नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
पार्टी प्रमुखको आवास सधैँजसो विवादमा आउने गरेको छ । कतिपय ठेकेदार विभिन्न निर्माण र विकासको कामको ठेक्का लिन्छन् । उनीहरू पैसा कमाउँछन्, ठूला घरहरू बनाउँछन्† ती घर नेतालाई भाडामा दिन्छन्† फेरि ठेक्का लिन्छन् । अनि ठेक्का लिएको आयोजना पूरा गर्दैनन् । पैसा पेश्की लिन्छन् काम गर्दैनन् वा थाल्छन् बिचमै छोड्छन् । उनीहरूको आड पार्टीका नेताहरूलाई आफ्नो घरमा भाडामा राखेको हुँदो रहेछ । यसरी नेता भाडामा घरमा बसेका छन् । तसर्थ, काम नगर्ने त्यस्ता ठेकेदारविरूद्ध सरकारले केही गर्न आँट गर्दो रहेनछ । तर, ती आयोजना अब कैयाँैपल्ट म्याद थप्दा पनि बन्दैनन् । अब यसको उपचार छ कि छैन भन्दा मलाई लाग्यो । पार्टीका अझ ठूला पार्टीका सभापति वा अध्यक्ष बस्ने आवास पार्टी अफिसमा नै प्रबन्ध हुनुप¥यो । कस्तो होला यसो गरे ? पार्टी नेतालाई विदेशमा मिसनका प्रमुख भेट्न आउँछन् सदल बल । मित्र देशका राष्ट्रपति राष्ट्र प्रमुख, प्रधानमन्त्री, प्रधानसेनापति, पार्टी प्रमुखलगायत को को आउँछन् को को ? तसर्थ त्यहीअनुसार ठाउँ हुनुप¥यो । सबै नेता पशुपतिशमशेर राणा, शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द हुँदैनन् । शानदार दरबार वा भव्य हवेली हुँदैनन् । तसर्थ, पार्टी कार्यालयसँगै एउटा सुहाउँदो पार्टी प्रमुख आवासको व्यवस्था हुने हो भने पार्टी प्रमुख र घरबेटी भाडाको घर ठेक्का परियोजना, नेता र ठेक्का यी पद र कामको चिनजान नै हुँदैनथ्यो । नेता पनि चोखो हुने परिस्थिति खडा हुन्थ्यो ।
त्यो सम्भव देख्दिन
कुनै पनि मान्छे वा प्राणी बस्न र अझ बाँच्न पनि गाँस, बास र कपास नभई हुँदैन । हो ¤ पशु र चरामुसालाई भने कपास भन्ने वस्तु अनिवार्य हुँदैन । यसर्थ, पार्टी नेतालाई यी तीनवटै वस्तु वा सामग्री गाँस, बास, कपास अनिवार्य नै हुन आउँछ । पार्टी नेता हुन पहिले नै गाँस, बास र कपास भएको मान्छे हुनुपर्छ भन्ने नियम पनि वामपन्थी पार्टीहरूमा लागू गर्न सकिँदैन । के गर्ने होला भनी धेरै मथिङ्गल घोट्दा, घोट्दा यो निष्कर्षमा पुगेको हुँ म । कि जनमत लिनुप¥यो पार्टी नेताको सपरिवार आवासको बन्दोबस्त कसरी गर्ने र ? यो पनि एउटा बाटो हो । तर, के गर्ने हो ? केही नगरी भएन हुँदै भएन । अहिले पनि काठमाडौँ खाल्डोमा आफ्नो घर नहुने थोरै होइन धेरै नेता छन् । तसर्थ, यो यहाँ घर नहुने रोग सधैँ सधैँ रहन सक्छ । यिनै नेताहरूलाई भाडामा दिन सुहाउने जगेडा घर भएकाहरूको कब्जामा नेता रहिरहने रोगबाट वाम पार्टीहरू कहिल्यै मुक्त नहुने भए । भारतमा उहिल्यै एउटै कम्युनिस्ट पार्टी हुँदा बम्बईका मजदुरहरूले अरू पार्टीका नेताहरू मोटर चढ्ने हाम्रा नेता टि.वि. रणदिवे मात्र किन पैदल भनी एउटा कार नै किनिदिएका थिए रे । के हामीकहाँ आज त्यो सम्भव छ ? अहँ, म सम्भव देख्दिनँ ।
झन् छिटो हुनुपर्ने ?
