भर्खरै :

आणविक हतियारविरोधी संस्थालाई नोबेल शान्ति पुरस्कार

आणविक परीक्षणको विषयमा संसारभर चर्को बहस चल्दै गर्दा यो वर्षको नोबेल शान्ति पुरस्कार आणविक हतियारमाथि रोक लगाउनुपर्ने लक्ष्यका साथ काम गरिरहेको एउटा संस्थाले पाएको छ । नर्वेजियन नोबेल समितिले आणविक हतियार निर्मुलनको लागि अन्तर्राष्ट्रिय अभियान नामको संस्थालाई यो वर्षको नोबेल शान्ति पुरस्कार दिने घोषणा गरेको हो ।
सन् २००७ मा भियनामा स्थापना भएको यो संस्था एक सयभन्दा बढी देशहरुमा क्रियाशील छ ।
‘हामी यस्तो विश्वमा बसिरहेका छौं, जहाँ आणविक हतियारको खतरा अरु कुनै पनि कालखण्डभन्दा निकै ठूलो छ ।’, नर्वेजियन नोबेल समितिका प्रमुख बेरिट रियसे–एण्डरसनले भने ।
संरा अमेरिका र रुसजस्ता आणविक शक्ति देशहरु र प्रजग कोरियाबीच आज पनि तनावको अवस्था छ ।
गएको जुलाईमा संसारका १२२ देशहरुले आणविक हतियार निषेधसम्बन्धी संरा संघीय सन्धीमा हस्ताक्षर गरेका थिए ।
अन्तर्राष्ट्रिय अभियानले आफ्नो फेसबुक पेजमा नोबेल पुरस्कारको घोषणाको स्वागत गरेको छ ।
अभियानले ढिला चाँडो संसारबाट आणविक हतियार निर्मुलनको विकल्प नभएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *