इरानका सर्त पूरा नभएसम्म हर्मुज जलडमरु नखुल्ने
- कार्तिक १९, २०८३
पेइचिङ, ३० मे (सीआरआई) । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनैतिक ब्यूरोले मे २९ तारिख ‘शिक्षा बलियो मुलुकको स्थापना’ विषय केन्द्रित सामूहिक अध्ययनको आयोजना गरेको छ ।
चीनका राष्ट्राध्यक्ष सी चिनफिङले उक्त सामूहिक अध्ययनको अध्यक्षता गर्नुहुँदै शिक्षा गुणस्तरीय भएमा मुलुक पनि बलियो हुने भन्दै शिक्षा बलियो मुलुकको स्थापना समाजवादी आधुनिकीकरण चीनको स्थापनाकालागि महत्वपूर्ण रणनीति रहेको र प्राविधिकरूपमा आफूलाई निर्भर गर्ने स्तम्भ भएको तथा सारा जनताले साझा समृद्धिलाई साकार तुल्याउने तरिका भएको बताउनुभएको छ ।
चीनको छिङह्वा विश्वविद्यालयका सचिव छ्यु यौङले बलियो शिक्षा मुलुकको स्थापनाबारे जानकारी दिँदै आफ्नो कार्य सुझाव प्रस्तुत गर्नुभएको छ । केन्द्रीय समितिको राजनैतिक व्यूरोका सदस्यहरूले प्रोफेसर छ्युको सुझावपछि वैचारिक आदानप्रदान गरेका थिए ।
अन्त्यमा, राष्ट्राध्यक्ष सीले बलियो शिक्षा मुलुकको स्थापना गर्ने सारा पार्टी र सारा समाजको साझा कार्यभार भएको र उक्त लक्ष्यलाई साकार तुल्याउन प्रयास गर्न जोड दिनुभएको छ ।
Leave a Reply