अमेरिकी आक्रमणको जवाफमा इरानद्वारा जोर्डनस्थित सैन्य अखडा लक्षित प्रहार
- भाद्र १५, २०८३
राष्ट्रपति जो बाइडेनले मार्च २८ देखि ३० सम्म दोस्रो ‘समिट फर डेमोक्रेसी’ को आयोजना गरे । पहिलो पटक डिसेम्बर २०२१ मा भएको उक्त शिखर सम्मेलनको मुख्य कुरा अमेरिकी विदेश विभागले तीनदिने बैठकलाई संयुक्त राज्य अमेरिका र चार महाद्वीपहरूमा फैलिएका सहआयोजकहरूबिचको ‘एक बहुपक्षीय सहयोग’ भनी घोषणा ग¥यो । ती सहआयोजक राष्ट्रहरूमा जाम्बिया, दक्षिण कोरिया, कोस्टारिका र नेदरल्याण्ड रहेका छन् । तर, उक्त घोषणाको सत्यसित कहीँ कुनै पनि साइनो छैन । उक्त भेलाले लोकतन्त्रमाथि अमेरिकी एकाधिकार पुनःस्थापित गर्न खोज्ने एकपक्षीयताको अभ्यास ग¥यो र त्यसमा पनि असफल भयो ।
बैठक अगाडि बढ्नुअघि नै विवाद सुरु भइसकेको थियो । मूलधारका अमेरिकी मिडियाका साथै अमेरिकी विदेश नीति प्रतिष्ठानका धेरैले आफ्नो देशको विश्वव्यापी प्रतिष्ठाको लागि यस्तो नाजुक अवधिमा सम्मेलन आयोजना गर्ने राष्ट्रपति बाइडेनको निर्णयमा प्रश्न उठाए । विदेश सम्बन्ध परिषद्का अध्यक्ष र राज्य विभागका पूर्वअधिकारी रिचर्ड हसले यसलाई ‘हटाउन नसकिने नराम्रो विचार’ भनेर उल्लेख गरे । द न्युयोर्क टाइम्सजस्ता सञ्चारमाध्यमहरूले अमेरिकी लोकतन्त्र हाल ‘पहिलेभन्दा खराब अवस्था’ मा रहेको प्रतिक्रिया दिँदा वासिङटन पोस्टले यसलाई ‘असान्दर्भिक’ भनी लेख्यो ।
बेलायती दैनिक व्यापारिक अखबार फाइनान्सियल टाइम्सले वैकल्पिकरूपमा भेलालाई आफ्नो दृष्टिमा ‘अप्ठ्यारो’ भनेर लेबल लगायो र अमेरिकाले तेस्रो विश्वसँग स्थिर सम्बन्ध विकास गर्न प्रभावकारी रणनीतिको अभाव भएकोमा दुःख व्यक्त ग¥यो ।
एक ‘विशेष’ घटना
घटना आफैंमा आलोचनाको लागि सही थियो, विश्वमञ्चमा नेतृत्वको दाबी गर्ने संरा अमेरिकाले आफ्नो क्षमताको प्रदर्शन गर्नुको सट्टा, बाइडेनको ‘समिट फर डेमोक्रेसी’ ले अमेरिकी आधिपत्यको पतनलाई अझ उजागर ग¥यो । १९८३ मा सरा अमेरिकामा स्थापना भएको र विदेशमा अमेरिकी हस्तक्षेपको लागि बदनाम संस्था– ‘लोकतन्त्रका लागि राष्ट्रिय कोष’ (एनईडी) कार्यक्रममा एक प्रमुख सहभागी थियो । अमेरिकी अधिकारीहरू र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको नेतृत्वमा एक फोरमको आयोजना गरेर युक्रेन सङ्कटमा आफ्नो राजनीतिक स्वार्थलाई अगाडि बढाउन संरा अमेरिकाले त्यसको दुरूपयोग ग¥यो । यद्यपि, सहभागी तेस्रो विश्वका देशहरूले अमेरिकी र युरोपेली अधिकारीहरूको तुलनामा सानो भूमिका खेले जसले अमेरिकी नेतृत्वको लोकतन्त्रको उत्कृष्टताको बारेमा घण्टौँसम्म बोलेका थिए । चीन, रुस, धेरैजसो अफ्रिकी राष्ट्रहरू र नाटोका सदस्य राष्ट्रहरू हङ्गेरी र टर्कियलाई पनि कार्यक्रमबाट पूर्णरूपमा बाहिर राखिएको थियो ।
