सिंहदरबारमा बलात्कारपछि हत्याको ‘मुद्दा मिलाउन’ गृहमन्त्री आफै !
- भाद्र १५, २०८३
पहिला पहिला बालबालिकाका लागि पठनीय पत्रिकाहरू धेरै थिए । तीमध्ये—सुनकेस्रा, बालक, मेला, नौलो प्रतीक, छुनामुना, बालबगैँचा, बाल मञ्जरीको खुब याद आउँछ । (कान्तिपुरलगायत दैनिक पत्रिकाहरूले पनि बालपृष्ठ छुट्याउँथे ।) बालक–युवाका लागि नव युवा भन्ने पत्रिका पनि ज्यादै प्रिय थियो । तीमध्ये कतिपयको वार्षिक ग्राहक बनेको हुँदा, ढिलोचाँडो ती हुलाकबाटै पनि पुग्थे मेरो ठेगाना (कमलाकुञ्ज, दियाले–३, ओखलढुङ्गा) मा । कुनै महिना बाटैमा हराउँदा खुब तनाव हुन्थ्यो ।
जुन चीज प्राप्त गर्न गा¥हो हुन्छ, त्यसको मूल्य र महत्व अर्कै हुँदोरहेछ !
यातायातको कठिनाइका कारण पत्रिकाहरू गाउँसम्म पुग्न सक्दैनथे । आफूलाई भने तिनको सम्झनाले राति निद्रा पनि लाग्दैनथ्यो । तिनैको औडाहाले स्कूल बिदामा उपत्यका आइन्थ्यो । सकेसम्म, ती पत्रिका निस्कने अफिसअफिसमै गइन्थ्यो । ‘म ओखलढुङ्गादेखि आएको’ भनेपछि, ‘ओहो ! त्यति टाढादेखि आउनुभएको रहेछ’ भन्दै कतिपय सम्पादक/प्रकाशकहरूले माया गरेर सित्तैमा पत्रिका दिनुहुन्थ्यो । धेरै त किनिन्थ्यो ।
पढ्न बानी परेकालाई, किताब किन्दा र जम्मा गर्दा प्राप्त हुने खुसी नै सबभन्दा विशेष हुन्छ । किताब तथा पत्रिकाको चहारी गर्दै जाँदा मलाई थकाइ लाग्दैनथ्यो । भोक लाग्दैनथ्यो । लोभ लाग्दैनथ्यो । (यहाँचाहिँ किताब होइन, बालपत्रिकाको मात्र चर्चा गरिँदै छ ।) दिनदिनै जम्मा गरिएका नयाँनयाँ पत्रिकालाई म एकेक गरी मुसार्थेँ अनि मिलाएर बोरामा/झोलामा कोच्थेँ । सकीनसकी बोकेर यता र उति गर्थेँ । ‘पत्रिकाहरू त जति पाए पनि बोकिहाल्छु नि’ भन्ने लाग्थ्यो ।
बेला न कुबेला, सोध्दैखोज्दै, फोनै नगरिकन कतिपय साहित्यकारहरूको घरघरै गएर दुःख दिन्थेँ । ‘म ओखलढुङ्गादेखि आएको’ भनेपछि उहाँहरूलाई फुर्सद नभए पनि मसँग बोल्न करै लाग्थ्यो । ‘राम्रो रचना मीठो नेपाली’ का लेखक तथा प्रसिद्ध साहित्यकार कृष्णप्रसाद पराजुलीको घर सानेपा पुगेर उहाँकै सुपुत्र आदरणीय शाश्वत पराजुलीको सम्पादनमा निस्कने बालपत्रिका मेलाका केही प्रतिहरू लिएको धेरै पहिला हो । त्यो पत्रिका राम्रो कागजमा निस्कन्थ्यो ! विवेक सिर्जनशील प्रकाशन गएर आदरणीय विजयराज आचार्यको सम्पादनमा निस्कने बालबगैँचा बोक्न सकेसम्म लिएको पनि एकदशक नाघिसकेछ !
