भर्खरै :

चीनका राष्ट्राध्यक्ष सी चिनफिङबाट युयिङ विद्यालयको निरीक्षण

चीनका राष्ट्राध्यक्ष सी चिनफिङबाट युयिङ विद्यालयको निरीक्षण

‘जून १’ अन्तर्राष्ट्रिय बालबालिका दिवसको उपलक्ष्यमा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले मे ३१ का दिन पैचिङस्थित युयिङ विद्यालयको निरीक्षण गर्नुभएको छ ।
उहाँले शिक्षक–शिक्षिका र विद्यार्थीहरूलाई सान्त्वना दिनुका साथै चीनका बालबालिकालाई दिवसको शुभकामना दिनुभएको हो । उहाँका अनुसार, बालबालिका देशको भविष्य हो र चिनियाँ जातिको आशा हो ।
नयाँ युगमा चिनियाँ बालबालिकासँग आफ्नै अपेक्षा तथा सपना हुने भन्दै उहाँले पढ्न र श्रम मन पराउने, कृतज्ञ तथा मैत्रीपूर्ण हुने, नयाँ सिर्जना र प्रयास गर्ने इच्छा लिने चौतर्फीरूपमा विकसित राम्रा बालबालिका हुनुपर्ने औँल्याउनुभयो । विद्यार्थीहरूले देशको निर्माण तथा जातिको पुनरूत्थान गर्नको लागि राम्ररी शिक्षा लिने आशा पनि राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *