भर्खरै :

हर्पिक तथा झोल साबुन बनाउने तालिम सम्पन्न

हर्पिक तथा झोल साबुन बनाउने तालिम सम्पन्न

भक्तपुर, २५ चैत । केदारनाथ बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा एकदिने ‘हर्पिक तथा झोल साबुन बनाउने’ तालिम शनिबार सम्पन्न भयो ।
अतिथि रामकृष्ण प्रजापतिले सहकारीको सामाजिक क्रियाकलापअन्तर्गत एकदिने हर्पिक तथा झोल साबुन बनाउने तालिम दिएर समाजका दिदी बहिनीहरूलाई उद्यमशील बनाउन र स्वरोजगार श्रृजना गर्न मद्दत पुगेको छ भन्नुभयो ।
उहाँले ब्याजको लोभमा सहकारीमा निक्षेप जम्मा गरे डुब्ने सम्भावना भएकोले सहकारीबारे बुझेर मात्र अगाडि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले आफैले उत्पादन गरेको चिजको प्रयोगले आत्मविश्वास जाग्ने र बजारमा आएका अनेक थरीले दिग्भ्रमित हुने बताउनुभयो ।
प्रशिक्षक प्रमिला महर्जनले तालिममा सिकेको सीपबाट उद्यमी भई व्यवसायतर्फ अग्रसर हुन अनुरोध गर्दै त्यसको निम्ति आवश्यक लगानी गर्न सहकारी तयार हुनुपर्ने बताउनुभयो ।
प्रशिक्षार्थीहरूको तर्फबाट स्मारिका भैलले बदलिँदो आधुनिक जमानामा सफा र विश्वासिलो सामान प्रयोग गर्न पाउने बताउनुभयो । संस्थाका उपाध्यक्ष रविन नागाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रबन्धक दयाराम तजले र विपिन श्रेष्ठले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *