भर्खरै :

विचारविहीन राजनीति देश र जनताको लागि खतरा

विचारविहीन राजनीति देश र जनताको लागि खतरा

राजनीतिक विचार विमर्श हुँदै गर्दा एकथरी मानिसहरू भन्ने गर्छन्, “राजनीतिक दलका कार्यकर्ता, समर्थकहरू अन्धभक्त भएर नै देश बिग्रेको हो, शासकहरू माते ।” सिद्धान्त र विचारको ख्याल नगरी हल्ला गरेर, ठूल्ठूला स्वरमा बोलेर देश उँभो लाग्ने छैन । जनताको समस्या समाधान हुनेमा दिनभरि पसिना बगाएर बिहान बेलुकीको छाक जोहो गर्ने सामान्य नागरिकले पनि विश्वास लिएको पाइँदैन । पार्टीमा भाग नपाएका, अवसर र स्वार्थ पूरा गर्न नपाएका तिनै व्यक्तिहरू आज रास्वपाका अन्धभक्त बन्न पुगेको सचेत जनताले बुझ्न थालेका छन् । रास्वपाका सभापति रविको विषयमा सैद्धान्तिक र राजनैतिक बहस र आलोचना हुँदा रविलाई कसैले केही बोल्नै नहुनेजस्ता कुरा तिनका समर्थक र कार्यकर्ताहरू व्यवहार गर्छन् । गरे रविले गर्छन्, नत्र कसैले केही गर्दैनजस्ता सोच र व्यवहार रास्वपाका समर्थकहरू व्यक्त गर्छन् ।
राजनीतिक दलका समर्थक र कार्यकर्ताहरू अन्धभक्त हुनुहुँदैन । जनताले राजनीतिक दलको सिद्धान्त तथा विचार थाहा पाउनुपर्छ । ठूला र सत्तासीन दलहरूको कारण देश बर्बादको स्थितिमा पुगेको हो भने फेरि ती नै राजनैतिक दल र नेताहरूलाई अन्धभक्त भिडले समाजलाई कस्तो भड्खालोमा पु¥याउने हुन् भन्ने चिन्ता र चासो सचेत नागरिकहरूले गर्न थालिसकेका छन् ।
निश्चित राजनैतिक सिद्धान्त र विचारले नै समाजलाई अघि बढाउँछ । हिजो एमाले, काङ्ग्रेसलाई अनवरतरूपमा सत्तामा पु¥याइरहनेहरूले आज काङ्ग्रेस र एमालेलाई ‘बेइमान’ राजनीतिक दल भन्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *