इरानका सर्त पूरा नभएसम्म हर्मुज जलडमरु नखुल्ने
- कार्तिक १९, २०८३
भक्तपुर, १५ जेठ । कानुन अध्ययन समाज नेपाल भक्तपुर जिल्ला समितिको आयोजनामा गणतन्त्र दिवसको दिन सोमबार सहकारी नीति, नियम, कार्यान्वयन, ऋण लगानी तथा असुलीबारे कानुनी प्रशिक्षणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
सहकारी संस्थाहरूमा हाल व्याप्त कर्जा असुलीमा आएको समस्यालाई मध्यनजर गरी बचतकर्ताको रकम सुरक्षित गर्ने दायित्व भएका सहकारीकर्मीहरूले ख्याल गर्नुपर्ने कानुनी प्रावधानबारे तिनीहरूलाई जानकारी प्रशिक्षित गर्न आवश्यक विषयवस्तु पहिचान गर्न कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.का अध्यक्ष कृष्णगोविन्द लाखाजु तथा कानुन अध्ययन समाज भक्तपुर जिल्ला समितिका अध्यक्ष अधिवक्ता राजु कैतीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
सो कार्यपत्रमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.का उपाध्यक्ष हरि बल्ल तथा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.का संस्थापक अध्यक्ष राजेन्द्र दुमरुले टिप्पणी गर्नुभएको थियो ।
सहकारी संस्थाहरूले ऋण प्रवाह गर्दा र ऋण असुली गर्दा आवश्यक कानुनी तथा व्यवहारिक विषयको पहिचान गरी सोहीबमोजिमका विषयवस्तुको प्रशिक्षण सामग्री तयार गर्ने र सरोकारवाला निकायहरूको समन्वयमा प्रशिक्षण सञ्चालन गर्ने गरी तयारी समिति गठन गरिएको छ ।
कार्यक्रममा कानुन अध्ययन समाज नेपालका केन्द्रीय अध्यक्ष एवम् अधिवक्ता रामप्रसाद प्रजापतिले विषयवस्तुगतरूपमा केन्द्रित भएर तालिमहरू सञ्चालन गर्नु उपयुक्त हुने सुझाव दिनुभयो ।
कार्यक्रमका सभापति राजु कैतीले अन्तरक्रिया कार्यक्रमको सल्लाह सुझावलाई आत्मसात गर्दै अगाडि बढाउने विचार व्यक्त गर्नुभयो ।
Leave a Reply