राष्ट्रवादको गलत व्याख्या …. !?
- कार्तिक १२, २०८३
भक्तपुर, २५ चैत । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को शिक्षा उपसमितिको आयोजनामा लोकसेवा तयारी अभिमुखीकरण कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष विष्णुराम दुमरूले हाल देखिएको बेरोजगारीको दर कम गर्नका लागि शैक्षिक क्षेत्रमा संलग्न सदस्यहरूलाई उत्प्रेरित गर्न यो कार्यक्रम परिणाममुखी हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “विगतमा यस किसिमको कार्यक्रमले सकारात्मक परिणाम आएको थियो । हाल वैदेशिक रोजगारीमा लाखौँ युवाहरू छन् । कतिपय नेपालीहरूले खाडी मुलुकमा ज्यान गुमाउनु परेको छ भने कतिपय नेपालीहरू अष्ट्रेलिया, जापान, अमेरिका आदि देशमा जाने तर नेपाल नफर्किने गर्छन्, यसले गर्दा अभिभावकहरू आफ्नो सन्तानबाट टाढिएर बस्न बाध्य छन् ।”
कार्यक्रमका सहजकर्ता एवम् लोकसेवा आयोगका निवृत्त शाखा अधिकृत मणिरत्न बज्राचार्यले लोकसेवामा कसैको भनसुन नचल्ने, निष्पक्षरूपमा छनोट गर्ने भएकोेले दृढतापूर्वक लोकसेवा तयारीमा लाग्न अनुरोध गर्नुभयो ।
भक्तपुर नगरपालिका शिक्षा क्षेत्रमा अगाडि रहेको हुनाले यहाँका बासिन्दाहरू राज्यको पहुँच व्यक्ति बन्नुपर्ने धारणा राख्दै उहाँले सरकारी सेवामा वर्तमानसँगै भविष्य पनि उज्ज्वल रहने बताउनुभयो ।
अर्का सहजकर्ता एवं कर्मचारी सञ्चय कोषका निवृत्त वरिष्ठ प्रबन्धक महेन्द्रराज शाक्यले लोकसेवा तयारीसम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।
नेपालमा भएका विभिन्न सरकारी सेवाहरूको बारेमा चर्चा गर्दै उहाँले लोकसेवाका लागि योग्य र अयोग्य हुने व्यक्तिबारे स्पष्ट पार्नुभयो ।
“एक पटक असफल हुँदैमा तयारीलाई पूर्णविराम लाउनु हुँदैन । पटकपटक प्रयासपछि सफल हुन सकिन्छ”, उहाँले भन्नुभयो ।
संस्थाका सचिव एवं शिक्षा उपसमितिका संयोजक विष्णुप्रसाद दुमरूले हाल उच्च शिक्षा हासिल गरेका व्यक्तिहरू पनि न्यून पारिश्रमिकमा काम गर्न बाध्य भइरहेको हुनाले ती व्यक्तिहरूलाई लक्षित गरेर यो कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
कार्यक्रममा शिक्षा उपसमितिको सचिव किरण वनमाला र संस्थाका व्यवस्थापक शिला गोसाईले पनि बोल्नुभएको थियो ।
Leave a Reply