भर्खरै :

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र फ्रान्सका राष्ट्रपति म्याक्रोँबिच क्वाङचौमा अनौपचारिक भेटघाट

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र फ्रान्सका राष्ट्रपति म्याक्रोँबिच क्वाङचौमा अनौपचारिक भेटघाट

क्वाङचौ, ८ अप्रिल । चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले अप्रिल ७ को अपराह्न क्वाङचौमा फ्रान्सका राष्ट्रपति इमानूएल म्याक्रोँसँग अनौपचारिक भेटघाट गर्नुभएको छ ।
भेटको क्रममा राष्ट्राध्यक्ष सीले म्याक्रोँलाई क्वाङचौको भ्रमण गर्न स्वागत गर्नुभयो । राष्ट्रपति म्याक्रोँसँग फेरि भेटवार्ता गर्न पाएकोमा सीले खुशी लागेको बताउनुभयो ।
राष्ट्राध्यक्ष सीले एक हजार वर्षअघि क्वाङचौ समुद्री रेशमी मार्गको एक आरम्भ बिन्दु भएको र एक सय वर्षअघि क्वाङचौले आधुनिक चीनको प्रगतिको ढोका खोलेको तथा चालीस वर्षअघि क्वाङचौमा विशेष आर्थिक क्षेत्रको निर्माण बाटोको सिर्जना गरिएको व्यक्त गर्नुका साथै हाल क्वाङ चौले उच्च गुणस्तरको विकास क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको कुरामा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *