स्थानीय पाठ्यक्रम अध्यापनको लागि शिक्षकको व्यवस्था कहिले ?
- असार ९, २०८३
जनताको घर आँगन पुगेर टोल, गाउँ र बस्ती बस्तीबिच पुगेर आर्थिक कारोबार भएका परिचित संस्थाहरू सहकारी संस्था नै हुन् । स्थानीय युवाहरूको नेतृत्वमा स्थानीय जनतासँग आर्थिक कारोबार या बचत गर्ने र बचत रकम परिचालन हुने भएकोले समुदायमा आधारित सहकारी संस्थाप्रति जनताको विश्वास बढेको हो, टोल–टोल र वडा–वडामा सहकारी संस्था खोल्न थालेको हो । हरेक घर–घर जसो पुगेको सहकारी संस्थाको यही लोकप्रियताले गर्दा नै कतिपय सहकारी संस्थाका सञ्चालकहरूले आ–आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न ब्याजको प्रलोभन देखाएर जनताको विश्वास जित्ने काम गर्न थाले । सहकारी संस्थाले राम्रै काम गरिरहेको ठानेर स्थानीय जनताले बाहिरी जिल्लाका सञ्चालकहरूले धोका देलान्, पैसा लिएर भाग्लान् भन्ने सोचेनन् । तर, अरु सहकारीले भन्दा बढी ब्याज दिएर निक्षेप सङ्कलन सुरु गरेको शिव शिखर सहकारीले धोका दियो र निक्षेप रकम लिएर सञ्चालकहरू भागे । त्यस सहकारीका सदस्यहरू बिचल्लीमा परे । आ–आफ्नो पैसा फिर्ता लिन कार्यालय धाए, कारबाही गर्न र गराउन पीडितहरू उजुरी गर्न गए । तर, पीडितहरूको पैसा उठेको छैन । शिव शिखर सहकारीले एक लाख निक्षेपकर्ताको रु. १४ अर्ब हिनामिना गरेको समाचार सञ्चारमाध्यममा आयो । भक्तपुरको कौशलटारमा केन्द्रीय कार्यालय सञ्चालन गर्दै आएको सो सहकारी संस्थाले १४ अर्ब रकम हिनामिना गरेको प्रहरीको आकलन छ ।
सहकारीले आफ्नो पैसा फिर्ता नदिएपछि महाराजगञ्जस्थित केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को कार्यालयमा उजुरी गर्नेको सङ्ख्या बढिरहेको छ । भक्तपुरको कमलविनायक र सल्लाघारीमा पनि सो सेवा केन्द्रको कार्यालय सञ्चालनमा थियो । शिव शिखर सहकारीले बचतकर्तालाई धोका दिएर या ठगी गरेर सञ्चालकहरू भागेकै कारण अन्य सहकारीमा आबद्ध सदस्यहरू पनि झस्के । कतिले आ–आफ्नो पैसा झिकेर घरमा राख्न थाले । गलत नियत र स्वार्थ पूरा गर्न खोलेको संस्थाको कारण अन्य इमानदारीपूर्वक खोलेका सहकारी संस्थाहरूमा पनि नराम्रो असर प¥यो ।
शिव शिखर सहकारीको कार्यालयको काठमाडौँको न्युरोड, कीर्तिपुर, बाँसबारी र बागबजार तथा ललितपुरमा मङ्गलबार र ठैबमा पनि शाखा कार्यालय खोलेका छन् । यसरी नै चितवन, बाँके, कैलाली, डडेलधुरा, दाङ, मकवानपुर, सुर्खेत, बाग्लुङ, कञ्चनपुर, रुपन्देही र डोटीका विभिन्न स्थानहरूमा पनि यस संस्थाका शाखा कार्यालयहरू खोलेका छन् । ठग्ने नियतले खोलेका यस्ता संस्थाहरूबाट जनताले शिक्षा लिनुपर्छ र अपरिचित व्यक्तिहरूले खोलेको संस्थामा कसैको लहैलहैमा या अन्ध समर्थन गरेर बचत गर्नु, ब्याजको लोभमा पर्नु हुँदैन । यसबारे बचतकर्ताहरू सचेत हुनुपर्छ ।
Leave a Reply