भर्खरै :

कम्युनिष्ट एकता होइन, सत्तालोलुप दुई पार्टीबीचको एकता

भक्तपुर, २२ असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले एमाले र माओवादी केन्द्रबीचको तालमेल र एकीकरणको निर्णय वामपन्थी र कम्युनिष्ट एकता नभई सत्तालोलुप दुई पार्टीबीचको एकताको रुपमा मात्र बुझ्नुपर्ने बताउनुभएको छ ।
आइतबार मजदुर दैनिकका संवाददातासित कुराकानीको क्रममा अध्यक्ष बिजुक्छेंले अहिलेसम्म सरकारमै रहेको पार्टी र पूँजीवादी  पटक–पटक विगतमै सरकारमा गएका पार्टीहरू वामपन्थी हुनै नसक्ने र सिद्धान्त र विचारको आधारले पनि ती वामपन्थी र कम्युनिष्ट पार्टी होइनन् भन्नुभयो ।  संसदीय परम्पराका अर्थमा बेलायतको संसदको सभामुखको दायाँतिर बस्ने सरकार पक्ष सांसदहरू दक्षिणपन्थी र सरकारको विपक्षमा बायाँ बस्ने सांसदहरू वामपन्थी हुने गर्छ भन्दै उहाँले सरकारमै रहेको माओवादी पार्टी वामपन्थी होइन भन्नुभयो ।
अध्यक्ष बिजुक्छेंले अगाडि भन्नुभयो, ‘एमालेलाई प्रतिपक्ष भनिए पनि संसदमा एमालेले प्रतिपक्षको भूमिका खेल्ने काम गरेन । सरकारको नीति निर्णयको समर्थनमै जाने, सरकारले ल्याएका विधेयकको विरोध नगर्ने, राजनीतिक नियुक्तिहरूमा भागवण्डा गर्ने र राष्ट्रिय अन्तर्राष्ट्रिय मामिलामै सरकारकै दृष्टिकोण बोक्ने पार्टी कसरी प्रतिपक्ष हुनसक्छ ? एमालेले प्रतिपक्षको भूमिका निभाउनै सकेको छैन । बरु संसदमा नेमकिपाले प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्दै देश र जनताको पक्षमा सङ्घर्ष गर्दै आएको छ । एमाले र माओवादी केन्द्रले आफूहरू मात्र मूलधारको र सच्चा कम्युनिष्ट पार्टी भनी दाबी गर्छन् यसलाई कसरी लिने ? भन्ने प्रश्नको जवाफमा अध्यक्ष बिजुक्छेंले भन्नुभयो – सरकारमा गएर निर्वाचन घोषणापत्रको प्रावधान लागू नगर्ने, बहुसङ्ख्यक कामदार वर्गको हितमा कुनै काम नगर्ने, शिक्षा र स्वास्थ्योपचार निःशुल्क गर्न नमान्ने, स्वयं कर निर्धारणको सिद्धान्त लागू गरी १ करोड करको ठाउँमा २–३ लाख तिरे पुग्ने गरी पूँजीपति वर्गलाई पोस्ने र कालो धनलाई सेतो बनाउन सहयोग गर्नेहरू कसरी कम्युनिष्ट र वामपन्थी हुनसक्छन् ?

‘एमालेलाई प्रतिपक्ष भनिए पनि संसदमा एमालेले प्रतिपक्षको भूमिका खेल्ने काम गरेन । सरकारको नीति निर्णयको समर्थनमै जाने, सरकारले ल्याएका विधेयकको विरोध नगर्ने, राजनीतिक नियुक्तिहरूमा भागवण्डा गर्ने र राष्ट्रिय अन्तर्राष्ट्रिय मामिलामै सरकारकै दृष्टिकोण बोक्ने पार्टी कसरी प्रतिपक्ष हुनसक्छ ? एमालेले प्रतिपक्षको भूमिका निभाउनै सकेको छैन । बरु संसदमा नेमकिपाले प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्दै देश र जनताको पक्षमा सङ्घर्ष गर्दै आएको छ ।

 
त्यस्तो भए कथित वामपन्थी गठबन्धन र वाम तालमेललाई कसरी बुझ्नुपर्ला भन्ने जिज्ञासामा अध्यक्ष बिजुक्छेंले भन्नुभयो – ‘सरल भाषामा भन्नुपर्दा यी गठबन्धन पूँजीवादी पार्टीहरूको चुनाव जित्ने र सरकारमा पुग्ने खेलमात्र हो । देश र जनताको हितमा कुनै काम हुने सम्भावना देखिन्न ।  यो गठबन्धन बनाउने पार्टी एकीकरणका निम्ति चीनको दबाबबाट भएको भन्ने प्रचारबाजी  सत्यमा आधारित नभएको भन्दै उहाँले भन्नुभयो, ‘चीनले कुनै छिमेकी देशको आन्तरिक मामिलामा हस्तक्षेप गरेको छैन र गर्दैन । यो प्रचारबाजी नेपालको आन्तरिक मामिलामा चीनलाई फसाउन खोजिएको हुनसक्छ तर चीन फस्ने छैन । एमाले र माओवादी केन्द्रको एकताले भारतीय शासकहरू झस्केको र ‘आश्चर्यचकित’ भएको समाचार पनि यथार्थ नभएको बताउँदै अध्यक्ष बिजुक्छेंले बाबुराम भट्टराईसमेत भएको वार्ता र एकताको निर्णयको पूर्वजानकारी भारतलाई नभएको मान्नै सकिंदैन । बरु भारतकै निर्देशनमा यो काम भएको हुनुपर्छ भन्नुभयो ।

