‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
पहिला शिक्षकले पेन्सन, उपदान, कर्मचारी सञ्चयकोषको सुविधा पाउन धेरै सङ्घर्ष गर्नुपरेको थियो । त्यति गर्दा पनि, उही तहका निजामती कर्मचारीभन्दा शिक्षकको तलब स्केल नै कम थियो । अहिले, तलब स्केल निजामतीसरहको भए पनि अन्य सुविधाबाट शिक्षकहरू वञ्चित छँदै छन् । अझै पनि देशभरका धेरै शिक्षकहरूले मासिकरूपमा तलबभत्ता पाएका छैनन् ।
अन्य सबै ‘राष्ट्रसेवक’ को पेन्सनको रकम खातामा जम्मा भए पनि शिक्षकको जम्मा भएको छैन ¤ ‘चियागफ’ मा थाहा भयो—सरकारसँग पैसै छैन रे ¤ यस्तो कुरा कसरी पत्याउने ?
चुनाव÷उपचुनाव गर्नलाई पैसा छ । आवश्यकै नपर्ने अनेक थरीका नेतामन्त्री आदिलाई आकर्षक सुविधासहित पाल्नलाई पैसा छ । तिनका निजी सचिव, सुरक्षा राख्नलाई पैसा छ । भीआइपी सुविधाका लागि पैसा छ । पूर्व विशिष्टलाई सुविधा दिन पैसा छ । ‘भ्यु टावर’ बनाउने कार्यलाई निरन्तरता दिन पैसा छ ।
पैसा भएकैले त होला, खराब कमाइ गरेर कर र विद्युत् महसुल नतिर्ने पुँजीपति÷उद्योगपतिलाई कर मिनाहा गरिएको छ । हालै नेपाली सेनामा विज्ञापन खुलाइएको छ । शान्ति प्रक्रिया पूरा गर्ने नाममा चार लाख आफ्ना कार्यकर्ता÷अयोग्य लडाकुलाई दुईदुई लाख राहत बाँड्ने गरी कार्यदल गठन गर्ने प्रक्रिया अगाडि बढाइएको छ । व्यापार घाटा बढेको त सुनिएकै हो तर पनि प्रधानमन्त्रीले विभिन्न भाषणमा, ‘अर्थतन्त्र सुधारोन्मुख छ’ भनेपछि यही कुरो पत्याउनु परेन ?
तर पनि शिक्षकको खातामा किन पेन्सन रकम जम्मा गरिएन ? चुनावको बेलामा, शिक्षकका सुविधा बढाउने भनेर भाषण छाँट्ने नेताहरू यो बेला किन बोल्दैनन् ?
Leave a Reply