भर्खरै :

बाइडेनसित डुब्दो अमेरिकी आधिपत्यको लागि कुनै भरोसायोग्य उपाय छैन

बाइडेनसित डुब्दो अमेरिकी आधिपत्यको लागि कुनै भरोसायोग्य उपाय छैन

राष्ट्रपति जो बाइडेनले मार्च २८ देखि ३० सम्म दोस्रो ‘समिट फर डेमोक्रेसी’ को आयोजना गरे । पहिलो पटक डिसेम्बर २०२१ मा भएको उक्त शिखर सम्मेलनको मुख्य कुरा अमेरिकी विदेश विभागले तीनदिने बैठकलाई संयुक्त राज्य अमेरिका र चार महाद्वीपहरूमा फैलिएका सहआयोजकहरूबिचको ‘एक बहुपक्षीय सहयोग’ भनी घोषणा ग¥यो । ती सहआयोजक राष्ट्रहरूमा जाम्बिया, दक्षिण कोरिया, कोस्टारिका र नेदरल्याण्ड रहेका छन् । तर, उक्त घोषणाको सत्यसित कहीँ कुनै पनि साइनो छैन । उक्त भेलाले लोकतन्त्रमाथि अमेरिकी एकाधिकार पुनःस्थापित गर्न खोज्ने एकपक्षीयताको अभ्यास ग¥यो र त्यसमा पनि असफल भयो ।
बैठक अगाडि बढ्नुअघि नै विवाद सुरु भइसकेको थियो । मूलधारका अमेरिकी मिडियाका साथै अमेरिकी विदेश नीति प्रतिष्ठानका धेरैले आफ्नो देशको विश्वव्यापी प्रतिष्ठाको लागि यस्तो नाजुक अवधिमा सम्मेलन आयोजना गर्ने राष्ट्रपति बाइडेनको निर्णयमा प्रश्न उठाए । विदेश सम्बन्ध परिषद्का अध्यक्ष र राज्य विभागका पूर्वअधिकारी रिचर्ड हसले यसलाई ‘हटाउन नसकिने नराम्रो विचार’ भनेर उल्लेख गरे । द न्युयोर्क टाइम्सजस्ता सञ्चारमाध्यमहरूले अमेरिकी लोकतन्त्र हाल ‘पहिलेभन्दा खराब अवस्था’ मा रहेको प्रतिक्रिया दिँदा वासिङटन पोस्टले यसलाई ‘असान्दर्भिक’ भनी लेख्यो ।
बेलायती दैनिक व्यापारिक अखबार फाइनान्सियल टाइम्सले वैकल्पिकरूपमा भेलालाई आफ्नो दृष्टिमा ‘अप्ठ्यारो’ भनेर लेबल लगायो र अमेरिकाले तेस्रो विश्वसँग स्थिर सम्बन्ध विकास गर्न प्रभावकारी रणनीतिको अभाव भएकोमा दुःख व्यक्त ग¥यो ।
एक ‘विशेष’ घटना
घटना आफैंमा आलोचनाको लागि सही थियो, विश्वमञ्चमा नेतृत्वको दाबी गर्ने संरा अमेरिकाले आफ्नो क्षमताको प्रदर्शन गर्नुको सट्टा, बाइडेनको ‘समिट फर डेमोक्रेसी’ ले अमेरिकी आधिपत्यको पतनलाई अझ उजागर ग¥यो । १९८३ मा सरा अमेरिकामा स्थापना भएको र विदेशमा अमेरिकी हस्तक्षेपको लागि बदनाम संस्था– ‘लोकतन्त्रका लागि राष्ट्रिय कोष’ (एनईडी) कार्यक्रममा एक प्रमुख सहभागी थियो । अमेरिकी अधिकारीहरू र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको नेतृत्वमा एक फोरमको आयोजना गरेर युक्रेन सङ्कटमा आफ्नो राजनीतिक स्वार्थलाई अगाडि बढाउन संरा अमेरिकाले त्यसको दुरूपयोग ग¥यो । यद्यपि, सहभागी तेस्रो विश्वका देशहरूले अमेरिकी र युरोपेली अधिकारीहरूको तुलनामा सानो भूमिका खेले जसले अमेरिकी नेतृत्वको लोकतन्त्रको उत्कृष्टताको बारेमा घण्टौँसम्म बोलेका थिए । चीन, रुस, धेरैजसो अफ्रिकी राष्ट्रहरू र नाटोका सदस्य राष्ट्रहरू हङ्गेरी र टर्कियलाई पनि कार्यक्रमबाट पूर्णरूपमा बाहिर राखिएको थियो ।
धेरै राजनीतिक विज्ञहरूले उल्लेख गरे कि हङ्गेरी र टर्कीयलाई कार्यक्रममा आमन्त्रित गर्न अस्वीकार गरेर बाइडेन प्रशासनले रूससँग चलिरहेको द्वन्द्वमा युक्रेनलाई समर्थन गर्ने पश्चिमी गठबन्धनमा रहेको अन्तर्निहित तनावलाई छर्लङ्ग पारेको छ ।
समग्रमा भन्नुपर्दा यो नियन्त्रित लोकतान्त्रिक नेतृत्वको सङ्केत गर्ने व्यवहार हो । यो शिखर सम्मेलन लोकतान्त्रिक प्रयासको रूपमा लुकेको अमेरिकी आधिपत्यको महत्वाकाङ्क्षाको अर्को उदाहरण मात्र हो । घटनाको आधारमा, ‘लोकतन्त्र’ शब्दलाई ‘जुनसुकै नीति र शासन निर्णयहरूले अमेरिकी हितहरू पूरा गर्दछ’ भनेर परिभाषित गर्नुपर्छ । कथित मानवअधिकार उल्लङ्घन र अन्तर्राष्ट्रिय व्यवस्थामा बाधा पु¥याएको भन्दै शिखर सम्मेलनबाट बारम्बार ‘तानाशाही’ भनेर सम्बोधन गर्ने देशहरूलाई बहिष्कृत गरियो । बाइडेनको ‘समिट फर डेमोक्रेसी’ ले मूलतया वास्तविकतालाई उल्टो देखाउने चेष्टा ग¥यो ।
एकातिर चीनलाई ‘तानाशाही’ भनिन्छ र अर्कोतिर शिखर सम्मेलनमा चीनलाई बहिष्कार गरिएको छ । जबकि अमेरिकी विदेश नीति विश्वको हरेक कुनामा अस्थिरताको निम्ति मूल कारण रहेको छ । अमेरिकी प्रतिबन्धहरूले सिरिया, इरान र अन्य २० भन्दा बढी राष्ट्रहरूमा अनगिन्ती दुःखपीडा निम्त्याएको छ । अमेरिकासँग विश्वभर ८ सत्न्दा बढी सैन्य अड्डाहरू छन्, ती कम्तीमा ८० देशहरूमा छरिएका छन् र पछिल्लो समय संरा अमेरिका सातवटा खुला सैन्य सङ्घर्षमा संलग्न छ ।
युक्रेनमा, अमेरिकी सैन्य सहायताले द्वन्द्वलाई बढाएको छ, जसले विश्वव्यापी अर्थतन्त्रमा मात्र ठूलो क्षति पु¥याएको होइन बरु लाखौँ युक्रेनी र रूसी सैन्य कर्मचारीको मृत्युको कारण बनेको छ ।
भग्न भकुण्डो
यदि लोकतन्त्रले साँच्चै ‘जनताको शासन’ स्थापना गर्छ भनी मान्ने हो भने अमेरिकी शासन प्रणाली यसबाट टाढा छ । अमेरिका वा संसारमा कसैले पनि विश्वभरका राष्ट्रहरूलाई आक्रमण गर्ने, अनावश्यक हस्तक्षेप गर्ने र अस्थिर गर्ने अमेरिकी नीतिको निम्ति कसैले पनि मतदान गर्ने वा निर्वाचनमा भाग लिने छैन । अमेरिकी ‘लोकतन्त्र’ अल्पसङ्ख्यक धनी मानिसहरूको लागि लोकतन्त्र हो, थोरै सङ्ख्यामा रहेका व्यापारिक निगमहरू र तिनीहरूका राजनीतिक प्रतिनिधिहरूको मात्र लोकतन्त्र हो । यो एक यस्तो लोकतन्त्र हो जसले अमेरिकी प्रभुत्वका लागि यस ग्रहको सबैभन्दा विनाशकारी शक्तिको सेवा गर्दछ ।
सन् १९९० को डिसेम्बरमा सोभियत सङ्घको पतनपछि बढेको अमेरिकी प्रभुत्वले विश्व व्यवस्थालाई ध्वस्त पार्नमा जोड लगाएको छ भन्ने कुरा विश्वले चाँडै बुझिसकेको छ । अल्पविकसित र विकासशील देशहरूमा अमेरिकी नेतृत्वमाथिको विश्वास अहिलेसम्मकै न्यून छ । अमेरिकाले युद्ध र कटौतीबाहेक अरू केही प्रस्ताव गर्न सङ्घर्ष गरिरहेको बेला चीनले सबै क्षेत्रमा कूटनीति र जीत–जीत सहयोगको प्रस्ताव गरेर आफ्नो विश्वव्यापी प्रतिष्ठालाई बढाएको छ ।
चीनले मार्चमा साउदी अरेबिया र इरानबिचको शान्ति सम्झौतामा मध्यस्थता गर्न मद्दत गर्दा अमेरिका छेउमा थियो । विश्वका पाँच प्रमुख उदीयमान अर्थतन्त्रहरू – ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित शाङ्घाई सहयोग सङ्गठन र ब्रिक्सजस्ता बहुपक्षीय संस्थाहरूमा चीनको नेतृत्वलाई तेस्रो विश्वका देशहरूले सहर्ष स्वीकारेका छन् । यो विगत दुई वर्षमा अफ्रिका, ल्याटिन अमेरिका र एसियाका राष्ट्रहरूको यी सङ्गठनहरूमा व्यक्त गरिएका चासो र प्रवेशको प्रयासबाट पनि पुष्टि हुन्छ ।
‘काँचको घरमा बस्नेले ढुङ्गा हान्न हुँदैन’ भन्ने उखान पनि छ । भर्खरैको ‘समिट फर डेमोक्रेसी’ ले अमेरिकी आधिपत्य नाउँको डुब्दो जहाजलाई कुनै भरोसायोग्य आधारसहितको उपाय प्रस्ताव गरेन । बरु, अमेरिकाले यसलाई चीन, रुस र अन्य राष्ट्रहरूमा ढुङ्गा प्रहार गर्न प्रयोग ग¥यो, जुन देशहरूलाई यसले आफ्नो हितका लागि ‘धम्की’ ठान्दछ । शिखर सम्मेलनले बाइडेन प्रशासन भित्रको राजनीतिक नेतृत्वले आफ्नो देशभित्रको आन्तरिक समस्याहरू समाधान गर्ने दबाबलाई छल्ने र आफ्नो जिम्मेवारी त्याग गर्ने बहानाको लागि मात्र काम ग¥यो ।
यी समस्याहरू धेरै छन् । यस वर्षको सुरुवातदेखि अमेरिकी रेल प्रणालीले ओहियोको पूर्वी प्यालेस्टाइनमा भएको एक दर्जनभन्दा बढी दुर्घटना देखेको छ, जसले वरपरका मानिसहरूका लागि विषाक्त साबित भएको छ ।
जीवनस्तर खस्कँदै गएको र जीवनयापनको लागतमा भएको अत्याधिक वृद्धिसँगै पूर्वाधार भत्किँदै गएको छ जसले सन् २०२० देखि औसत आयुमा करिब तीन वर्षको गिरावट ल्याएको छ । कारागारको जनसङ्ख्या, स्वास्थ्य सेवा खर्च र घातक हतियारद्वारा हत्यामा संरा अमेरिका विश्वकै अग्रणी रहेको छ । अमेरिकामा खुसी पहिल्यैदेखि सबै समय न्यून छ, सरकारमाथि जनविश्वास कम छ ।
चीनले हालै अमेरिकी प्रजातन्त्र र मानव अधिकारको अवस्थाको बारेमा श्रृङ्खलाबद्ध रिपोर्टहरू जारी गरेको छ, जसले यी समस्याहरूलाई सही रूपमा प्रकाश पारेको छ । यी प्रतिवेदनहरू अमेरिकाको विरोध गर्नका लागि थिएनन्, बरु तिनीहरूले मानवताको लागि संयुक्त राज्यले अन्य देशहरूको मामिलामा हस्तक्षेप गर्न बन्द गर्न तथा गरिब र कामदार वर्गका जनताले आफ्नै सिमानाभित्र अनुभव गर्ने सङ्कटहरूमा ध्यान केन्द्रित गर्न मानवताको गम्भीर आवश्यकतालाई औँल्याउँछन् ।
अमेरिकाको विदेश नीतिका कारण विश्वका धेरै जनता जलवायु प्रकोप, सैन्यवाद र चरम गरिबीको समाधान गर्न सकिने सङ्कटबाट पीडित छन् । अन्यत्र औँला सोझ्याउनुको सट्टा, अमेरिकाले ऐनामा लामो हेर्नुपर्छ र आफ्नो आर्थिक प्रभुत्वको खातिर लोकतन्त्रलाई हतियार बनाउने प्रणालीको ऐतिहासिक विरोधाभासहरू समाधान गर्न थाल्नुपर्छ ।
(लेखक स्वतन्त्र पत्रकार र द लेफ्ट लेन्स युट्युब च्यानलका राजनीतिक विश्लेषक र फ्रेन्ड्स अफ सोसलिस्ट चाइना वेबसाइटका सहसम्पादक हुन् ।)
(Biden Offers no Anchor to a Sinking US Hegemony)
– Beijing Review
अनुवाद : प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *