भर्खरै :

“ख्वप अस्पतालले प्रदेशस्तरीय अस्पतालको सेवा दिँदै आएको छ”

“ख्वप अस्पतालले प्रदेशस्तरीय अस्पतालको सेवा दिँदै आएको छ”

भक्तपुर, २६ वैशाख । भक्तपुर नगरपालिका वडा.नं. ८ स्थित ख्वप टेलिभिजन भवन परिसरको बाटोमा ढुङ्गा छपाइ कार्य गर्नु उपभोक्ता समिति गठन भएको छ । उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप अस्पतालले प्रदेशस्तरीय अस्पतालको सेवा दिँदै आएको बताउनुभयो ।
“ख्वप अस्पतालमा दैनिक ७००–८०० जना बिरामीहरूको उपचार हुन्छ । हाडजोर्नीको विशेषज्ञ सेवा सुरु भइसकेको छ । ख्वप अस्पताल १०० शय्या भएको प्रदेशस्तरीय सेवा दिने अस्पताल हो ।” नगर प्रमुख सुनिल प्रजापतिले भन्नुभयो ।
शिक्षा, स्वास्थ्य, कला र संस्कृति संरक्षण र पुनः निर्माणमा भक्तपुर नगरले गरेको प्रगतिसँगै प्रत्यक्षरूपमा धेरै नगरवासीको आम्दानी पनि बढ्दै गएको नगर प्रमुख सुनिल प्रजापतिले बताउनुभयो । “ शुक्रबार र शनिबार दरबार स्क्वायर, टौमढीलगायतका ठाउँमा आन्तरिक र बाह्य पर्यटकको घुइँचो लाग्छ । ख्वप इन्जिनियरिङ कलेजमा पढ्ने ७ हजार विद्यार्थीमा ५ हजार विद्यार्थी भक्तपुर बाहिरका छन् । ती विद्यार्थीले पनि नगरवासीकै घरमा डेरा बस्छन् । नगरवासीकै पसलहरूमा आवश्यक सामग्री किन्छन् ।” प्रमुख सुनिल प्रजापतिले भन्नुभयो ।
भक्तपुर नगरपालिका ८ वडाका वडा अध्यक्ष कृष्णप्रसाद कोजूले वडाको खानेपानी समस्या समाधान गर्न मेलम्चीको पानी ल्याउन बाराही स्थानबाट जगातीसम्म पाइप बिछ्याउने काम सम्पन्न भइसकेकोे बताउनुभयो ।
टोलवासीको भेलाबाट सत्यप्रसाद प्रजापतिको अध्यक्षतामा ७ सदस्यीय उपभोक्ता समिति र राम प्रजापतिको संयोजकत्वमा ५ सदस्यीय अनुगमन तथा निरीक्षण समिति गठन गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *