भर्खरै :

‘चाइना टुडे’: नयाँ युगमा चीन र विश्वबारे एक चर्चा

‘चाइना टुडे’: नयाँ युगमा चीन र विश्वबारे एक चर्चा

वर्तमान चीन र चिनियाँ समाजलाई बुझ्न ‘चाइना टुडे’ एउटा महत्वपूर्ण प्रकाशन हो । ‘चाइना टुडे’ का लेख रचनाहरूको अध्ययनले चीनमात्र होइन विश्व राजनीतिको उतार–चढाव बुझ्न सहज बनाउनेछ । त्यही महत्वपूर्ण प्रकाशनको एउटा अङ्कबारे यहाँ छलफल गरिन्छ ।
यतिबेला विश्व अस्थिरता र विविध जटिल चुनौतीहरू सामना गर्दै छ । भूराजनीतिक द्वन्द्वहरू, देशहरूका गुट या धु्रवहरूबिच वैमनस्यताका समस्याले विश्व घेरेको छ । आर्थिक मन्दीसँगै बढ्दो मुद्रास्फीति, गम्भीर ऊर्जा सङ्कटबाट विश्व प्रताडित छ । यस्तो परिस्थितिमा चीनले मुख्य देशहरूसँगको कूटनीतिक पहलहरू चिनियाँ विशेषतासहित अघि बढाउने र विश्वलाई सङ्कटबाट बाहिर ल्याउने कोसिस जारी राख्नेछ ।
समयानुसार सङ्कटले बेग्लै रुप लिँदै छ । यद्यपि, आज पनि विश्वव्यापी आर्थिक वृद्धिसँगै शान्ति, विकास र सबैको हित हुने ‘जीत–जीत’ सहकार्य प्राथमिकताको विषय बन्नुपथ्र्यो । सारा विश्वले खोजिरहेको समस्याको समाधानका निम्ति एक आपसमा सहकार्य र सहअस्तित्वको भावना जरुरी हुन्छ । फुटको लागि नभई एकताबद्ध हुन एक आपसमा ऐक्यबद्धता र अघि बढ्ने सत्प्रयास आवश्यक हुन्छ ।
विश्वले सामना गरिरहेको समस्या कोभिड महामारीदेखि जलवायु परिवर्तन, युद्ध र द्वन्द्वहरूको समाधानका लागि चीनले अघि बढाएको नयाँ ढङ्गको अन्तर्राष्ट्रिय सम्बन्धले गति लिनुले सकारात्मक सङ्केत गर्छ ।
चीन र संरा अमेरिकाको सम्बन्ध यतिखेर चिसो छ भन्ने अनुभव सारा विश्वले गरिरहेको छ । चीन–संरा अमेरिकाको सम्बन्ध परिभाषित गर्ने अर्थात् सही बनाउने हो भने संरा अमेरिकाले आफ्नो शून्य– योगफल (Zero-Sum) खेल अर्थात् आपूm मात्रै जित्ने जुवाको खेल बन्द गर्नुपथ्र्यो । वार्ता र जीत–जीत सहकार्य सम्बन्धको आधार बन्नुपर्ने विचार चीन राख्दछ । जीत–जीत सहकार्य चीनको नीतिमात्र होइन संस्कार र व्यवहारको रुपमा विकसित छ । संरा अमेरिकाले आप्mनो प्रभुत्ववादी र साम्राज्यवादी नीति र आपूm सबैभन्दा ठूलो हुँ भन्ने घमण्ड त्यागेपछि मात्र सम्बन्धमा सौहार्दता हुनेछ । अन्य देशको मामिलामा हस्तक्षेप नगरी, कुनैपनि मुलुकलाई घाटा नहुने गरी गरिएको व्यापार र विकासले दिगो रुप लिन्छ र विश्वको सन्तुलित विकास सम्भव बनाउँछ भन्नेमा चीन विश्वस्त छ ।
संरा अमेरिकाले विभिन्न बहानामा चीनसँग निहँु खोज्न बन्द गरेको छैन । चीन चुपचाप प्रतिकारको तयारीसहित विभिन्न देशहरूसँगको सम्बन्ध अझ चुस्त र आत्मीय बनाउनतिर केन्द्रित रहेको प्रस्ट देखिन्छ । चीन युरोपसँगको सहकार्यमा जोड दिँदै छ । पछिल्ला सम्पूर्ण दुईपक्षीय वार्ताहरू र उच्चस्तरीय दुईपक्षीय आदानप्रदानहरू नियाल्दा चीन र युरोपको सम्बन्ध या सहकार्यले चुनौतीभन्दा अवसरको ढोका खोलेको अनुभव हुन्छ । यसले दुवै पक्ष त लाभान्वित बन्छ नै साथै बाँकी विश्वको पनि हित हुनेछ ।
चीनले अन्य विकासोन्मुख देशहरूसँग उत्तिकै महत्वसाथ ऐक्यबद्धता र सहकार्यलाई जोड दिइरहेको छ । अझ भनौँ, विकासोन्मुख देशहरूसँग जोडिनु र ती देशहरूलाई आप्mनो विकासको लयमा ल्याउनु चीनको प्राथमिकता हो । चीन संसारमा समानता, इमानदारी, आपसी सहयोगको नयाँ ‘पाराडाइम’ अर्थात् ज्वलन्त उदाहरण प्रस्तुत गर्दै छ । चीन–अफ्रिका सम्बन्धको उडानले बेग्लै उचाइ लिइसकेको छ । अहिले चीन – अरब सम्बन्धले ऐतिहासिक फड्को मार्दै छ । विकासोन्मुख देशहरूमाथि चीनको अवधारणा र व्यवहारका कारण ती देशहरू चीनलाई सहृदयपूर्वक स्वागत गरिरहेका छन् । अगाडि बढ्ने क्रममा चीनले विश्वव्यापी सुशासनका लागि विश्वव्यापी चासो र एकताको खोजी पनि गरिरहेको छ । मानवजातिको साझा भविष्यसहितको समुदाय निर्माणको झण्डा उँचो फहराउन, मानवताको खास मूल्यमान्यताको पक्षमा उभिन विश्वव्यापी सुशासन अत्यन्त आवश्यक हुन्छ । मानव समाजको विकास र सुरक्षासँगै सभ्यताको जगेर्ना नै सम्पूर्ण चुनौतीहरूसँग सामना गर्ने मूल बाटो हो । सभ्यताको जगमै विकास स्थायी बन्ने र देश सुरक्षित हुने हुँदा सभ्यताको पुनर्जागरणलाई चीनले जोड दियो । कुनै पनि देशको समृद्धिको जरा आप्mनो सभ्यतासँग जोडिएको हुन्छ । त्यसकारण, सम्पूर्ण देशहरूले सभ्यताको पुनर्जागरणमा जोड दिनुपर्छ भन्ने आह्वान चीनको हो ।
बुलेटिन ‘चाइना टुडे’ फेब्रुअरी २०२३ को अङ्कले यही सन्देश दिन्छ । सन् १९५२ देखि प्रकाशित यस बुलेटिन संसारको धेरै वटा भाषामा प्रकाशित हुँदै छ । विशेषतः अङ्ग्रेजी, फ्रान्सेली, पोर्चुगाली, अरबेली, चिनियाँ र टर्कीस भाषामा छापिन्छ भने विद्युतीय माध्यममा फ्रान्सेली, स्पेनियाली, अरबेली, जर्मन र चिनियाँ भाषामा उपलब्ध छ । बुलेटिनले चीन र बाँकी विश्वको सम्बन्धसँगैै चीनको आर्थिक, राजनीतिक, कूटनीतिक, सामाजिक तथा सांस्कृतिक परिवेशहरूकोे चित्र प्रस्तुत गर्छ । यस बुलेटिनमा चीनभित्र र बाहिरको बजार, माग र पूर्ति, सिङ्गो अर्थतन्त्र प्रस्तुत छ ।
यो अङ्कमा कोभिड महामारीले डामेका घाउहरू पुर्न चीनले गरिरहेको अथक प्रयासको विषयमा केही जानकारी छ । चीन अहिले कुनैपनि रोगको प्रतिकार र रोकथामका उपायहरूमा पत्ता लगाउने कार्यमा सक्रिय छ । चीन सदैव डब्लुएचओसँग प्राविधिक आदानप्रदान गर्न तयार छ । तर, विश्वव्यापीरूपमै कुनै पनि महामारीविरुद्ध डब्लुएचओले पक्षपात र पक्षधरताबिना लड्न जरुरी हुन्छ भन्ने मत चीनको हो । राष्ट्रपति सी चिन फिङले फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरसँग जनवरी ४ मा भेट गर्नुभएको थियो । भेटमा चीन फिलिपिन्सबिच सहकार्य र नजिकको सम्बन्ध बलियो बनाउँदै विश्वका समस्याहरू समाधान गर्ने आप्mनो क्षेत्रका लागि बलियो आर्थिक खम्बा बन्ने विषयमा छलफल भएको थियो । चीन–ब्राजिल सम्बन्धमा पनि नयाँ आयाम थपिएको छ । दुई देशबिच कूटनीतिक, संसदीय, न्यायिक, सैन्य, स्थानीयलगायतका क्षेत्रमा दुईपक्षीय आदानप्रदानलाई अझ बढावा दिने विषयमा सहमति छ । अर्थतन्त्र र व्यापारको सवालमा चीन–ब्राजिल व्यावहारिक सहकार्य गर्दै छ । त्यतिमात्र होइन बहुधु्रवीय रणनीतिक कूटनीति, बहुपक्षीयताको पक्षधरता र जलवायु परिवर्तनका सवालहरूमा बलियो समन्वय गर्दै अघि बढ्ने सहमति छ । समग्र ल्याटिन अमेरिका र चीनबिचको सहकार्य बलियो बनाउन चीन र ब्राजिल दुवै प्रतिबद्ध छन् । चीन – अफ्रिका सम्बन्धले पनि नयाँ उचाइ लिइसकेको छ । चीन र अफ्रिकाका जनताको साझा भविष्यको निम्ति सम्बन्धमा विश्वास र इमानदारी र साझा चासो महत्वपूर्ण पक्ष हुन् । चीन अफ्रिकाले विकाससँगै व्यापक रणनीतिक सहकार्य तथा साझेदारीमा जोड दिइरहेको देखिन्छ ।
संरा अमेरिका र चीनबिच पनि समय–समयमा फोन वार्ता र भेटघाट रोकिएको छैन एउटा फोन वार्तामा चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले भन्नुभएको थियो, “संरा अमेरिकाले वार्ता र साझेदारीको मुखोटा देखाई चीनलाई पछाडिबाट छुरा प्रहार गर्दै छ । यसलाई व्यावहारिक या स्वस्थ प्रतिस्पर्धा भनिँदैन, यसलाई दमन या छल भनिन्छ । यसले दुई देशबिचको भिन्नता व्यवस्थापन गर्दैन, बरु समस्याहरूलाई बढावा दिन्छ । संरा अमेरिका अझै पनि एकपक्षीयताको धम्की दिँदै छ । यस्तो धम्कीले चीनलाई न विगतमा असर गरेको थियो न वर्तमान न त भविष्यमै कुनै नोक्सान गर्नेछ । चीन सदैव आप्mनो सार्वभौमिकता, सुरक्षा र विकासको निम्ति लड्नेछ । संरा अमेरिकाले चीनको वैधानिक चासोबारे ख्याल राखोस् । चीनको विकासमा भाँजो हाल्ने र चीनको विकासलाई रोक्ने कुचेष्टाहरू बन्द गरोस् । चीनको रातो लाइन ‘रेड लाइन’ माथि सलामी रणनीतिमार्फत चुनौती दिन बन्द गरोस् ।”
वास्तवमै यो चीन–अमेरिका सम्बन्धमा परीक्षाको घडी हो । एकधु्रवीय विश्वको अन्त्य आजको आवश्यकता हो तर संरा अमेरिका बेलायती अमेरिकी सम्भ्रान्तवर्ग र केही गुटहरू साथमा लिएर एकध्रुवीय विश्वका लागि छलकपट गर्दै छ । यता बाँकी विश्वले भने बहुधु्रवीय विश्व निर्माणको यात्रामा हिँड्न थालिसकेको छ । संरा अमेरिकालाई चीनको बाँकी विश्वसँगको सम्बन्धमा समस्या छ । वर्तमान परिप्रेक्ष्यमा चीन–रुसको निकट सम्बन्धबाट संरा अमेरिकालाई असह्य भएको हो । संरा अमेरिका उद्दण्ड भएर दक्षिण चीनसागरमा ‘नौसेनाको स्वतन्त्रता’ भन्दै अराजकता देखाउँदै छ । ताइवानमा न्यान्सी पेलोसीको आक्रामक भ्रमणपछि चीन दक्षिण चीन सागर र ताइवानको सम्बन्धमा उत्तेजना नफैलाउन चुनौती दिँदै छ । एक चीन नीतिविरुद्ध संरा अमेरिकाको आक्रामक प्रहार उसैको लागि आत्मघाती सिद्ध हुँदै छ । संरा अमेरिकाले विश्वमा ‘चाइना थ्रेट’ को हल्ला चलायो तर आज चीन अझ लोकप्रिय बन्नु संरा अमेरिकामाथि ठूलो मुक्का प्रहार साबित भएको छ । चीन– अमेरिका व्यापार युद्धदेखि प्रविधि युद्धसम्म आइपुग्दा संरा अमेरिकालाई बढी क्षति भएको तथ्याङ्कले बताउँछ । संरा अमेरिकाले अन्धो भएर चीनमा आप्mनो उच्च प्राविधिक उत्पादनको निर्यातलाई रोक्यो तब चीनले आत्मनिर्भर भई उच्च प्राविधिक उत्पादनलाई द्रुतगतिमा अघि बढायो । खोज, अनुसन्धान र अन्य देशहरूसँग प्रविधिमा सहकार्य तीव्र बनायो ।
त्यसकारण, चीनसँगको कलहमा संरा अमेरिकालाई अलिकति पनि फाइदा या नाफा हुने छैन । विश्व अब आक्रमण र ध्वंशबाट आजित भइसकेको छ । विश्व शिष्टता र रचनात्मक निर्माण खोज्छ । चीनको बाटो त्यही निर्माणको बाटो हो ।
यस अङ्कमा चीनको ‘मार्ग तथा क्षेत्र अगुवाइ’ र ‘विश्वव्यापी विकास अगुवाइ’ को अवधारणाले चीन अरब सम्बन्धमा ल्याएको फड्कोबारे राम्रो मन्थन छ । चीन अरब सम्बन्ध इतिहास जतिकै पुरानो हो भन्ने अनुभव हुन्छ । सन् १९६३ डिसेम्बरमा चीनका पूर्वप्रधानमन्त्री चाउ एनलाइले दुई देशबिचको सम्बन्धका लागि पञ्चशीलको सिद्धान्त प्रस्ताव गर्नुभएको सन्दर्भ उल्लेख छ । यस अङ्कमा युरोप र बेलायतसँग चीनको सम्बन्धबारे पनि चर्चा छ ।
बुलेटिन भन्छ– चीनले आप्mनो घरेलु बजारलाई अझ बलियो तथा परिष्कृत बनाउनु नै सम्भावित दुर्घटनाहरूको रोकथाम हुनेछ । चीनले विश्वसँग गर्ने अन्तक्र्रियासँगै घरेलु उत्पादन, बजार, माग र पूर्तिमा जोड दिएको प्रस्ट तस्बिर बुलेटिनमा पाइन्छ । त्यतिमात्र होइन चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ सरकारको एउटै आवाज छ, ‘चिनियाँ जनताको सुख’ । आर्थिकरूपले मात्र होइन हरेक हिसाबले समृद्ध समाज निर्माणका लागि चीन प्रतिबद्ध छ । बुलेटिन ‘चाइना टुडे’ का चित्रले यही भन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *