भर्खरै :

नेपालीलाई भुटानी शरणार्थी बनाउने ‘अपराधी’ हरू !

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेहरू देशद्रोही र जनघाती हुन् । यसबारे राज्यको चौथो अङ्ग सञ्चारमाध्यममा प्रकाशित समाचार शीर्षकहरू यसप्रकार छन् –
एक पूर्वमन्त्री फरार, अर्का तानिए’, ‘नक्कली भुटानी शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई पक्राउ’, ‘मन्त्री बादल र गृहसचिवलाई देखाएर इन्द्रजीतले ५ करोड असुलेको खुलासा’, ‘पक्राउ पुर्जी जारी भएपछि उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेद्वारा आत्मसमर्पण’, ‘भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीका बाउ छोराविरुद्ध पक्राउ पुर्जी’, ‘पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकविरुद्ध पनि पक्राउ पुर्जी’, ‘टोपबहादुरका छोरा सन्दीप बुटवलबाट पक्राउ, बाबुलाई पक्राउ गर्न प्रहरी हाइ अलर्ट’, ‘बादल पत्नी नैनकला र अख्तियार प्रमुख पे्रमकुमार राई पनि पक्राउ पर्नसक्ने’, ‘पूर्वमन्त्री तथा एमालेका सचिव टोपबहादुर रायमाझी प्रहरी नियन्त्रणमा, प्रहरीलाई छानविनमा सघाउँछु भन्दै किन फरार छन् बादल पुत्र प्रतीक ?’ ‘पक्राउ भनिएका पूर्वमन्त्री रायमाझीलाई प्रहरीले भगायो ?’ पक्राउ पर्ने सम्भावना देखेरै रायमाझी अर्घाखाँची जाँदा पीएसओलाई समेत काठमाडौँमै छाडेका थिए, सन्धिखर्कको कार्यक्रममा रहँदा र कपिलवस्तु हुँदै रूपन्देहीसम्म आइपुग्दा प्रहरीले उनलाई फरार हुने मौका दिएको थियो ।
समाचार शीर्षकहरूमा भनिएको छ, पार्टी सचिव नै ठगी प्रकरणमा तानिएपछि प्रधानमन्त्री भेट्न पुगे ओली’, ‘ओलीले चैत १३ गतेको रेकर्ड बाहिर ल्याउँछु भनेपछि हच्किए प्रचण्ड’, ‘भान्जाको डायरीले डुबायो टोपबहादुरको टुप्पी’, ‘६० लाख नगदै बुझेको रेकर्ड भेटियो’, ‘प्रहरी नियन्त्रणमै छन् टोपबहादुर’ । प्रहरीले यसकारण भन्छ, ‘सम्पर्कविहीन’ टोपबहादुर र बादलका छोराको फायल खोल्यो, नन्दबहादुरका छोराको फायल किन खुलेन ? नक्कली भुटानी शरणार्थी प्रकरणमा ः सहकारी सञ्चालकसहित थप ३ विरुद्ध पक्राउ पुर्जी, भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँण र मञ्जु खाँण पनि तानिए, डेढ वर्ष गृहमन्त्री भएका खाँण पटकपटक झापा पुगेको जिल्ला प्रशासनका अधिकारीहरूले पनि बताएका छन् । भनिन्छ, शरणार्थी समस्या कुरामा मात्र होइन, यही दुलाल भण्डारीको टोलीमा पनि पुगेका थिए ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक अन्तर्वार्तामा भने, “टोपबहादुरजी फरार भए पनि निकाल्छौँ, निगरानी भइरहेको छ । इन्डिया गएकै भए पनि कति बसिरहने हो र ? कसैलाई छुट दिने कुरा आउँदैन, अनुसन्धानलाई अन्तिम निष्कर्षमा पु¥याएर दोषी र अपराधीलाई कारबाहीको विन्दुमा पु¥याउँछौँ ।”
३३ वर्षयता पाँचपटक मन्त्री खाएकाले आफ्नो संस्मणमा लेखे, “मन्त्री भनेकै अर्बौँ भ्रष्टाचार गर्ने पद भयो ।” सरकार जोगाउन २०५१÷५२ मा गन्न नभ्याएर जोखेर दुई करोड रुपैयाँ पठाइएको समाचार थियो भने २०५३ सालमा सांसदहरूलाई अपहरण गरी भारतको पुना र थाइलैन्डको बैङ्कक पु¥याइएको थियो । २०५४ सालमा सत्ता जोगाउन सांसदहरूलाई पाँचतारे होटलमा थुनेर ‘सुरासुन्दरी’ को फिल्म देखाइएको थियो । राष्ट्रपति जिताएको एक पार्टीले महाधिवेशनको लागि भारतीय राष्ट्रपतिलाई फोन गराई करोडौँ रूपैयाँ लिएको खबर पनि प्रकाशित भयो ।
प्रधानमन्त्री, मन्त्री, सांसद र उच्च अधिकारीहरू जिल्ला जिल्लाबाट काठमाडौँ उपत्यकामा आएर घरजग्गा जोड्न थालेपछि भ्रष्टाचार बढेको बताइन्छ । काठमाडौँ उपत्यका विश्वको प्रदूषित सहर घोषणा हुँदासमेत यहाँका तीनओटै औद्योगिक क्षेत्रहरू स्थानान्तरण नगर्ने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, अर्थमन्त्री र सम्बन्धित सचिव र विभागीय प्रमुखलाई कारबाही नगरिनु पनि जनताको मानव अधिकारको हनन हो । यहाँको सार्वजनिक जग्गा, पर्ती, पोखरी, नदी किनारासमेत व्यक्तिको नाममा दर्ता गराउने मन्त्री र सचिवहरूले के घुस नखाएका होलान् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *