भर्खरै :

‘कम्युनिष्ट एकता भनी फलाक्नु झूट हो’

भक्तपुर, २१ असोज । ‘मन्त्रीसमेत भइसकेका व्यक्तिहरू चुनावमा जनताको मत लिन ग्यास भरिएको सिलिण्डर घर घरमा पु¥याउन व्यस्त भए । उनीहरूले प्लाष्टिकमा मासु पोको पारेर परिवार सङ्ख्याअनुसार मतदाताहरूका घर घरमा वितरण गरे । पैसा लिएर भोट नदिएका जनतालाई साङ्घातिक हमलासमेत गरे ।’
उक्त विचार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं सांसद नारायणमान बिजुक्छें (रोहित) ले शनिबार झीगु ख्वप बचत तथा ऋण सहकारी संस्था लिको दसौंं वार्षिक साधारणसभामा व्यक्त गर्नुभएको हो ।
उहाँले आफूलाई कम्युनिष्ट भन्नेहरूले जनतालाई भौतिकवादी विचारहरूबाट प्रशिक्षित गर्नुभन्दा डर, धम्की, पैसा, शक्तिको आधारमा जनताको मत लिने काम गरिरहेको बताउनुभयो ।
‘कम्युनिष्ट एकता भनी फलाक्नु झूट हो’ अध्यक्ष बिजुक्छेंले भन्नुभयो ।
उहाँले भन्नुभयो, ‘राज्यले बनाएको ऐन–कानुन पैसावालहरूको लागि हो । यो पूँजीवादी व्यवस्थाको विशेषता हो । वर्षको करोडौं–करोड कर तिर्नुपर्ने कम्पनी र व्यक्तिहरूलाई स्वयं कर घोषणा गर्न लगाएर दुई÷चार लाखमात्र कर तिर्न लगाउने बन्दोबस्त गर्ने पार्टीहरू कसरी प्रगतिशील र कम्युनिष्ट हुन्छन् ? सहकारी संस्थाहरूले जनतालाई सचेत बनाउँदै सङ्गठित रूपमा अगाडि बढ्न सिकाउनुपर्छ ।’
नेमकिपाका केन्द्रीय सदस्य एवं भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले भनपाको जनसरोकारका विषयवस्तुहरू एवं गतिविधिहरूबारे प्रस्ट पार्नुभयो ।
नेमकिपा केन्द्रीय सदस्य एवं रौतहट जिल्ला अध्यक्ष दिनेश शाहले हालै सम्पन्न स्थानीय तहको चुनावमा आफ्नो जिल्लामा गरिएका विकृत गतिविधिहरूबारे बताउनुका साथै आफ्नो जिल्लामा दर्ता भएका यस्ता सहकारी संस्थाहरूले कहिले पनि जनतालाई भेला गराएर सभा गर्दैन, दैनिक संस्था खोलेर मासिक नियमित बचतसमेत उठाउने काम गर्दैन भन्नुभयो ।
संस्थाका संस्थापक अध्यक्ष श्रीकृष्ण किसीले संस्थाले समाजमा रहेका बालकदेखि वृद्धसम्मका मानिसहरूको लागि सुहाउँदा कार्यक्रमहरू ल्याएर जनहितको काम गर्नुपर्छ भन्नुभयो । संस्थाका सल्लाहकार लक्ष्मीभक्त कवांले संस्थाले गरिरहेको गतिविधि उपयुक्त हुनुका साथसाथै अझ राम्रो गर्न सकिने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. भक्तपुरका प्रतिनिधि जगन्नाथ प्रजापति, सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.का प्रतिनिधि हरिरत्न गोर्खालीले पनि आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाले गरेका प्रतियोगितात्मक कार्यक्रमका विजयीहरूलाई अतिथि बिजुक्छें (रोहित) ले ट्रफि, मेडल, प्रमाण–पत्र, पुरस्कार वितरण गर्नुका साथै एसईई २०७३ मा सार्वजनिक विद्यालयका उत्कृष्ट १ जना र संस्थागत विद्यालयका उत्कृष्ट ३ जना विद्यार्थीहरूलाई ट्रफि तथा प्रशंसापत्र वितरण गर्नुभएको थियो ।
संस्थाका ज्येष्ठ सदस्य न्हुछेबहादुर कवांले उद्घाटन गर्नुभएको सो कार्यक्रम संस्थाका अध्यक्ष तुल्सीराम ग्वाछाको सभापतित्वमा भएको थियो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष नारायणप्रसाद कवां र सञ्चालक सदस्य शोभालक्ष्मी गोसाईले पनि बोल्नुभएको थियो ।
पहिलो चरणको कार्यक्रमको लगत्तै सांस्कृतिक कार्यक्रम देखाइएको थियो ।
उक्त कार्यक्रमपछि संस्थाको मुख्य सत्रमा संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा बजेट, लेखा समितिको प्रतिवेदन, लेखा परीक्षकबाट प्रस्तुत लेखा परीक्षण प्रतिवेदनहरू सर्वसम्मतिले पारित ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *