भक्तपुरको ख्वप अस्पतालबाट सिक्नुपर्ने पाठ
- कार्तिक १८, २०८३
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भने, प्रकरणमा संलग्न ‘जोकोहीमाथि अनुसन्धान’ हुने पटकपटक दोहो¥याइसकेका छन् भने प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन कुनै दबाबको आधारमा प्रभावित नहुने बताइसकेका छन् । तर, गृह मन्त्रालयमा छोरा र सल्लाहकारको नाममा गिरोह चलाउने रामबहादुर थापा बादलमाथि अनुसन्धान नै नहुनुले सरकारको प्रतिबद्धतामा आशङ्का थपेको छ । (कान्तिपुर, २०८०।०२।०४)
पुल्चोकस्थित मन्त्री क्वार्टरमा बोलाएर समेत पैसा लिएको सानु भण्डारीले खुलाएका छन् । तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापा र बादल पत्नी नैनकला लगायतलाई रकम दिएको उनले भनेका छन् । ‘प्रतीकलाई एक करोड रूपैयाँ दिएको हो, मन्त्री क्वार्टरमा जाँदा मेडमलाई पनि बुझाएको थिएँ’, भण्डारीले भनेका छन् । (अनलाइन खबर, २०८०।०२।०४)
टोपबहादुरका छिमेकीसमेत रहेका भण्डारी नेपाल स्याटलाइट टेलिकम कम्पनीमा काम गरिरहेका थिए । ‘मसँग अलिअलि पैसा पनि थियो, के गर्ने भन्ने सोचिसकेको थिइनँ’, भण्डारीले प्रहरीसँग बयान दिँदै भनेका छन्, “त्यहीबेला टोपबहादुर मामाले एउटा काम छ भन्दै तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार राईसँग चिनजान गराइदिनुभएको थियो ।”
यसपालिको प्रसङ्ग भने नक्कली भुटानी शरणार्थी प्रकरण नै हो । यो प्रकरणमा समातिएका पूर्वमन्त्रीहरूलाई प्रहरीले विशिष्ट सम्मान दिइरहेको छ । अरूलाई भने फरक व्यवहार छ । उही प्रकरणमा समातिएका ११ जनाको हातमा प्रहरीले हत्कडी लगाउँछ । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्रीलाई भने फुक्काफाल नै हिँडाइरहेको छ । प्रहरी कार्यालयदेखि अदालतको यात्रामा उनीहरू विजयी भावभङ्गीमा हात हल्लाउँदै अभिवादन गर्छन् । (अन्नपूर्ण, २०८०।०२।०४)
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले शरणार्थीको नाममा ठगी धन्दामा संलग्न अभियुक्तविरूद्ध राज्यविरूद्धको अपराधमा पनि मुद्दा चलाउने गरी तयारी गर्न प्रहरीलाई निर्देशन दिएको छ । मुलुकी अपराधसंहिता, २०७४ को भाग २ परिच्छेद १ को दफा ५१ प्रतिकूल हुने गतिविधिमा संलग्न रहेकाले उनीहरूविरूद्ध राज्यविरूद्धको अपराधमा पनि मुद्दा चल्ने सरकारी वकिल कार्यालयको निष्कर्ष छ । प्रहरीले अहिले सङ्गठित अपराध र ठगी कसुरअन्तर्गत म्याद थप गरी उनीहरूमाथि अनुसन्धान अघि बढाइरहेको छ ।
सरकारी गाडीमा गिरोहको राज !
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान क्रममा प्रहरीले नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई पक्राउ गरेको छ । बिहीबार मियाँलाई काठमाडौँबाट पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरी स्रोतले बताएको छ । नक्कली भुटानी प्रकरणमा सरकारी गाडी प्रयोग भएको खुलेको थियो । गृहमन्त्रालयअन्तर्गत हज समितिको उक्त गाडी पीडितलाई अन्तर्वार्ता लिने नाममा प्रयोगमा ल्याइएको थियो । प्रकरणमा संलग्न गिरोहले सो अन्तर्वार्ता गृहमन्त्रालयले लिएको देखाउन सरकारी नम्बर प्लेटकै गाडी प्रयोग गरेको पाइएको हो । उक्त गाडी मियाँले नै गिरोहलाई उपलब्ध गराएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
(नागरिक, २०८०।०२।०४)
बिहीबार नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाले एकै मञ्चबाट खाणलाई निलम्बन गर्नुपर्ने बताए । कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरूलाई कुनै बहानामा चोख्याउने काम गर्न नहुने भन्दै खाणलाई निलम्बन गर्नुपर्नेतर्फ सङ्केत गरे । ‘यस्तो लज्जास्पद र राष्ट्रघाती कामले मुलुकको सार्वभौमिकतामाथि नै प्रहार गरेको छ । यसलाई कुनै पनि बहानामा हामीले ढाकछोप गरेर जानुहुँदैन । ढाकछोप गरेर जान खोज्यौँ भने काङ्ग्रेसमा अप्ठ्यारो अवस्था आउँछ । देशकै अवस्था पनि नाजुक हुन्छ । यो मुद्दा अब नेपालभित्र मात्रै सीमित छैन, अन्तर्राष्ट्रियकरण भइसकेको छ । जुनसुकै दल वा जुन तहका व्यक्ति भए पनि कानुनबमोजिम कारबाही हुनैपर्छ’, कोइरालाको भनाइ थियो । (नयाँ पत्रिका, २०८०।०२।०४)
Leave a Reply