राष्ट्रवादको गलत व्याख्या …. !?
- कार्तिक १२, २०८३
भक्तपुर, २५ चैत । दिवङ्गत शिक्षासेवी एवं समाजसेवी बासुदेवप्रसाद जोशीको अर्धकदको सालिक विद्यार्थी निकेतन माविको प्राङ्गणमा शनिबार एक कार्यक्रमबिच अनावरण भयो । त्रिविका पूर्वउपकुलपति एवं शिक्षाविद् केदारभक्त माथेमाले सालिक अनावरण गर्नुभएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै शिक्षाविद् माथेमाले सरकारको बेवास्ता र समुदायले अपनत्व नलिँदा सरकारी विद्यालयहरूको स्थिति खस्केको बताउनुभयो । उहाँले सार्वजनिक शिक्षा नै प्रजातन्त्र र समाजवादको जग बन्ने बताउँदै शिक्षा क्षेत्रको वर्गीय विभेदले समाजमा वर्गीय विभेद बढ्दै गएको औँल्याउनुभयो ।
उहाँले शिक्षासेवी बासुदेवप्रसाद जोशीको सालिक निर्माणले शिक्षा क्षेत्रमा काम गरिरहेकाहरूको हौसला र मनोबल बढ्ने विचार व्यक्त गर्नुभयो ।
नेपाल मानव अधिकार सङ्गठनका पूर्वअध्यक्ष प्रा. कपिल श्रेष्ठले भक्तपुरमा एक दशकमा देखिएको शैक्षिक उन्नयन प्रशंसनीय रहेको बताउँदै शिक्षाको अर्थ लेखपढ गर्न सिकाउनुमात्र नभई समाजको हितको निम्ति काम गर्नु पनि रहेको बताउनुभयो ।
कार्यक्रमका सभापति एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्रमान बिजुक्छेँले आफ्ना निम्ति काम गर्नेहरूले धेरै सफलता पाए पनि त्यसको समाजको निम्ति कुनै मूल्य नहुने बरु समाजको निम्ति काम गर्नेहरूको समाजले मृत्यपर्यन्त मूल्याङ्कन गरिरहने बताउँदै शिक्षासेवी जोशी पनि त्यस्तै व्यक्तित्व भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर विकास सङ्घका अध्यक्ष राजाराम जोशी, वासुदेवप्रसाद जोशी प्रतिष्ठानका महासचिव राम सिख्व, विद्यालयका प्रअ सर्जनी जोशीलगायतले बोल्नुभएको थियो ।
Leave a Reply