धेरै राजनीतिक विज्ञहरूले उल्लेख गरे कि हङ्गेरी र टर्कीयलाई कार्यक्रममा आमन्त्रित गर्न अस्वीकार गरेर बाइडेन प्रशासनले रूससँग चलिरहेको द्वन्द्वमा युक्रेनलाई समर्थन गर्ने पश्चिमी गठबन्धनमा रहेको अन्तर्निहित तनावलाई छर्लङ्ग पारेको छ ।
समग्रमा भन्नुपर्दा यो नियन्त्रित लोकतान्त्रिक नेतृत्वको सङ्केत गर्ने व्यवहार हो । यो शिखर सम्मेलन लोकतान्त्रिक प्रयासको रूपमा लुकेको अमेरिकी आधिपत्यको महत्वाकाङ्क्षाको अर्को उदाहरण मात्र हो । घटनाको आधारमा, ‘लोकतन्त्र’ शब्दलाई ‘जुनसुकै नीति र शासन निर्णयहरूले अमेरिकी हितहरू पूरा गर्दछ’ भनेर परिभाषित गर्नुपर्छ । कथित मानवअधिकार उल्लङ्घन र अन्तर्राष्ट्रिय व्यवस्थामा बाधा पु¥याएको भन्दै शिखर सम्मेलनबाट बारम्बार ‘तानाशाही’ भनेर सम्बोधन गर्ने देशहरूलाई बहिष्कृत गरियो । बाइडेनको ‘समिट फर डेमोक्रेसी’ ले मूलतया वास्तविकतालाई उल्टो देखाउने चेष्टा ग¥यो ।
एकातिर चीनलाई ‘तानाशाही’ भनिन्छ र अर्कोतिर शिखर सम्मेलनमा चीनलाई बहिष्कार गरिएको छ । जबकि अमेरिकी विदेश नीति विश्वको हरेक कुनामा अस्थिरताको निम्ति मूल कारण रहेको छ । अमेरिकी प्रतिबन्धहरूले सिरिया, इरान र अन्य २० भन्दा बढी राष्ट्रहरूमा अनगिन्ती दुःखपीडा निम्त्याएको छ । अमेरिकासँग विश्वभर ८ सत्न्दा बढी सैन्य अड्डाहरू छन्, ती कम्तीमा ८० देशहरूमा छरिएका छन् र पछिल्लो समय संरा अमेरिका सातवटा खुला सैन्य सङ्घर्षमा संलग्न छ ।
युक्रेनमा, अमेरिकी सैन्य सहायताले द्वन्द्वलाई बढाएको छ, जसले विश्वव्यापी अर्थतन्त्रमा मात्र ठूलो क्षति पु¥याएको होइन बरु लाखौँ युक्रेनी र रूसी सैन्य कर्मचारीको मृत्युको कारण बनेको छ ।
भग्न भकुण्डो
यदि लोकतन्त्रले साँच्चै ‘जनताको शासन’ स्थापना गर्छ भनी मान्ने हो भने अमेरिकी शासन प्रणाली यसबाट टाढा छ । अमेरिका वा संसारमा कसैले पनि विश्वभरका राष्ट्रहरूलाई आक्रमण गर्ने, अनावश्यक हस्तक्षेप गर्ने र अस्थिर गर्ने अमेरिकी नीतिको निम्ति कसैले पनि मतदान गर्ने वा निर्वाचनमा भाग लिने छैन । अमेरिकी ‘लोकतन्त्र’ अल्पसङ्ख्यक धनी मानिसहरूको लागि लोकतन्त्र हो, थोरै सङ्ख्यामा रहेका व्यापारिक निगमहरू र तिनीहरूका राजनीतिक प्रतिनिधिहरूको मात्र लोकतन्त्र हो । यो एक यस्तो लोकतन्त्र हो जसले अमेरिकी प्रभुत्वका लागि यस ग्रहको सबैभन्दा विनाशकारी शक्तिको सेवा गर्दछ ।
सन् १९९० को डिसेम्बरमा सोभियत सङ्घको पतनपछि बढेको अमेरिकी प्रभुत्वले विश्व व्यवस्थालाई ध्वस्त पार्नमा जोड लगाएको छ भन्ने कुरा विश्वले चाँडै बुझिसकेको छ । अल्पविकसित र विकासशील देशहरूमा अमेरिकी नेतृत्वमाथिको विश्वास अहिलेसम्मकै न्यून छ । अमेरिकाले युद्ध र कटौतीबाहेक अरू केही प्रस्ताव गर्न सङ्घर्ष गरिरहेको बेला चीनले सबै क्षेत्रमा कूटनीति र जीत–जीत सहयोगको प्रस्ताव गरेर आफ्नो विश्वव्यापी प्रतिष्ठालाई बढाएको छ ।
चीनले मार्चमा साउदी अरेबिया र इरानबिचको शान्ति सम्झौतामा मध्यस्थता गर्न मद्दत गर्दा अमेरिका छेउमा थियो । विश्वका पाँच प्रमुख उदीयमान अर्थतन्त्रहरू – ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित शाङ्घाई सहयोग सङ्गठन र ब्रिक्सजस्ता बहुपक्षीय संस्थाहरूमा चीनको नेतृत्वलाई तेस्रो विश्वका देशहरूले सहर्ष स्वीकारेका छन् । यो विगत दुई वर्षमा अफ्रिका, ल्याटिन अमेरिका र एसियाका राष्ट्रहरूको यी सङ्गठनहरूमा व्यक्त गरिएका चासो र प्रवेशको प्रयासबाट पनि पुष्टि हुन्छ ।
‘काँचको घरमा बस्नेले ढुङ्गा हान्न हुँदैन’ भन्ने उखान पनि छ । भर्खरैको ‘समिट फर डेमोक्रेसी’ ले अमेरिकी आधिपत्य नाउँको डुब्दो जहाजलाई कुनै भरोसायोग्य आधारसहितको उपाय प्रस्ताव गरेन । बरु, अमेरिकाले यसलाई चीन, रुस र अन्य राष्ट्रहरूमा ढुङ्गा प्रहार गर्न प्रयोग ग¥यो, जुन देशहरूलाई यसले आफ्नो हितका लागि ‘धम्की’ ठान्दछ । शिखर सम्मेलनले बाइडेन प्रशासन भित्रको राजनीतिक नेतृत्वले आफ्नो देशभित्रको आन्तरिक समस्याहरू समाधान गर्ने दबाबलाई छल्ने र आफ्नो जिम्मेवारी त्याग गर्ने बहानाको लागि मात्र काम ग¥यो ।
यी समस्याहरू धेरै छन् । यस वर्षको सुरुवातदेखि अमेरिकी रेल प्रणालीले ओहियोको पूर्वी प्यालेस्टाइनमा भएको एक दर्जनभन्दा बढी दुर्घटना देखेको छ, जसले वरपरका मानिसहरूका लागि विषाक्त साबित भएको छ ।
जीवनस्तर खस्कँदै गएको र जीवनयापनको लागतमा भएको अत्याधिक वृद्धिसँगै पूर्वाधार भत्किँदै गएको छ जसले सन् २०२० देखि औसत आयुमा करिब तीन वर्षको गिरावट ल्याएको छ । कारागारको जनसङ्ख्या, स्वास्थ्य सेवा खर्च र घातक हतियारद्वारा हत्यामा संरा अमेरिका विश्वकै अग्रणी रहेको छ । अमेरिकामा खुसी पहिल्यैदेखि सबै समय न्यून छ, सरकारमाथि जनविश्वास कम छ ।
चीनले हालै अमेरिकी प्रजातन्त्र र मानव अधिकारको अवस्थाको बारेमा श्रृङ्खलाबद्ध रिपोर्टहरू जारी गरेको छ, जसले यी समस्याहरूलाई सही रूपमा प्रकाश पारेको छ । यी प्रतिवेदनहरू अमेरिकाको विरोध गर्नका लागि थिएनन्, बरु तिनीहरूले मानवताको लागि संयुक्त राज्यले अन्य देशहरूको मामिलामा हस्तक्षेप गर्न बन्द गर्न तथा गरिब र कामदार वर्गका जनताले आफ्नै सिमानाभित्र अनुभव गर्ने सङ्कटहरूमा ध्यान केन्द्रित गर्न मानवताको गम्भीर आवश्यकतालाई औँल्याउँछन् ।
अमेरिकाको विदेश नीतिका कारण विश्वका धेरै जनता जलवायु प्रकोप, सैन्यवाद र चरम गरिबीको समाधान गर्न सकिने सङ्कटबाट पीडित छन् । अन्यत्र औँला सोझ्याउनुको सट्टा, अमेरिकाले ऐनामा लामो हेर्नुपर्छ र आफ्नो आर्थिक प्रभुत्वको खातिर लोकतन्त्रलाई हतियार बनाउने प्रणालीको ऐतिहासिक विरोधाभासहरू समाधान गर्न थाल्नुपर्छ ।
(लेखक स्वतन्त्र पत्रकार र द लेफ्ट लेन्स युट्युब च्यानलका राजनीतिक विश्लेषक र फ्रेन्ड्स अफ सोसलिस्ट चाइना वेबसाइटका सहसम्पादक हुन् ।)
(Biden Offers no Anchor to a Sinking US Hegemony)
– Beijing Review
अनुवाद : प्रकाश
Leave a Reply