केही दिन लगाएर राजधानीमा जम्मा गरेका रमाइला रमाइला पत्रिकाहरू कसै गरी बोकेर घर पु¥याई विद्यार्थीलाई बाँड्दा कम्ती खुसी हुँदैनथे तिनीहरू ! उनीहरूको अनुहारमा देखिएको खुसीले मेरो मन झन खुसी हुन्थ्यो ।
तर दुर्भाग्य ! माथि उल्लिखित बालपत्रिकाहरू अब इतिहासमा सीमित भएका छन् ।
आजकल समयको दिनचर्या नै फेरिएको छ । सबै कुरा सामाजिक सञ्जाल, गुगल, च्याट जीपीटीमा पढ्न–खोज्न पाइन्छ । उपयोगी कुराको परिभाषा पनि फेरिएको छ । बालक, वृद्ध, युवा सबै हत्केलामै पाइने कोठे मनोरञ्जनमा रमाउन थालेका छन् । त्यसैले, किताबी पढाइप्रति मानिसको रुचि घटेको छ । किताबपसल धमाधम बन्द हुन थालेका छन् । तैपनि, विद्यालयहरू जीवित छन् । बाध्यताले नै सही, त्यहाँ विद्यार्थीहरू पढ्न–सिक्न जान्छन् । शिक्षकहरू पढाउँदै सिकाउँदै छन् । समय जति नै आधुनिक–अत्याधुनिक हुँदै गए पनि किताब पढ्ने कुरा घट्नु नहुने हो तर घटेको छ । घटे पनि समाप्तै भएको छैन र हुने पनि छैन ।
बालपत्रिकाकै सन्दर्भमा चर्चा गर्दा, सबैजसो बालपत्रिकाहरू बन्द भए । कतिपय अनलाइनमा निस्कन थाले । पुरानोमा, गोरखापत्र संस्थानबाट निस्कने मुना एउटा बाँकी रहेको छ । यो पत्रिका हरेक महिना कम्तीमा डेढदर्जन किनेर जिज्ञासु विद्यार्थीहरूलाई बाँड्न थालेको पनि धेरै भयो ।
दुई वर्ष भयो–उपत्यकाको चर्चित विद्यालय वागीश्वरी मावि भक्तपुरमा ड्युटी गर्ने अवसर पाएपछि यहाँका विद्यार्थीहरूलाई पनि मुना बाँड्न थालेँ । यस क्रममा कतिपय विद्यार्थीहरू सोधे, “सर, यसबाट परीक्षामा प्रश्न आउँछ कि आउँदैन ?”
(यस्तो प्रश्न उनीहरूले, पत्रिका पढ्न मन नलागेर सोधेको पनि हुनसक्छ । थाहा नपाएर पनि हुनसक्छ । तिनै विद्यार्थीहरूले नाचगान कार्यक्रममा भाग लिनुपर्दा, “सर, परीक्षामा नाच्नुपर्छ कि पर्दैन भनेर चाहिँ कहिल्यै सोधेका होइनन् ।)
मलाई झट्ट उत्तर दिन गा¥हो भयो । बिस्तारै भनेँ, “परीक्षामा प्रश्न त आउँदैन तर पढ्नु राम्रो हुन्छ । तिमीहरूले पढ्ने बानीको विकास गर्नुपर्छ ।”
अहिले यहाँका एकसय हाराहारी विद्यार्थीले मुना पढ्छन् । मुनाले हाम्रा विद्यार्थीका रचनालाई पनि स्थान दिने गरेको छ । मुना पढ्नेमा छिमेकी विद्यालयहरू पनि थपिएका छन् । अझै बढ्दै छन् । अन्य पत्रिका नभएपछि, बालबजारमा एक किसिमले मुनाको एकाधिकार कायम रहेको छ ।
बालबालिकाको रुचि आफ्नो ठाउँमा होला । तर, तिनीहरूलाई असल बानी सिकाउनु छ । असल कुरा सिकाउनु छ । असल बाटोमा हिँडाउनु छ । यसका लागि त तिनीहरूको स्वाभाविक रुचिमा हस्तक्षेप गरेर भए पनि सानैदेखि पढ्ने बानीको विकास गर्नुपर्ने देखिन्छ ।
वस्तुको महत्व बुझाउनका लागि तिनलाई हाम्रा धार्मिक ग्रन्थहरूले धर्मसँग जोडे । गर्न नहुने कामलाई पापसँग जोडे । तुलसीको पूजा ग¥यो भने धर्म हुन्छ नभनेको भए, हामी तुलसीबाट प्राप्त हुने फाइदाबाट वञ्चित हुन्थ्यौँ होला । पानीको मूलमा दिसापिसाब गर्दा त्यो व्यक्ति रोगी हुन्छ नभनेको भए धेरै मान्छे रोगी हुन्थे होलान् ।
हाम्रो स्थानीय सरकार शक्तिशाली छ । उसले चाहेमा थुप्रै राम्रा काम गर्नसक्छ । विद्यालय भवन बनाउने, मर्मत गर्ने, आईसीटीको व्यवस्था गर्ने कुराहरू नराम्रा होइनन् । तर यी बाहिरी सुधार हुन् । भित्री सुधारको एउटा पाटो विद्यार्थीका रचनाले मञ्च पाउने व्यवस्था गर्नु पनि हुनसक्छ ।
गाउँपालिका/नगरपालिकाले चाहिने नचाहिने, पढिने नपढिने अनेक बुलेटिन निकाल्छन् । तिनले के महसुस गर्नुप¥यो भने, “त्यस्ता बुलेटिनको भन्दा बढी महत्व एउटा बालपत्रिकाको हुन्छ ।”
हरेक विद्यालयमा बालसाहित्यका पुस्तकहरू हुनुप¥यो । भएर मात्र भएन, ती पढ्न लगाउनुप¥यो । परियोजना कार्यका लागि बालपत्रिका र बालसाहित्यका पुस्तकहरूको उपयोग गरिनुप¥यो ।
विद्यालय विद्यालयबिच सहकार्य हुने हो भने एउटा बालपत्रिका जिल्लाजिल्लाबाटै निकाल्न नसकिने होइन । सहयोगको लागि गाउँ शिक्षा, नगर शिक्षा, शिक्षा विकास तथा समन्वय एकाइजस्ता निकायहरू छन् । संयोजनकारी भूमिका तिनैले निर्वाह गरे पनि हुने हो ।
देशकै उत्कृष्ट नगरपालिकाको रूपमा परिचित भक्तपुर नगरपालिकामा पठन संस्कृति विकास गर्ने प्रयास भइआएको छ । यहाँको बुक क्लबले हरेक महिना कोही लेखक/अध्येतालाई बोलाएर पठनलेखनका विषयमा छलफल/प्रवचन कार्यक्रम चलाउने गरेको छ । यो निश्चय नै अनुकरणीय काम हो । मासिकरूपमा एउटा बालपत्रिका प्रकाशन गर्ने कामको थालनीका लागि पनि चाँजोपाँचो मिलाउन सके हुन्थ्यो ।
एउटा विद्यालय भनेको विद्यार्थीमा निहित विशेष प्रतिभा देखाउने थलो पनि हो । त्यो प्रतिभा झाँगिएर पछि त्यसले विस्तृत आयाम ओगट्न पनि सक्छ । त्यहाँ नाच्नमा रुचि भएकाले नाच्न पाउँछन् । गाउनमा रुचि भएकाले गाउन पाउँछन् । बजाउनमा रुचि भएकाले बजाउन पाउँछन् । अभिनयमा रुचि भएकाले अभिनय गर्न पाउँछन् । कविता रचना गर्नमा रुचि राख्नेले कविता सुनाउन पनि पाउँछन् । तर, कविताको सार्थकता सुनाउनमा भन्दा पनि छापिनमा हुन्छ । छाप्नको लागि पत्रिका निस्कनुप¥यो । तर पत्रिकाहरू बन्द भएका छन् । अब यसतर्फ सम्बन्धित सबैले आँखा खोल्ने बेला आएको छ ।
Leave a Reply