भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
विश्वकै लागि निकै चुनौतीपूर्ण रहेको २०७९ साललाई बिदा गर्दै गर्दा अर्थतन्त्रका साथै विश्वव्यापी सुरक्षाका जोखिमलाई ध्यानमा राख्दा आउँदै गरेको २०८० को बारेमा आशावादी हुन हामीलाई गा¥हो लाग्छ । संसारमा रूपान्तरण र अशान्तिको प्रवृत्ति दुवै निरन्तर विकसित भइरहेका छन् भने एकता र विभाजनका प्रवृत्तिहरू एकअर्कासँग लडिरहेका छन् । यो द्वन्द्वको प्रभावबाट नेपाल पनि मुक्त हुन सकेको छैन ।
अस्थिर संसार
कोरोनाले थला परेर तङ्ग्रिन नपाउँदै रसिया–युक्रेनबिचको द्वन्द्वले ऊर्जा सङ्कट र विश्वव्यापी खाद्य आपूर्तिको समस्या आउने वर्ष झनै जटिल बन्ने छ । मुद्रास्फीति र मन्दीको संयोजनले विश्वलाई थप आर्थिक कठिनाइको चपेटामा पार्नेछ । अन्तर्राष्ट्रिय मुद्राकोषको तथ्याङ्कअनुसार विश्व अर्थतन्त्रको वृद्धि ३.२ प्रतिशतमा रहेको छ भने यस वर्ष विश्वको कम्तीमा एकतिहाइ मानिस मन्दीको चपेटामा पर्ने बताएको छ । नेपालजस्तो विकासोन्मुख देशहरू सञ्चित ऋणको कारण सबैभन्दा बढी पीडित हुनसक्ने छन् र केहीले पूरै ऋण चुक्ता गर्न नसक्ने डर छ । धेरै विकासोन्मुख देशहरूले उच्च स्तरको ऋण लिएका छन् जुन विश्वव्यापी मुद्रास्फीति र ब्याज दर बढ्दै जाँदा थप बोझिलो बन्ने छ ।
विश्वमै द्वन्द्व बढ्दै गएको अवस्थामा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको नयाँ सरकारले गत वर्ष पदभार ग्रहण गरेलगत्तै विश्वभर चिन्ताको लहर बढ्दै गएको थियो । इजरायलका नयाँ अति दक्षिणपन्थी राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन–गभिरले जनवरीको सुरुमा जेरुसेलमको यहुदीहरूले ‘टेम्पल माउन्ट’ को रूपमा लिने मुसलमानहरूको पवित्र अल–अक्सा मस्जिद परिसरको भ्रमण गरेका थिए । भ्रमणले प्यालेस्टिनीहरूसँगको तनाव बढाउने जोखिम बढेको छ । पहिले नै उच्च भइरहेको पश्चिम किनारमा हिंसा झनै वृद्धि भएको छ । बेन–गवीरले तीर्थस्थललाई “यहुदी मन्दिरमा परिणत गर्ने प्रयासको रूपमा भ्रमण गरेको आरोप लगाउँदै प्यालेस्टाइनका प्रधानमन्त्री मोहम्मद श्तेयेहले प्यालेस्टिनीहरूलाई “अल–अक्सा मस्जिदमा आक्रमणको सामना गर्न आह्वान गरे ।” यसले प्यालेस्टिनीहरूको आक्रमकतालाई अझै बढायो । उक्त धार्मिक स्थल ऐतिहासिकरूपमा इजरायली–प्यालेस्टीन तनावको लागि मुख्य कारक तत्व भएको छ । सबैभन्दा चरमपन्थी नेतान्याहु सरकारका नीतिहरू विश्व शान्तिको लागि गम्भीर हुने देखिन्छ । ती नीतिहरू प्यालेस्टाइनमा शान्तिको झिनो आशामाथि घातक प्रहार हुनसक्छ जुन अन्तर्राष्ट्रियरूपमै निन्दनीय ठहरिने छ ।
यसैगरी, ब्राजिलका वामपन्थी नेता लुला सत्तामा आउने बित्तिकै ब्राजिलका पूर्वराष्ट्रपति अतिवादी जैर बोल्सोनारोका समर्थकहरूले राष्ट्रपति भवन, काङ्ग्रेस र सर्वोच्च अदालतमा आक्रमण गरे भने सुरक्षा बलहरूविरुद्ध ब्यारिकेडहरू सिर्जना गरेर आक्रमण गरेका थिए । लुला दा सिल्भाबाट पराजित भएपछि बोल्सोनारोले शक्ति गुमाएको विरोधमा आक्रमणकारीहरूले ब्राजिलमा अशान्ति फैलाएको छ जुन विश्वशान्तिको लागि राम्रो सङ्केत होइन । विश्वमा बिग्रिएको आर्थिक अवस्थाको पृष्ठभूमिमा राजनीतिक अस्थिरता र बढ्दो हिंसाका यी जीवित उदाहरणहरू हुन् ।
अमेरिकी विदेश नीति विशेषज्ञहरूले आगामी वर्ष देखा पर्न सक्ने ३० सम्भावित द्वन्द्वहरूको सम्भावना र त्यसको प्रभावको मूल्याङ्कन गरेका छन् । प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाको आणविक हतियार र लामो दूरीको ब्यालिस्टिक मिसाइलहरूको परीक्षणले सैन्य टकराव सुरु गरेको छ । इरानको आणविक कार्यक्रम, छिमेकी देशहरूमा लडाकु समूहहरूलाई इरानको निरन्तर समर्थन र सम्भावित अन्तर्राज्यीय युद्ध आगामी वर्षमा आउने सम्भावित तनाब इजरायल–इरानबिचको द्वन्द्वको परिणाम हुनसक्ने भविष्यवाणी गरिएको छ ।
युरोपेली बीमा कम्पनीले यो वर्ष आउन सक्ने खतराहरूको मूल्याङ्कन प्रतिवेदन तयार गरेको छ । प्रतिवेदनमा ५८ देशका करिब ४,५०० जोखिम विशेषज्ञहरूमाथि सर्वेक्षण गरिएको थियो । प्रतिवेदनले शीर्ष १० जोखिमहरूलाई क्रमबद्ध गरेको छ : जलवायु परिवर्तन, भू–राजनीतिक अस्थिरता, साइबर सुरक्षा जोखिम, ऊर्जा जोखिम, सङ्क्रामक रोग, सामाजिक तनाव, जैविक विविधता जोखिम, वित्तीय स्थिरता जोखिम, समष्टि आर्थिक जोखिम, मौद्रिक नीति जोखिम र वित्तीय नीतिको जोखिम हुन् ।
रचनात्मक भूमिका
विश्वले जोखिमहरूलाई टार्न मात्रै होइन मानवताको लागि साझा हित हासिल गर्न एकता, अखण्डता, निष्पक्षता र आशावाद एकसाथ ल्याउन आवश्यक छ । यस सन्दर्भमा विश्वका थुप्रै शक्ति सम्पन्न मुलुकहरूबिच आ–आफ्नो स्वार्थको कारण द्वन्द्व बढ्दै गइरहेको अवस्थामा चीनले भने मानव प्रगति र विश्वव्यापी सद्भावलाई पछ्याउन आफूलाई समर्पित गर्दै विभिन्न द्वन्द्वमा अल्झिरहेका रुस–युक्रेन र इरान–सउदी अरबजस्ता देशहरूलाई एक ठाउँमा ल्याउने प्रयास गरिरहेको छ । विश्वको कायाकल्प र दिगो समृद्धि हासिल गर्न विशेषगरी शक्तिशाली मुलुकहरूले आफूलाई समर्पित गर्नु आवश्यक छ । अन्तर्राष्ट्रिय प्रणालीको निरन्तरता र रूपान्तरणमा सबैले योगदान दिनुपर्छ । मानव विकासको नयाँ रूप सृजना गर्न र अन्य विकासोन्मुख देशहरूका लागि नयाँ विकल्पहरू उपलब्ध गराउन सम्पन्न मुलुकहरू उदार बन्नुपर्छ । यसले विकासोन्मुख मुलुकहरूको राष्ट्रिय अवस्था अनुरूप विकास मार्गहरू खोज्न र आधुनिकीकरणतर्फ द्रुत मार्गमा अघि बढ्न मद्दत गर्ने विश्वास गर्न सकिन्छ । प्रभुत्ववादी शक्ति राजनीतिको विरोध र अन्य देशहरूसँग पारस्परिक सम्मान, विश्वास र लाभको लागि काम गर्नुपर्छ ।
‘सङ्कटले परिवर्तन जन्माउँछ’ भन्ने कुराले आशा जन्माउँछ । अहिले बढिरहेको द्वन्द्वको स्तर र त्यसका प्रभावहरूलाई रोक्नका लागि निर्णयकर्ताहरू र संस्थाहरूप्रति उच्च आशा राखिएको छ । विश्वलाई आशावादी बनाउन जोखिमलाई टार्ने मात्र होइन सुधारका लागि सम्भावनाहरू पहिचान गर्न र एकता, अखण्डतामा कटिबद्ध हुन पनि संसार तयार हुनुपर्दछ । सभ्यताबिचको संवाद, सभ्यताबिच आदानप्रदान र आपसी सिकाइको वकालत गर्ने कुरामा सबै देश एकमत हुनुपर्छ । मानवताका साझा मूल्यहरूलाई प्रवद्र्धन गर्ने खालको प्रजातन्त्र र स्वतन्त्रता नै राजनीति हुनुपर्छ । विश्वमा स्थायित्व प्रवद्र्धन र अस्थिरता घटाउने कार्य जटिल मुद्दा हो । यसका लागि विश्वभरका व्यक्ति, समुदाय र सरकारहरूबाट सामूहिक प्रयास आवश्यक छ । अस्थिरतामा योगदान पु¥याउने अन्तर्निहित कारकहरूला ई सम्बोधन गर्दै राष्ट्रहरूबिचको अधिक सहयोग र समझदारी प्रवद्र्धनको निम्ति एकता नै उपयुक्त माध्यम हो ।
Leave a Reply