भर्खरै :

संयुक्त सदनमा नक्कली भुटानी शरणार्थीहरूको छलफल हुनु जरूरी

संयुक्त सदनमा नक्कली भुटानी शरणार्थीहरूको छलफल हुनु जरूरी

काठमाडौँ, १० जेठ । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बुधबार बानेश्वरमा बस्यो । बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले १५ मिनेट अगाडि पेश भएको संयुक्त संसद् बैठकको नियमावली तत्कालै सैद्धान्तिक छलफल हुने कस्तो प्रजातन्त्र भनी प्रश्न गर्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम र बजेट पेश हुने तर छलफल अलगअलग हुने नियमावलीको व्यवस्था समयको बर्बादी मात्र हो, प्रजातन्त्र नामको बगैँचामा अलगअलग बास्नाको हुनु जरुरी छ । एउटै बासनाको फूलले पुग्दैन ।”
सांसद सुवालले प्रश्न गर्नुभयो, “संयुक्त संसद्को नियमावलीअनुसार सुनुवाइ समिति र संयुक्त समितिमा संसद् सदस्य सङ्ख्या धेरै भएका दुई ठूला दलको भागबन्डा धेरै हुने भए अन्य पार्टीले संयुक्त संसद्को नियमावली किन पारित गर्ने ? यी दुवै समितिमा कम्तीमा एक राजनीतिक दलको एक प्रतिनिधि सदस्य हुने स्पष्ट व्यवस्था हुनु आवश्यक छ ।”
संयुक्त संसद्को बैठकमा कुन कुन प्रमको पालामा के कति भ्रष्टाचार भयो, नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर क–कसले बेचे, यी विषयमा पनि छलफल हुनु जरूरी छ, सांसद सुवालले स्पष्टसँग राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *