भक्तपुरमा ग्यास अभाव कायमै सिलिन्डर खोज्दै उपभोक्ता
- कार्तिक २०, २०८३
काठमाडौं, २३ असोज । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरद कुमार गौचनको दिनदहाडै गोली हानेर हत्या भएको छ । राजधानीको व्यस्त बानेश्वरको खरिबोटमा सोमबार गौचनको हत्या भएको हो ।
गोली लागेर घाइते गौचनको उपचारको व्रmममा सिभिल अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ ।
बा १३ ४९४८ नम्बरको प्राडो गाडी चढेर शान्तिनगरस्थित आफनो निवासबाट अनामनगरस्थित महासंघ कार्यालय आउने व्रmममा गौचनमाथि बानेश्वरको प्रयाग मार्ग नजिकै गोली हानिएको थियो । गोली चलाउने समूहले पहिले चालकको अगाडि तर्फको शिशामा ढु·ा प्रहार गरेको र गाडी रोकिएपछि दुई गोली प्रहार भएको थियो । गाडीको शिशा छेडेर गौचनको पेटमा गोली लागेको थियो ।
गौचनको घर र घटनास्थल करिब ५१ मिटरको दुरीमा छ ।
राजधानीको व्यस्त क्षेत्रमा दिनदहाडै गोली प्रहार गरी हत्या भएपछि बानेश्वर क्षेत्र आतंकित बनेको छ । सिभिल अस्पताल परिसरमा गौचनका आफन्त, घरका सदस्य र निर्माण व्यवसायीहरू भेला भएर सरकारविरूद्ध प्रदर्शन गरेका थिए । उनीहरूले अस्पताल अगाडिको सडकमै बसेर गृहमन्त्रीविरूद्ध नाराबाजी गरेका थिए । उनीहरूको कारण बानेश्वर तीनकुने सडक अवरूद्ध भएको थियो । प्रहरीले गौचनको हत्या आशङ्कामा तीन जनालाई पेस्तोलसहित पव्रmाउ समेत गरेको छ । पव्रmाउ पर्नेहरूमा काभ्रेको रोशी नगरपालिका ४ का छिरिङ तामाङ, सञ्जय तामाङ र दिलीप लामा रहेका छन् । उनीहरू गौचनको हत्यामा संलग्न भएरनभएकोबारे एकीन नभएको र घटनाबारे गहन अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Leave a Reply