कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
दैलेख, ४ वैशाख । चामुण्डा बिन्द्रासैनी नगरपालिका दैलेखका जनप्रतिनिधिहरूबिच आइतबार नव वर्ष २०८० को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले पद्धतिअनुसार नगर सरकार सञ्चालन हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । हाँले भन्नुभयो, “जबसम्म पुँजीवादी व्यवस्था रहन्छ तबसम्म समाजमा जालझेल र षड्यन्त्र भइरहन्छ ।”
चामुण्डा बिन्द्रासैनीको जम्बुकाँध बजारमा भएको उक्त कार्यक्रममा केसेन्द्र कार्की, सुरेन्द्र शाही, रवीन्द्र शाही, वीरबहादुर शाही, दीर्घबहादुर शाही र वडाध्यक्ष उदय वि.क., थानेश्वर जैसी, दीपबहादुर शाही, हस्त शर्मा, इन्द्रप्रसाद शर्मा र प्रेम रावलले आ–आफ्ना भनाइहरू राख्नुभएको थियो । नगर सदस्यहरू सुरेन्द्र शाही, तीर्थप्रसाद न्यौपाने, शान्ताकुमारी विक, जयकला विक, वसन्ता खना, सुनिता विक, दानकला मिजारले देशमा भइरहेको उच्छृङ्खल र अराजक गतिविधिबारे प्रकाश पार्नुभयो ।
शिक्षकहरू तिलकप्रसाद शर्मा, दीपक शाही र तिलक न्यौपानेले शिक्षा क्षेत्रमा आमूल परिवर्तनको आवश्यकता औँल्याउँदै मा.वि. तहसम्मको शिक्षा निःशुल्क पाउने हक संविधानमा उल्लेख भए तापनि हालसम्म शुल्क लिइरहनु संविधानको ठाडो उल्लङ्घन हो भन्नुभयो ।
कार्यपालिकाका ज्येष्ठ सदस्य मनबहादुर विकको सभापतित्वमा भएको सो कार्यक्रममा रवीन्द्र कँडेलले पनि बोल्नुभएको थियो ।
Leave a Reply