भर्खरै :

भ्रष्टाचारीहरू दण्डित हुनुपर्छ

  • जेष्ठ ९, २०८०
  • तुल्सीनारायण लाखेमरु
  • विचार
भ्रष्टाचारीहरू दण्डित हुनुपर्छ

देशको गौरव बढाउने हो भने भ्रष्टाचारीहरू दण्डनीय हुनुपर्छ । भ्रष्टाचारीहरू कारबाहीमा पर्नुपर्छ । यो समयको माग हो । स्वच्छ नेता, स्वच्छ समाज बनेमात्र सुन्दर देश बन्छ । यो नेपाली जनताको चाहना हो । स्वार्थीहरूको समाज बदल्नुपर्छ । पुँजीवादी समाज अन्त्य गर्नुपर्छ । बिर्ताजस्तै आफ्नै परिवारको हातानाताले राज चलाउने नियत अन्त्य हुनुपर्छ । जसको सिङ छैन उसको नाम तीखे ! जघन्य अपराध कहिलेसम्म चल्ने हो ? शासकहरूले देश कङ्गाल बनाउने काम गरिरहेका छन् । नेपालीलाई भुटानी शरणार्थी बनाउने कहाँको नियम हो ? कुन देशको नियम हो ? देश र जनतालाई बर्बाद गर्नेलाई मृत्युदण्डको सजाय दिने कानुन बनाउनुपर्छ । शासक वर्गले त्यस्तो कानुन यथाशीघ्र बनाउनु आजको आवश्यकता हो । देशको छवि बिगार्नेलाई कालोमासो दलेर देशद्रोहीको मुद्दा चलाउनुपर्छ । अपराधीले विदेशीसामु शिर झुक्ने काम ठीक होइन । यस्तै हुँदै जाने हो भने श्रीलङ्कामा जस्तै घर घरमा खानतलासी गर्दै जनकारबाही गर्ने दिन धेरै कुर्नु पर्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *