नेपालीहरू भारतविरोधी होइनन् – २
- कार्तिक १२, २०८३
चाडपर्वले मानिसमा उत्साह र जाँगरको सञ्चार गर्ने गर्दछ । विभिन्न पर्वको आ–आफ्नै महत्व रहेको छ । ती पर्वहरूमध्ये वैशाख कृष्ण औँसीको दिनमा मनाइने आमाको मुख हेर्ने दिनको विशेष महत्व रहेको छ । ‘आमा’ शब्दले नै अगाध माया प्रेम र स्नेह बोकेको आभास हुन्छ । आमाले आफ्ना सन्तानहरूप्रति सदैव माया, प्रेम र आशीर्वादको पुष्प बर्साइरहेकी हुन्छिन् । हरेक दुःख कष्ट र अभावमा पनि चन्द्रमा स्वरूपजस्तै उज्याली र फुर्तिली भई अगाडि बढ्ने आमा नै हुन् । आमा साथमा हुँदा संसार आफूसँगै रहेको भान हुन्छ । आमाबाट टाढा हरेक बाटाहरू अँध्यारा र अप्ठ्यारा हुँदै जान्छन् । त्यसैले आमा एक ज्योति हुन् जसले निष्पट्ट अँध्यारोमा पनि आफ्ना सन्तानलाई उज्यालो किरण छर्न सक्छिन†् सही बाटोमा डो¥याउन सक्छिन् । एउटी आमाले आफ्ना ३, ४ जना वा भन्दा बढी सन्तानहरूलाई पनि हाँसीहाँसी सही शिक्षादीक्षा, पालनपोषण गर्ने गर्छिन् । तर, जब तिनै आमा बुढी हुन्छिन् ती ३,४ मध्ये कसैले पनि नहेरेर पाटीको बास पनि भएको तीतो यथार्थ समाजमा यत्रतत्र भेटिन्छ । यसो भन्दै गर्दा सबै छोराछोरी यस्ता हुन् भन्न खोजेको होइन तर आधुनिक समाजको प्रवृत्तिमा हामी सबै चाहेर वा नचाहेर रङ्गिरहेका छौँ । विभिन्न सामाजिक सञ्जालको लतले हामीलाई बिस्तारै एक्लो बनाउँदै लगेको भान हुन्छ । घण्टौँसम्म हामी यस्ता सामाजिक सञ्जालमा अल्झिँदा परिवारमा विभिन्न किसिमका समस्याहरू आउने गर्दछन् । यसबारेमा हामी बेलैमा सचेत हुनु जरुरी छ । हामीले परिवारमा विशेषगरी ज्येष्ठ सदस्य र बाल सदस्यहरूलाई विशेष ध्यान दिनुपर्दछ । उनीहरूको कुराहरू सुनी दिनुपर्दछ ।
ममतामयी आमाको सम्झना वर्षको ३६५ दिनै गर्नुपर्दछ । यसै प्रसङ्गमा आमाको सम्मान दिवसको रूपमा हामी वैशाख कृष्णपक्षको औँसीलाई मातातीर्थ औँसीको रूपमा विशेषगरी मनाउने गर्दछौँ । यसैदिन छोराछोरीहरूले आमाको मुख हेरेर मनाउँछन् । यसै दिन श्रद्धा, भक्ति, सम्मान र आदर गरिएकी आमालाई मीठो खान दिने तथा राम्रो लगाउन दिने विभिन्न उपहारहरू दिई आमाबाट आशीर्वाद ग्रहण गर्ने चलन छ । छोराछोरीहरूले आमाप्रति विशेष भक्तिभाव सम्मान र आदर व्यतm गर्ने दिनको रूपमा पनि यो दिनलाई मानिन्छ । संसारको सबैभन्दा पवित्र नाता र सम्बोधन नै आमा हो । हामीमध्ये धेरैले सर्वप्रथम बोल्न सिकेको शब्द आमा नै हो । अनि हरेक पल सम्झेको शब्द पनि आमा नै हो । हरेक सुख दुःखमा हामी आमालाई सम्झिने गर्दछौँ । विवाहित छोरी चेलीहरू आफ्नो आमालाई मनपर्ने मीठा मीठा परिकार मिठाइ र उपहार लिएर माइतीघर पुग्ने गर्दछन् । साँच्चै नै यस्ता चाडपर्वहरूले भावनात्मक सम्बन्धलाई बलियो बनाउने गर्दछ । छोरी चेली पनि आफ्ना सारा दुःखपिर भुलेर फुरुङ हुँदै आमालाई भेट्न जान्छन् । यस्ता चाडपर्वले पनि महिलाहरूलाई मानसिक तनावबाट मुतm पार्ने थेरापीको कार्य गर्दै आएको छ । यस्ता भेटघाटमा उनीहरू आफ्ना समस्याहरू आमा र दिदीबहिनीहरूसँग छलफल गर्ने गर्दछ जसले उनीहरूमा नयाँ ऊर्जा थप्ने गर्दछ र भविष्यमा हुनसक्ने विभिन्न मानसिक रोग र अपराधबाट पनि जोगाउने गर्दछ । आमाको सही निर्देशनले छोराछोरीको भविष्य राम्रो हुने गर्दछ । त्यसैले, आमालाई एक विज्ञ काउन्सेलरको रूपमा पनि लिन सकिन्छ । आफ्नो अनुभव, भोगाइका आधारमा आमाले आफ्ना सन्तानहरूलाई सही बाटोमा लाग्न सिकाउँछिन् । हरपल सन्तानको खुसी र सुखको बारेमा सोच्ने गर्छिन् । आमाको योगदानबारे चर्चा गर्दा हामीले बुबालाई पनि सम्झनुपर्दछ । आमाबुबाको मेहनत र कडा परिश्रमले हाम्रो जीवन सफल हुने गर्दछ । त्यसैले हामीले आफ्ना बाआमालाई विशेष हेरचाह गर्नुपर्दछ ।
मातातीर्थ औँसीलाई आत्मीयताको पर्वको रूपमा विश्लेषण गर्न सकिन्छ । यसै अवसरमा हुने भेटघाटले परिवारका सदस्यहरूबिच आत्मीयता, प्रेम र विश्वास बढ्ने गर्दछ । मनमा भएका समस्याहरूलाई एक अर्कालाई सुनाउँदा विभिन्न किसिमका शारीरिक र मानसिक रोगहरूबाट बच्न सकिन्छ । साना साना कुराहरूले पनि परिवारमा खुसीको प्रभाव हुने गर्दछ । परिवारमा सबै सदस्यले आफ्ना कुराहरू सहजै राख्न सक्ने वातावरणको सृजना गर्नु हाम्रो दायित्व हो । पौराणिक कालदेखि नै हाम्रा पुर्खाहरूले जात्रा पर्वलाई विशेष महत्व दिनुको कारण पनि यही हो । समाज विकासको लागि सबैले हातेमालो गरी अगाडि बढ्नुपर्दछ । परिवार राम्रो भए मात्र समाज राम्रो हुने गर्दछ । मानव जीवनलाई निरन्तररूपमा सही दिशामा लैजान परिवारले विशेष भूमिका खेलेको हुन्छ ।
समाजमा रहेका हरेक व्यतिmहरूले आ—आफ्नोे ठाउँबाट एक अर्कालाई सहयोग गरिरहेका हुन्छन् । त्यसैले त समाज अघि बढिरहेको छ । सामान्य मानिसले बुझ्दा पसलेले पसल राखेको छ किन नि उसलाई आफ्नो जीविका चलाउनुपरेको छ । तर, त्यही कुरालाई गहनरूपमा अध्ययन गर्ने हो भने ऊ पनि एक समाजसेवी हो उसले अनेक तरहले सामान जम्मा पार्छ र पो आवश्यक परेका ग्राहकहरूले सामान किन्न पाउँछन् । माटोको भर ढुङ्गा, ढुङ्गाको भर माटो भनेझैँ सबैजना समान छन् एकविना अर्को अपुरो हुन्छ । बजार, हाम्रो जीवन र समाज एक अर्काका परिपुरक हुन् । यी बिचको सम्बन्धको समाजशास्त्रीय अध्ययन आजको आवश्यकता हो । बजारले मानिसको आवश्यकता मात्र पूरा गर्दैन, यसले मानिसलाई जीवन जिउने कला पनि सिकाइरहेको हुन्छ । यसले मानवीय सम्बन्धलाई विस्तार गर्ने गर्दछ ।
वास्तवमै हाम्रा चाडपर्वहरूले एकअर्काबिच प्रेम, सद्भाव र सहयोगको भावनाको विकास गर्ने गर्दछ । तडकभडकमा नलागी सभ्यरूपमा चाडपर्व मनाउनुपर्दछ ।
Leave a Reply