‘तिनीहरूले पार्टी एकता र गठबन्धनको बारेमा आफ्नै पार्टीका नेता–कार्यकर्तासित छलफलै नगरेको र सनकको भरमा गरेको बताइएको छ । तिनीहरूको सोच विगतका राणा शासकहरूभन्दा भिन्न छैन । राणाहरू पुराना ढ·का लुगा लगाउँथे, बग्गीमा चढेर हिंड्थे भने अहिलेका नवसामन्तहरू नयाँ नयाँ लुगा लगाई विलासी कार र जीपमा गुड्छन् यत्तिमात्रै फरक हो ।’

 
एमाले र माओवादी एकता भारतले किन गराउला र यसरी कसरी भन्न सकिएला भन्ने जिज्ञासामा उहाँले भन्नुभयो – एकातिर वामपन्थी एकताको नाउँमा हँसिया, हथौडाको झण्डा बोकी पूँजीवादी सरकारमा गएकालाई मिलाएको छ भने अर्कोतिर वामपन्थी एकताको डर देखाएर दक्षिणपन्थी पार्टीहरूलाई पनि एकगठ बनाउन खोजिएको छ । कथित वामपन्थी एकता भारतको निर्देशनमा संविधान संशोधनमा दुईतिहाइ मत पु¥याउने प्रपञ्च हुनसक्छ । भारतले भनेजस्तो संविधान संशोधन पारित भएपछि नेपाल भारतको मातहत छ भनी विश्व समुदायमा सन्देश जाने हुन्छ । यसअघि प्रधानमन्त्री बन्दा प्रचण्डले नेपालको परराष्ट्र र रक्षा नीति भारतको सल्लाहमा नीति बनाउने सहमति गरेका थिए । नेपालमा हरेक सरकार बनाउन दिल्लीको भ्रमण गर्ने र सरकार बनाइसकेपछि पनि दिल्लीमै पहिलो भ्रमण गर्ने प्रचलन चलाइएको छ । वामपन्थी र लोकतन्त्रवादी एकताको नाउँमा भारतले आफूले चाहने बित्तिकै सिक्किमजस्तो बनाउन सक्ने वातावरण बनाउन खोजेको छ ।
भारतले पञ्चायतसित ३० वर्षमा पनि लिन नसकेको पञ्चेश्वर एवं महाकाली नदी र कर्णाली नदी गणतन्त्रवादी नेताहरूबाट प्राप्त गरेको बताउँदै उहाँले भारतले नेपालका सत्तालोलुप पार्टीहरूलाई पालैपालो सरकारमा पु¥याई भारतलाई आवश्यक एउटा एउटा कुरा प्राप्त गर्दै गएको र नेपाललाई नवउपनिवेशको स्थितिमा पु¥याएको स्पष्ट पार्नुभयो ।  नेपालका ठूला भनाउँदा शासक पार्टीका नेताहरू व्यवहारले लोकतन्त्रवादी र गणतन्त्रवादी नभई नवसामन्तहरू र निर्वाचित सम्मान्तवर्गका बाबुसाहेबहरू भएको उहाँले बताउनुभयो ।
‘तिनीहरूले पार्टी एकता र गठबन्धनको बारेमा आफ्नै पार्टीका नेता–कार्यकर्तासित छलफलै नगरेको र सनकको भरमा गरेको बताइएको छ । तिनीहरूको सोच विगतका राणा शासकहरूभन्दा भिन्न छैन । राणाहरू पुराना ढ·का लुगा लगाउँथे, बग्गीमा चढेर हिंड्थे भने अहिलेका नवसामन्तहरू नयाँ नयाँ लुगा लगाई विलासी कार र जीपमा गुड्छन् यत्तिमात्रै फरक हो ।’ अध्यक्ष बिजुक्छेंले भन्नुभयो ।  नेपालको कम्युनिष्ट आन्दोलनमा सच्चा कम्युनिष्टहरूको सैद्धान्तिक सङ्घर्षलाई कमजोर पार्न र देशभक्तिपूर्ण राजनीतिलाई निरुत्साहित पार्न शासक दलहरूले थ्रेसहोल्डको जाल बुनेको बताउँदै अध्यक्ष बिजुक्छेंले त्यो जाल धेरै समय न टिक्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *