँका महिलाहरूलाई घर घरमा, बाटोमा पटासी तान लगाउने काम दिन्थे जसबाट महिलाहरूको हातमा पैसो पथ्र्यो । यसबाट आफ्नो बस्तीका गृहिणीभन्दा भक्तपुरका गृहिणी सम्पन्न हुन्थे । त्यहाँका गृहिणीहरूमा पार्टीका नेताहरू लाभ पनि लिन्थे । २०१५ सालको आम निर्वाचनमा ज्ञानबहादुर न्याइच्याईको आमाको मत काङ्ग्रेस पार्टीका साहुले झन्डै फुस्काएको रे ¤ आमालाई काम दिने रहेछन् । काम दिएका कारण रूखमा मतदान गर्न भनेछन् । तर यो कुरा छोरालाई पनि नभन्नु भनेछन् । आमाले छोरासँग यो कुरा खुसुक्क भन्नुभएछ र पो भोट जोगिएछ । नत्र त्यो भोट काङ्ग्रेसलाई जाने ¤ यस्ता साना देखिने तर राजनीतिकरूपले ठूला काम पनि हुन्थ्यो आजभन्दा ६४ वर्षअघि पनि । अँ कुरो त अन्यत्रै चिप्लियो जस्तो छ । म भक्तपुरको प्रदर्शनीको कुरा गर्दै थिएँ । उद्घाटन भाषणमा अध्यक्ष रोहितले पर्यटन उद्योगलाई समेत यो मेलाले सघाउँछ भन्नुभएको थियो । भक्तपुर ऐतिहासिक कालदेखि नै जाँगरिलो बस्ती हो । यो सहर आफूलाई आवश्यक वस्तु प्रायः आफै उत्पादन गथ्र्यो खाद्य वस्तु त हो हो, कपडा पनि आफै उत्पादन गथ्र्यो र बेच्थ्यो पनि ।
मौन मृत्युको विपक्षमा
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले घरेलु उद्योग देश विकासको आधार हो भन्दै यस किसिमको गतिविधिले पर्यटन प्रवद्र्धनका लागि सहयोग हुने, नयाँ नयाँ रोजगारी सृजना हुन सहयोग पुग्ने र समष्टिमा व्यापार घाटा कम गर्न टेवा पुग्ने कुरा उल्लेख गर्नुभयो । दुई दिन चल्ने यो मेलाका प्रमुख आकर्षणमा भक्तपुरका मौलिक उत्पादनहरू, परम्परागत घरेलु उद्योगबाट उत्पादित वस्तु, काष्ठकला, धातुकला, प्रस्तरकला, हस्तकलाका सामग्रीहरू विशेषगरी नेवारी खाजा पसलका अतिरिक्त सांस्कृतिक प्रस्तुति आदि थिए । स्थानीय उत्पादनबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भक्तपुर घरेलु तथा साना उद्योग सङ्घ र पर्यटन विकास समितिको संयुक्त आयोजनामा भएको सो भेलालाई व्यापक बनाउन भक्तपुर नगरपालिका वडा नं. ८ जेला टोलबाट प्रारम्भ भई दत्तात्रय, सलाँ गणेश, नागपोखरी, महालक्ष्मी, भुलाछेँ, तुछिमला, तुलाछेँ, त्रिपुरासुन्दरी, दरबार क्षेत्र, खौमा, इताछेँ, बसपार्क, भार्वाचो, तेखापुखु, वंशगोपाल हुँदै नासमना पुगी उद्घाटन भएको थियो । उद्घाटनपछि प्रमुख अतिथि, अतिथिगणले नासमना र तालाक्वमा भएको भक्तपुर घरेलु उत्पादन मेलाको स्थलगत अवलोकन गर्नुभएको थियो । भक्तपुर नगरपालिका कहिल्यै पनि हात बाँधेर चुपो लागि बस्दैन । केही न केही गरिरहन्छ । चुपो लागेर बस्नु भनेको मृत्युको अर्को रूप होइन र ? सायद यही सक्रियता, क्रियाशीलता जीवन्तताको अर्को रूप होइन र ? एकथरी मान्छे चुपो लागेर बस्छ वा जुन बेला पनि सुत्छ त्यो मौन मृत्यु होइन र ? भक्तपुर नगरपालिका मृत्युको विपक्षमा छ ।
आज निकृष्ट भोलि उत्कृष्ट
नेपाल स्वयं कृषिप्रधान देश भएर पनि खाद्यान्नमा समेत छिमेकी राष्ट्र भारतसँग भर पर्नुपर्ने अवस्था रहनु राम्रो हो र ? भन्ने प्रश्न गरियो । स्थानीय उत्पादनबाट पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले भक्तपुर घरेलु उत्पादन मेला आयोजना गरिएको हो । स्वदेशमा नै उत्पादन हुने सामग्रीहरू बिक्री गर्न सकेमा एकातिर आर्थिक विकास हुनुको साथै स्थानीयवासीहरूको क्षमता पनि विकास हुने प्रसङ्ग राख्दै नेपाल कृषिप्रधान देश हुँदाहुँदै खाद्यान्नसमेत छिमेकी राष्ट्र भारतसँग निर्भर हुनुपर्ने विडम्बनाको कुरा भएन र ? भन्ने प्रश्न उठ्नु अस्वाभाविक भयो र ? स्वदेशी सामानलाई प्रयोग अत्यधिक गरेर देशभक्त उत्पादन बढाउन सकिन्छ । यो छर्लङ्गै छ । तर, हाम्रो सरकार र हामी जनता पनि यतातिर ध्यान दिँदैनौँ । स्वदेशी सामानको प्रयोगलाई प्राथमिकतामा राख्न सके के कारण छ र आत्मनिर्भरताको फड्को मार्न नसक्नु । हो, सुरूसुरूमा स्वदेशी वस्तु त्यति स्तरको वा उत्कृष्ट नहोलान्् अझ निकृष्ट नै होलान् रे ! अहिलेदेखि नै स्वदेशी निकृष्ट वस्तु किन प्रयोग नगर्ने ? क्रमशः आजका निकृष्ट वस्तु भोलि उत्कृष्ट भैहाल्छ नि !

Leave a Reply

Your email address will not be published. Required fields are marked *