संरा अमेरिकी चुनावमा ट्रम्पको रिपब्लिकन पार्टीको पराजय
- कार्तिक २०, २०८३
भक्तपुर बचत तथा ऋण सहकारी संस्थाले सोमबार वृद्धवृद्धाहरूको समुपस्थितिमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले एक विशेष समारोहबिच ‘भक्तपुर आदर निकेतन’ भवनको उद्घाटन गरे । सञ्चालक समितिले भक्तपुर आदर निकेतन सञ्चालनमा ल्याउन ज्येष्ठ नागरिकहरूलाई नाम दर्ता गर्न आह्वान गरेको छ । ज्येष्ठ नागरिकहरूले आदर निकेतनमा नाउँ दर्ता गरे साता दिनपछि नै सो निकेतन सञ्चालन गर्ने व्यवस्थापन समितिले जनाएको छ । आदर निकेतन खोल्नु राम्रो काम हो । आदर निकेतन सञ्चालन भएकोमा विभिन्न ठाउँ र व्यक्तिले गुणगान गर्ला, धन्यवाद देला । तर, आदर निकेतन राम्रो काम भए पनि नियमित सञ्चालन गर्नु सजिलो होइन । यसले धेरै आर्थिक भार व्यहोर्नुपर्छ । यसकारण, यो राम्रो काम भएर पनि चुनौतीपूर्ण छ ।
समयको गति र घटनाक्रमले समाजमा आदर निकेतन आवश्यक छ भन्ने महसुन भयो । समयसँगै आदर निकेतन पनि टोल–टोलमा खोल्नुपर्ने आवश्यकता होला । तर, त्यो कुनै एउटा सामाजिक संस्था या सहकारीको सहयोगले मात्र पूरा सम्भव हुँदैन । यसको निम्ति समाजका समाजसेवी, सामाजिक कार्यकर्ता, राजनीतिक कार्यकर्ता, सहकारी संस्था, स्थानीय तह, व्यापारी, बुद्धिजीवीहरूको नैतिक र भौतिक मात्र होइन आर्थिक सहयोग पनि आवश्यक हुन्छ । भक्तपुर आदर निकेतन हाम्रै ज्येष्ठ नागरिकहरूको आश्रम स्थल हो । उनीहरूको हेरविचार, पालनपोषण, स्वास्थ्योपचार, श्रद्धाभाव, आदर सत्कार गर्नु हामी सबैको जिम्मेवारी हो भन्ने बोध हामी सबैमा हुनुपर्छ । भक्तपुर आदर निकेतन समुदायकै साझा घर सम्झेर त्यसलाई अनन्तसम्म टिकाउन आर्थिक सहयोग निरन्तर गरिरहनु आवश्यक छ ।
हुन त यस्ता आदर निकेतन र वृद्धाश्रमहरू राज्यले नै गाउँठाउँ र सहर बजारमा खोल्नुपर्ने हो । राज्यले खोल्दा ज्येष्ठ नागरिकहरूको निम्ति आवश्यक स्रोत र साधन जुटाउन सकिन्छ । उनीहरूको समय–समयमा स्वास्थ्य परीक्षण गर्न नर्स, चिकित्सकको व्यवस्था, विज्ञहरूबाट प्रवचन तथा आवश्यक भौतिक सामग्रीहरूको व्यवस्था गर्न सकिन्छ । राज्यले गर्नुपर्ने काम एउटा सहकारी संस्थाले गर्ने आँट गरेको छ । त्यसलाई बढावा दिने, उत्साहित गर्ने र टेवा पु¥याउने काम समुदायका सहयोगीहरूले गर्नुपर्ने हुन्छ । आदर निकेतनमा राख्न चाहने परिवारका सदस्यहरूले संस्थाले तयार गरेको आचारसंहिता पालना गर्नुपर्ने हुन्छ । परिवारका सदस्यहरूको जिम्मामा आदर निकेतनमा भर्ना गर्नुपर्ने हुन्छ ।
संस्थाले हाललाई उक्त आदर निकेतन दिवाको रूपमा सञ्चालन गर्नेछ । बिहान ९ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने भनिएको उक्त आदर निकेतनमा धूमपान गर्न र मद्यपान गर्न निषेध गरिएको छ । ६८ वर्षदेखि ८५ वर्षसम्मका ज्येष्ठहरू मात्रै हाललाई आदर निकेतनमा राख्ने सञ्चालकले जनाएको छ । वृद्धवृद्धाहरूलाई आवश्यक भोजन गराउन, चियापान गराउन सक्ने भए पनि घरमै तयार गर्ने गरिएको या खानेकुरा र खानालाई निषेध गरिएको छ । तर, त्यसको लागि दाता या सहयोगीहरूले आर्थिक सहयोग गर्नसक्ने, चामल, चिउरा, फलफुल प्रदान गर्नसक्ने व्यवस्था मिलाइएको छ । आदर निकेतन सञ्चालनपछि अनेक गुनासा आउन सक्छ, कमी कमजोरी हुनसक्छ । त्यसलाई समाजका अगुवा, समाजसेवी, बुद्धिजीवीहरूले समयमै सल्लाह र सुझाव दिएर हल गर्नुपर्ने तड्कारो आवश्यकता छ ।
आदर निकेतन सञ्चालनमा आएपछि सञ्चालकले उनीहरूको दिनचर्या कसरी बिताउने, उनीहरूको अनुभव कसरी आदानप्रदान गराउने, उनीहरूसँग रहेको सीप नयाँ पुस्तामा कसरी पु¥याउने र उपयोग गर्ने भन्नेबारे चिन्तनमनन गरिरहनुपर्छ । पहिलो गाँसमै ढुङ्गा पर्दा नमिठो हुन्छ । वृद्धवृद्धाहरूको सेवा गर्ने पवित्र इच्छा र चाहना भए पनि त्यसले नकारात्मक सन्देश जानसक्छ । समुदायका सबै मानिसहरू असल, चरित्रवान नै हुन्छन् भन्ने होइन । राम्रो काम भड्काउने, झूट कुरा फलाकेर गलत सन्देश दिने कामतर्फ सञ्चालक, समाजसेवी र बुद्धिजीवीहरू सचेत हुनुपर्छ । यस्तो पवित्र कामलाई सरकारले पनि सामाजिक सेवाअन्तर्गत आर्थिक सहयोग गर्नुपर्छ ।
Leave a Reply