भर्खरै :

सरकारी गाडीमा नोटका बोरा ओसारपसार

सरकारी गाडीमा नोटका बोरा ओसारपसार

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खोज्ने गिरोहले गृह मन्त्रालयकै गाडीमा पैसा ओसारपसार गरेको अनुसन्धानमा भेटिएको छ । त्यसरी दुरूपयोग गरिएको गृहको बा.१ झ १५८१ नम्बरको सरकारी गाडी प्रहरीले बरामद गरेको छ । सो गाडी गृह मन्त्रालयअन्तर्गतको नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँको भएको खुलेको छ । मियाँको समेत गिरोहसँग निकटता देखिएको छ, उनी प्रहरीको सम्पर्कमा आएका छैनन् । ‘बोरामा राखेर पैसा ओसारपसार पनि यसैमा भएको पक्राउ परेका अभियुक्तले बताए ।
भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरी हिरासतमै रहेका गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डेले बिचौलियाहरूसँग पूर्वगृहमन्त्री बालकृष्ण खाणको आर्थिक लेनदेन भएको स्वीकार गरेका छन् । सुरुमा इन्कारी बयान दिएका उनले ततिम्बा बयानमा भने आर्थिक लेनदेन भएको, तर त्यो आफ्नो लागि नभई तत्कालीन मन्त्री खाणलगायतका लागि भएको दाबी गरेका छन् । अहिलेसम्मको अनुसन्धानमा मन्त्री खाणले एक करोड २४ लाख ५० हजार लिएको खुलेको छ । पक्राउ परेका बिचौलिया सानु भण्डारीले बयानमा सो कुरा बताएकोमा सचिव पाण्डेले पनि त्यसलाई पुष्टि हुने गरी बयान दिएका छन् । (नयाँ पत्रिका, २०८० जेठ २)
नेपालमा भ्रष्टाचारको आरोप लागेका व्यक्तिहरूलाई अमेरिकामा सार्वजनिकरूपमा बहिष्कार गरिने भएको छ । प्रवासी नेपाली एकता मञ्च नेपालले न्युयोर्कमा पत्रकार सम्मेलन गरी यस्तो अभियानको घोषणा गरेको हो ।
यो अभियानमा ऐक्यबद्धता जनाउने क्रम जारी रहेको भन्दै छिट्टै यसले मूर्तरूप लिने पनि मञ्चले विश्वास गरेको जनाएको छ । (नयाँपत्रिका, २०८० जेठ २)
२०७४ चैत २६ देखि २०७६ माघ २० सम्म गृहसचिव रहेका प्रेमकुमार राई हाल अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त छन् । शरणार्थी गिरोहको उत्पत्ति र यो सञ्जाल सक्रिय रहन थालेकै बेला गृह मन्त्रालयको प्रमुख प्रशासकीय जिम्मेवारीमा रहेका राईले ‘त्यसबेलै नक्कली शरणार्थीको नाममा रकम उठाउन थालिएको हल्ला सुनेर आफूले तत्काल सोधखोज र सम्बद्ध व्यक्तिसँग सोधपुछ’ गरेको बताएका छन् । (वैशाख ३१, २०८० कान्तिपुर)
नक्कली भुटानी शरणार्थी प्रकरणबारे अनुसन्धान चलिरहँदा प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच भेटघाटलाई लिएर संसद्मा प्रश्न उठेको छ । विभिन्न पार्टीका सांसदले सो भेटघाटलाई शङ्काको आँखाले हेर्दै प्रश्न उठाएका छन् । (राजधानी, २०८० जेठ २)
ललिता निवासको सरकारी जग्गा खाएका भ्रष्टाचारीहरू
२०४६ सालको परिवर्तनपछि राजनीतिको आडमा भ्रष्टाचार मौलाएको विभिन्न तथ्यले प्रमाणित गर्छ । धमिजा, लाउडा, पजेरो, चेज एयर, सुरासुन्दरी, थाइल्यान्ड र रातो पासपोर्ट काण्ड यो समयमा नै भए । सामान्य जीवनयापन गर्ने शासक दलका अधिकांश नेता आलिसन महल, महँगा गाडीमा सवार हुन थाले । नेतामा नै जीवनयापनको शैलीमा प्रतिस्पर्धा छ ।
नेपाली काङ्ग्रेसका पूर्वउपसभापति हुन्, विजयकुमार गच्छदार । २०४६ सालको परिवर्तनपछि गच्छदार पटक–पटक मन्त्री भए । उनी भ्रष्टाचारका मुद्दा लाग्ने उच्च पदका नेता हुन् । बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा गच्छदारविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । भौतिक योजनामन्त्री भएको बेला ललिता निवासको १ सय ३६ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराएको आरोप उनलाई छ ।
२०७६ माघ २२ मा ९ करोड ६५ लाख बिगो दाबीसहित अख्तियारले गच्छदारसहित १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा हालेको छ । त्यो मुद्दा विशेष अदालतमा चलिरहेको छ । लामो समय फरार भनिएका गच्छदार २०७८ असार २९ गते शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि असार ३० गते विशेष अदालतमा उपस्थित भएर १० लाख धरौटीमा छुटेका छन् । (अन्नपूर्ण पोष्ट, २०८० जेठ २)

Leave a Reply

Your email address will not be published. Required fields are marked *