यासुकुनी मन्दिरको भ्रमण र आर्थिक प्रस्तावहरूले जापानको ‘शान्तिको देश’ मकुन्डो च्यात्छ
- कार्तिक १०, २०८३
भारतस्थित चिनियाँ दुतावासले भारतमा आउने चिनियाँ पर्यटकहरुको नाममा चार महिनामा तेस्रो सावधानी पत्र जारी गरेको छ ।
गएको मंगलबार राजदुतावासको वेभसाइटबाट जारी पत्रमा हालैका महिनामा भारत घुम्न आएका चिनियाँ पर्यटकहरुको लागि चिनियाँ दुतावासले हेरेका विभिन्न अवस्थाको बारेमा बिस्तृत रुपमा उल्लेख गरिएको छ ।
‘केही चिनियाँ नागरिकहरु विदेशीहरुलाई निषेध गरिएको अन्डमन र निकोबर टापुमा बिना अनुमति गएको पाइयो । केही पर्यटकहरुलाई आगमनसँगै फिर्ता पठाइयो भने केहीलाई भने अनुसन्धानको लागि गिरफ्तार पनि गरियो ।’, सावधानी पत्रमा भनिएको छ ।
‘पर्यटकहरुले भारतको सीमाना र सैनिक क्षेत्र एवं बाहनहरुको तस्वीर खिच्न मनाही छ । नेपालसँग सीमावर्ती भारतीय बजारमा किनमेल गर्ने र अरु देशको भूगोलमा गल्तीवश पनि प्रवेश नगर्नुहोल ।’, पत्रमा थप लेखिएको छ ।
गएको जुलाई ७ मा चिनियाँ दुतावासले चिनियाँ नागरिकलाई अनावश्यक रुपमा भारतको भ्रमण नगर्न पहिलो सावधानी पत्र जारी गरेको थियो । त्यस्तै वक्तव्य गएको अगस्ट २४ मा पनि जारी भएको थियो ।
भारतमा भ्रमण गर्ने कुल पर्यटकहरुमध्ये चिनियाँहरुले तीन प्रतिशत ओगटेको छ । सन् २०१७ को जनवरीदेखि मे महिनासम्ममा एक लाख उन्नाइस हजार चिनियाँ पर्यटकहरुले भारतको भ्रमण गरेका छन् ।
-ग्लोबल टाइम्स
Leave a Reply