यो मैले उठाएको मुद्दा सर्वोच्च नेतालाई आवास ? कतिपयलाई आफ्नो घर भएका नेता वा कार्यकर्तालाई फजूलको कुरा भन्ने लाग्न सक्छ । तर, मेरो यो पुस्तामा एउटा चुनौतीको रूपमा नै उभिएको छ । दृष्टान्तका लागि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) एक जना ठेकेदारकहाँ डेरा लिन पुग्नुभएछ । उनी निर्माण व्यवसायी पनि रहेछन् । ठेक्काको काम समयमा कहिल्यै सम्पन्न गर्दा रहेनछन् । प्रचण्ड आफ्ना घरबेटीलाई समयमा ठेक्काको काम पूरा नगर पक्कै भन्दा होइनन् । तर, कहिल्यै काम सम्पन्न भने हुँदो रहेनछ । किन समयमा काम सकिएन ? जनतालाई असजिलो भयो । तर, नेताका घरबेटीले काम गरे पो ? यो ठेक्काको काम सरकारलाई समेत झ्याउ नै भो । समयमा काम सम्पादन नगर्ने अरू पनि थुप्रै ठेकेदार छन् । तर, अरूलाई नेताको ठेकेदार भनेको सुन्नुपर्दैन । मान्छेले कसलाई कसरी मूल्याङ्कन गर्छ ठेगान हुँदैन । अहिले प्रधानमन्त्री पनि आफैँ भएको बेलामा कोटेश्वर पेरिस डाँडामा माओवादी केन्द्रको नजिकै अध्यक्ष निवास बनाई पो हाल्ने हो कि ? एक बनाएपछि बनाएको बनायै हुन्छ । यसो सोचौँ न हो । यो प्रस्ताव सरसरती हेर्दा उट्पट्याङजस्तो लाग्छ । मेरो प्रस्ताव सहजै वा ख्याल ठट्टामा आएको भनी हलुकारूपमा आएको कदापि होइन । नेतृत्वको डेराका कारण विकास योजना नै रोकिएपछि गम्भीर हुनु परेन र ? नेताको सङ्गतले विकास परियोजना समय अगावै सम्पन्न हुनुपर्ने यहाँ त ढिलो पो भो त ?
कि यो उनाचो भो ?
यसो हेर्दा यो नेता आवासको समस्या साधारणजस्तो लाग्छ । तर, बेहोर्दा यो समस्या सानो छैन । हाम्रो विकास पद्धतिमा कुनै पनि विकास–निर्माण–पुनर्निर्माणको परियोजना योजनाभित्र पर्ने ठाडो उकालो काट्नुपर्छ । त्यति गरी योजनामा प¥यो अनि ठेक्का लाग्छ । ठेक्का लाग्ने र ठेक्का पार्ने पद्धति आफ्नै प्रकारको छ । यसका लागि कतिपय चलाख ठेकेदार पार्टीभित्र पसी नेता र मन्त्रीको नजिक भई ठेक्का लिन थाले । यसो गर्दा प्रशस्त खर्च गर्नुपर्ने भो । त्यसकारण, लाभको अङ्क घट्यो । कैयौँ धेरै टाढा बाठा ठेकेदार आफँै पार्टीभित्र प्रवेश गर्न लागे । आफैँ नेता भएपछि नेतालाई नाफा बाँड्न परेन वा थोरै दिए भो । नाफा एकलौटी भयो । राजनीति पैसा कमाउनेतिर लागेपछि यस्तै हो । अस्ति एउटा सार्वजनिक भेटमा मैले एक जना वाम नेता सुरेन्द्र पाण्डेसँग सोध्न मन लाग्यो । सोधिहालेँ होइन तपाईंको नेता नाम नै खोलेर फलानालाई पैसा नखाने बनाउन सकिँदैन ? भन्ने प्रश्न गरे । उनले उत्तर दिए प्रयास गरेका छौँ भने हाँसी हाँसी । केही वर्षअघि एउटा सभामा उनले भनेका थिए नढाटौँ भन्या सकिँदो रहेनछ । त्यही बलमा मैले त्यो प्रश्न गरेको थिएँ । अँ, कुरो अर्कैतिर लाग्यो । मेरो विचारको चुरो पार्टी प्रमुखको आवास उनको सपरिवार बस्ने ठाउँ पार्टी कार्यालयकै परिवेशमा बन्दोबस्त गरौँ भन्ने हो ।
Leave a Reply