भोटेकोसी बाढी र जलवायु परिवर्तनको प्रभाव ?
- भाद्र १५, २०८३
ध्यान गर्न लुम्बिनी बोलाइएका
मोदीजीलाई,
तल्लो अरुण प्रसादस्वरुप
सुटुक्क किन दिनुप¥यो ?
देउवाजी !
लुम्बिनीमा जन्म दिन पनि मनाउने,
नेपालको रक्तनली पनि चुस्ने
मित्रलाई अगाडिबाटै छुरा हान्ने
यही हो तिम्रो बुद्धत्व ?
मोदीजी !
मोदीजीलाई थाहै छ,
बुद्ध ! ज्ञान प्राप्त गरेको व्यक्ति हो,
बुद्धको उपदेश
लोभ नगर्नु, अहंकारी नहुनु,
सदाचारी हुनु, झूटो नबोल्नु,
यो त देउवाजीलाई पनि
थाहा भएको होइन र ?!
२०८० वैशाख २२
Leave a Reply