भर्खरै :

शक्तिशाली व्यक्तित्वमा देखिने महारोग : नार्सिसिज्म्

शक्तिशाली व्यक्तित्वमा देखिने महारोग : नार्सिसिज्म्

“म नै राज्य हुँ” भन्ने उद्धरण फ्रान्सका राजा लुइस चौधौँको हो । यो उद्धरणले लुइस चौधौँ आफूलाई फ्रान्सेली राज्यको अवतार ठान्थे भने प्रस्ट हुन्छ । हिटलर आत्म–महत्व, अत्यधिक प्रशंसा मन पराउने र एक भव्य आत्म–छवि भएको मान्छे थिए । उसले आफूलाई सधँै केन्द्रमा राख्थे । उनमा आफ्नै श्रेष्ठतामा गहिरो विश्वास थियो र उनी शक्ति प्राप्त गर्न जे पनि गर्थे । भारतको अहिलेको प्रधानमन्त्री नरेन्द्र मोदी आफूले आफैलाई ‘मोदी है तो मुमकिन है ।’ भन्दै हरेक समस्याको समाधान आफू रहेको दाबी गर्छन् । आफू ‘लक्षण’को मानिस भएकोे कारण सबै भारतीयहरू भाग्यशाली भएको मोदीको दाबी छ । आफूमा बढेको आत्मकेन्द्रित, अरूप्रति समानुभूतिको कमी र आलोचकहरूलाई प्रहार गर्ने प्रवृतिको लागि ट्रम्प कुख्यात छ । यी माथि उल्लेखित नामका व्यक्तिहरूलाई नार्सिसिस्ट भन्ने गरिन्छ । यसरी आफ्नो क्षमता र उपलब्धिहरूको महत्वको अतिशयोक्ति सोच, प्रशंसाको भोको र अरूको लागि समानुभूति नराख्ने व्यक्तिलाई अङ्ग्रेजीमा ९ल्बचअष्ककष्कत० नार्सिसिस्ट भन्ने गरिन्छ । नेपालीमा ‘आत्मस्तुति व्यक्तित्व’ भन्न सकिन्छ ।
नार्सिसिस्ट शव्दको उत्पति
नार्सिसस सुन्दर जवान थिए जो आफ्नो असाधारण शारीरिक आकर्षणको लागि परिचित थिए । उनी यति सुन्दर थिए, धेरै पुरुष र महिला दुवै उनीसँग प्रेममा पर्थे तर उनले ती सबैलाई अस्वीकार गर्थे । एक दिन जङ्गलमा घुम्दैगर्दा नार्सिसस पानीको पोखरीमा आइपुगे र त्यसमा आफ्नो प्रतिविम्ब देखे । उनी आफ्नै सौन्दर्यले यति मन्त्रमुग्ध भएका थिए कि उनी आफ्नै प्रतिविम्बको प्रेममा मोहित भए । उनले पोखरीमा आफैलाई हेर्दै घण्टांै बिताउने गर्दथ्यो । मिथककाअनुसार नार्सिसस आफ्नै प्रतिविम्बमा यति स्थिर थिए कि आफैप्रतिको उनको प्रेमको कारणले गर्दा उनी अन्ततः पोखरीको छेउमै मरेका थिए । देवताहरूले उनीमाथि दया देखाएर उनलाई फूलमा परिणत गरे, जुन उनको नाममा राखिएको थियो – नार्सिसस । यहीँबाट ‘नार्सिसिस्ट’ शब्दको उत्पति भएको हो ।
नार्सिसिज्म हल्कादेखि गम्भीरसम्म हुन सक्छ । नार्सिसिज्मले व्यक्तित्वलाई नकारात्मक असर पार्न सक्छ । नार्सिसिज्मले अरूसँगको सम्बन्धमा नकारात्मक प्रभाव पार्छ । समानुभूतिको कमी महत्वपूर्ण कारक हो जसले मानिसलाई नार्सिसिस्ट बनाउँछ । नार्सिसिस्ट लक्षण भएका व्यक्तिहरूमा प्रायः अरूसँग समानुभूति गर्ने क्षमता कम हुन्छ । नार्सिसिस्ट व्यक्तिहरूलाई अक्सर स्वस्थ सम्बन्ध बनाउन र त्यसलाई कायम राख्न कठिन हुन्छ । तिनीहरू अरूसँग भावनात्मक रूपमा जोडिन गा¥हो हुन्छ । प्रशंसाको भोको हुँदा अरू मानिसहरूलाई टाढा धकेल्न सक्छ । तीव्र असुरक्षाले पनि नार्सिसिस्ट हुने गर्छ । बाहिरी आत्मविश्वासले भरिए पनि नार्सिसिस्ट लक्षण भएका व्यक्तिहरू सा¥है असुरक्षित महसुस गर्छन् । अत्यधिक प्रतिस्पर्धाको भावना पनि नार्सिसिस्ट हुनुको कारण हो । नार्सिसिस्ट व्यक्तिहरू अत्यधिक प्रतिस्पर्धी भावना हुने हुँदा अरूको सफलताबाट खतरा महसुस गर्छन् । आत्म–जागरूकताको कमीलाई नार्सिसिस्ट हुनुको कारण मान्न सकिन्छ । नार्सिसिस्ट लक्षण भएका व्यक्तिहरूलाई आफ्नै त्रुटि वा गल्तीहरू थाहा हुँदैन । कुनै पनि समस्या वा असफलताको लागि अरूलाई दोष दिन हतार गर्छन् ।
नार्सिसिस्ट सोच किन जन्मिन्छ ?
केही सामान्य अवस्थाहरू नार्सिसिस्ट भावनाहरू उजागर हुन्छ । नार्सिसिस्टहरूले अरूबाट धम्की महसुस गर्न सक्छन् जसलाई उनीहरूले प्रतिस्पर्धाको रूपमा बुझ्छन्, चाहे त्यो कार्यस्थलमा होस्, सामाजिक परिस्थितिहरूमा वा व्यक्तिगत सम्बन्धहरूमा । यसले प्रभुत्व कायम गर्न र अरूमाथि श्रेष्ठता प्रमाणित गर्न आवश्यक हुन जान्छ । नार्सिसिस्टहरू आलोचना वा प्रतिक्रियाप्रति अतिसंवेदनशील हुन्छन् तिनीहरूले क्रोधको साथ प्रतिक्रिया दिन्छन् । आफू योग्य छु भनी अरूलाई विश्वास दिलाउन सकेन भने नार्सिसिस्ट चिन्तित वा उत्तेजित हुन्छन् ।
नार्सिसिस्ट स्वभाव समाधान गर्न गा¥हो छ । यसले प्रायः व्यक्तिलाई उनीहरूको व्यवहार र अरूमा यसको प्रभावको पहिचान गर्न र स्वीकार गर्न गा¥हो हुने हुँदा नार्सिसिस्ट व्यवहारको समाधान चुनौतीपूर्ण छ । तर, अरूलाई बुझ्न र सहानुभूति देखाउन नार्सिसिस्टलाई प्रोत्साहित गर्दा यो समस्या न्यून हुनसक्छ । नार्सिसिस्टलाई अरूको भावनाहरू विचार गर्न र अरूको दृष्टिकोणबाट हेर्न प्रोत्साहित गर्नुपर्छ ।

नार्सिसिस्टहरूसँग उच्चस्तरको आत्मविश्वास हुन्छ जसले उनीहरूलाई प्रभावकारी नेता, वक्ता र कलाकारहरू बनाउन सक्छ । नार्सिसिस्टहरू प्रायः अत्यधिक दृढ हुन्छन् र आफ्नो लागि बोल्न डराउँदैनन्, जुन निश्चित परिस्थितिहरूमा उपयोगी हुन सक्छ । नार्सिसिस्ट आकर्षक र प्रभावशाली हुने हुँदा तिनीहरूको सर्वसाधारण जनतामा राम्रो छाप पर्छ । नार्सिसिस्टहरूसँग सफल हुन र आफ्नो लक्ष्यहरू प्राप्त गर्ने बलियो महत्वकाङ्क्षा हुँदा उच्चस्तरको उपलब्धि हासिल गर्न सजिलो हुन्छ । नार्सिसिस्टहरूसँग तनाव र प्रतिकूलताको लागि उच्च सहिष्णुता हुने हुँदा तिनीहरूलाई असफलता र चुनौतीसँग सामना गर्न मद्दत पनि गर्छ ।

यदि नार्सिसिस्ट व्यक्तिको व्यवहारले तपाईंलाई नकारात्मक रूपमा असर गरिरहेको छ भने स्पष्ट रूपमा आफ्ना विचार पोख्नुपर्छ । यसले व्यक्तिसँगको तपाईंको अन्तरक्रिया सीमित गर्न वा सम्बन्धलाई पूर्णरूपमा समाप्त हुनबाट बचाउँछ । यदि व्यक्तिको व्यवहारले महत्वपूर्ण समस्या वा कमजोरी निम्त्याउँदैछ भने उनीहरूले थेरापी वा परामर्शजस्ता पद्दतिबाट लाभ उठाउन सक्छन् । मानसिक स्वास्थ्य चिकित्सकले तिनीहरूलाई उनीहरूको व्यवहार बुझ्न र यसलाई व्यवस्थापन गर्न रणनीतिहरू विकास गर्न मद्दत गर्न सक्छ ।
नार्सिसिज्मको अवधारणामा टिप्पणी गर्ने धेरै उल्लेखनीय व्यक्तित्वहरूमध्ये सिग्मन्ड फ्रायड एक हुन् । उनकाअनुसार मानिसको विकासात्मक चरणमा व्यक्तिको ध्यान पूर्णतया आफू र आफ्नै आवश्यकतामा केन्द्रित हुन्छ त्यो नार्सिसिस्ट हुन् । उनले यसलाई विकासको सामान्य चरणको रूपमा हेरे तर यो वयस्क हुँदा पनि जारी रह्यो भने यो समस्याग्रस्त हुन सक्छ भनेर उल्लेख गरे । एरिक फ्रोमअनुसार आधुनिक समाजले नार्सिसिज्मलाई प्रोत्साहन दिन्छ र चरम नार्सिसिस्ट प्रवृत्ति देखाउने व्यक्तिहरू प्रायः असुरक्षित र दुखी हुन्छन् ।
विशेषगरी राजा, राष्ट्रपति र प्रधानमन्त्रीजस्ता उच्च–पदमा आसिन राजनीतिज्ञहरूमा नार्सिसिस्ट लक्षणहरू धेरै सामान्य हुन्छन् । धेरै राजनीतिज्ञहरू शक्ति र नियन्त्रणको इच्छाद्वारा सञ्चालित हुन्छन्, जसलाई नार्सिसिस्ट प्रवृत्तिसँग जोड्न सकिन्छ । शक्तिशाली बन्ने राजनीतिज्ञहरूले आफू अजेय र कानुनभन्दा माथि छन् भन्ने विश्वास गर्न थाल्छन् । यसले आत्म–महत्वले फुलिएको सोच र अरूको विचारलाई बेवास्ता गर्छ । प्रायः मिडिया प्रचार र सार्वजनिक प्रशंसाहरू खोज्दै नार्सिसिस्ट राजनीतिज्ञहरू आफ्ना समर्थकहरूबाट प्रशंसा र आराधनाको लालसा गर्छन् ।
यद्यपि, सबै राजनीतिज्ञहरूले नार्सिसिस्ट लक्षणहरू प्रदर्शन गर्छ भन्ने छैन, अर्कोतिर नेतृत्वको भूमिकामा आत्मविश्वासको एक निश्चित स्तर समग्र समाजको लागि लाभदायक हुन सक्छ ।

त्यसैले सबै आत्मविश्वास वा आत्म–पदोन्नति नार्सिसिज्मको सूचक भने होइन । आत्मविश्वास र स्वस्थ आत्मसम्मानको मात्रा हुनुका केही फाइदाहरू छन् । त्यसैले नार्सिसिस्ट हुनु पनि केही अवस्थाको लागि राम्रो छ । नार्सिसिस्टहरूसँग उच्चस्तरको आत्मविश्वास हुन्छ जसले उनीहरूलाई प्रभावकारी नेता, वक्ता र कलाकारहरू बनाउन सक्छ । नार्सिसिस्टहरू प्रायः अत्यधिक दृढ हुन्छन् र आफ्नो लागि बोल्न डराउँदैनन्, जुन निश्चित परिस्थितिहरूमा उपयोगी हुन सक्छ । नार्सिसिस्ट आकर्षक र प्रभावशाली हुने हुँदा तिनीहरूको सर्वसाधारण जनतामा राम्रो छाप पर्छ । नार्सिसिस्टहरूसँग सफल हुन र आफ्नो लक्ष्यहरू प्राप्त गर्ने बलियो महत्वकाङ्क्षा हुँदा उच्चस्तरको उपलब्धि हासिल गर्न सजिलो हुन्छ । नार्सिसिस्टहरूसँग तनाव र प्रतिकूलताको लागि उच्च सहिष्णुता हुने हुँदा तिनीहरूलाई असफलता र चुनौतीसँग सामना गर्न मद्दत पनि गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *