स्थानीय पाठ्यक्रम अध्यापनको लागि शिक्षकको व्यवस्था कहिले ?
- असार ९, २०८३
नेपाल क्रान्तिकारी महिला सङ्घको तेस्रो राष्ट्रिय सम्मेलन चितवन रत्ननगरस्थित टाँडी बजार (चैत २४–२५) मा भव्यताका साथ सम्पन्न भयो । सम्मेलनमा देशैभरिका नेमकिपाका नेता, कार्यकर्ता र समर्थकहरूको उपस्थिति रह्यो । विशेषतः महिला दिदीबहिनीहरू नै यस कार्यक्रममा बढी सहभागी थिए । सम्मेलनमा शासक दलहरूबाट भइरहेको बेथिति, भारत र अमेरिकी देशहरूबाट नेपालको सार्वभौमिकतामाथि भएको हस्तक्षेपको विषयमा छलफल र प्रशिक्षण महत्वपूर्ण रह्यो । सामाजिक, सांस्कृतिक र राजनैतिक आन्दोलन र परिवर्तनहरूमा महिलाहरूको महत्वपूर्ण भूमिका रहने विषयमा प्रशिक्षण भयो ।
हजारौँ महिलाहरूको सहभागितामा भएको उद्घाटन ¥यालीले रत्ननगरवासी प्रभावित भएको प्रत्यक्ष अप्रत्यक्षरूपमा बुझ्न सकिन्थ्यो । पहिले चितवनमा कम्युनिस्टको बीउ रोपेको पार्टी नेमकिपा हो । नेमकिपाकै नेता तथा कार्यकर्ताको नेतृत्वमा जुगेडी र जुटपानी किसान सङ्घर्ष भएको थियो । कम्युनिस्ट आन्दोलन अघि बढाउने दल नेमकिपा मात्र रहेको कुरा चितवनका बुद्धिजीवीहरू बताउँछन् । नेमकिपा समर्थक कार्यकर्ताहरूको सभ्य, भव्य र सुसंस्कृत ¥यालीलाई सामाजिक सञ्जालमा शुभचिन्तक राजनैतिक प्रेमीहरूले फोटो, भिडियो, आफ्नो मोबाइलमा कैद गरेर सद्भाव राखेका थिए । नेमकिपाको अडिग र दरिलो राजनैतिक सङ्घर्षले मानिसमा आशा जागेको बुझ्न सकिन्थ्यो । नेमकिपाको गौरवमय इतिहास र उज्ज्वल भविष्यप्रति एकदिन जनता एक ठाउँमा सङ्गठित हुनेछ ।
काङ्ग्रेस, एमाले, माओवादीलगायत शासक दलहरूको गलत र भ्रष्ट व्यवहारले सोझा इमानदार मानिसहरूमा राजनीतिप्रति वितृष्णा र घृणा बढेको छ । मानिसहरूमा नैरास्यता छाएको छ । देशको अर्थ व्यवस्था दयनीय स्थितिमा छ । शासक दलको कमजोरीको कारण देशमा विस्तारवादी, साम्राज्यवादी शक्तिको दबाब बढेको छ । स्वदेशमा रोजगारीको बन्दोबस्त नहुँदा लाखौँ युवा शक्ति वैदेशिक रोजगारीमा जान बाध्य छन् । किसानले रासायनिक मल पाउन सकेको छैन । किसानबाट उत्पादित तरकारी र फलफुलले मूल्य र बजार पाउन सकेको छैन । यस्ता विषयवस्तुलाई नेमकिपाले मुख्य राजनैतिक मुद्दा बनाएर सडकदेखि सदनसम्म सङ्घर्ष गर्दै आएको कुरा चितवनका जनता अवगत छन् । विचार तथा सिद्धान्तमा विचलित नहुने नेमकिपाको पहिचानबारे पनि चितवनका जनताबिच चर्चाको विषय बनेको छ ।
सम्मेलन र कार्यक्रम स्थल वरिपरि सरसफाइ हुनु नेमकिपाका कार्यकर्ताहरूको राम्रो संस्कार हो । देश र जनताप्रति समर्पित नेमकिपाको इमानदारिताबारे चितवनका जनता अवगत छन् । परिश्रमी, मेहनती र इमानदारीताका कारण कम खर्चमा भव्य र सभ्य कार्यक्रम सम्पन्न भएको देखेर स्थानीय व्यापारी र व्यवसायीहरू अचम्म छन् । सम्मेलन सफल पार्न भौतिक, आर्थिक र नैतिकरूपमा सहयोग गर्ने उद्योगी, व्यापारी, पत्रकार, शैक्षिक सङ्घ/संस्था, बुद्धिजीवी, महिला, युवा, विद्यार्थीहरू सम्पूर्ण धन्यवादका पात्र छन् ।
Leave a Reply