राष्ट्रवादको गलत व्याख्या …. !?
- कार्तिक १२, २०८३
भक्तपुर, २७ वैशाख । नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा विश्व सर्वहारा वर्गका गुरु कार्ल माक्र्सको २०५ औँ जन्म दिवसको अवसरमा मजदुर भेला भयो ।
भेलामा नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालले काम गरिखाने बहुमत जनताको सेवामा जीवन समर्पित कार्ल माक्र्स आफ्नो दुःखमा कहिल्यै विचलित नहुनु भएको बताउनुभयो ।
कामदारवर्गको हितको लागि संसारलाई बदल्ने लागिपरेका कार्ल माक्र्सको योगदानको चर्चा गर्दै उहाँले भन्नुभयो, “जन्म दिवस मनाउनुको अर्थ उहाँको सिद्धान्त र व्यवहारबाट शिक्षा लिनु हो ।”
शासकहरूको अदूरदर्शिताको कारण देश आर्थिकरूपले कमजोर हुँदै गइरहेको स्पष्ट पार्दै उहाँले मेलम्ची योजनाको निर्माण कार्य कमजोर भएको हुँदा वर्षामा खानेपानी समस्या हुने बताउनुभयो ।
देशको राजधानी काठमाडौँ संसारकै वायु प्रदूषणको थलो भएकोमा चिन्ता व्यक्त गर्दै उहाँले देशमा भ्रष्टाचार पनि बढिरहेको बताउनुभयो ।
भुटानी शरणार्थी प्रकरणमा देशका शासक नेताहरू नै फसिरहेको उल्लेख गर्दै उहाँले सोको सत्यतथ्य छानबिन गरी कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।
पुँजीवादी व्यवस्थामा पुँजीपति वर्गको सेवा हुन्छ भने समाजवादी व्यवस्थामा बहुमत जनताको सेवा हुन्छ, उहाँले भन्नुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र चवालले कार्ल माक्र्स उन्नाइसौँ शताब्दी पुरूष हुन् भन्नुभयो ।
मानव समाजमा दुःखको कारण गरिबी र शोषण भएको उल्लेख गर्दै उहाँले मानव जातिको उत्थानको लागि पुँजीवादको चरम विकास, पतन र उत्थान भई साम्यवादी समाजको परिकल्पना माक्र्सले गर्नुभएको थियो भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष उपेन्द्र सुवालको सभापतित्वमा भएको सो भेलामा डकर्मी सङ्घ भक्तपुरका अध्यक्ष विष्णुराम दुमरू, सिकर्मी सङ्घ भक्तपुरका अध्यक्ष विक्रम ढुकुछु र रमेश दुमरूले पनि बोल्नुभएको थियो ।
Leave a Reply