भर्खरै :

आममाफी होइन, झूटा मुद्दा फिर्ता भएको हो

आममाफी होइन, झूटा मुद्दा फिर्ता भएको हो

नेपाल मजदुर किसान पार्टीविरूद्ध पञ्चायती राज्यस्तरको षड्यन्त्र ‘भक्तपुर काण्ड’ हो । नेपाल मजदुर किसान पार्टीविरूद्ध पञ्चायती शासकहरूले लगाएको आगोमै परेर पञ्चायती व्यवस्था भस्म भएको हो । यो यथार्थलाई ढाकछोप गर्नेहरू नेपाल मजदुर किसान पार्टीविरूद्ध अहिले पनि विष वमन गर्दै छन् । २०८० जेठ १४ गतेको ‘नागरिक’ दैनिकमा प्रकाशित अनन्तराज लुइँटेलको ‘कठै कानुन’ लेख नेपाल मजदुर किसान पार्टीविरूद्धको एउटा थप विष वमन हो ।
झूटा आरोप लगाउने तत्कालीन सरकारले नै फिर्ता लिएको ‘ह्योजू काण्ड’ को मुद्दालाई अनन्तराज लुइँटेलले ‘आममाफी पाएको’ लेख्नु इमानदार अभिव्यक्ति होइन, बरू जनतामा भ्रम फैलाउने झूटा अभिव्यक्ति हो । अनन्तराजको अभिव्यक्तिलाई यसरी खण्डन गर्न सकिन्छ–
२०४५ साल भदौ ५ गते उदयपुर केन्द्र पर्ने गरी ६.९ रेक्टरको भूकम्प गयो । त्यसबाट काठमाडौँ उपत्यकामा पनि क्षति भयो । नेपाल मजदुर किसान पार्टीको बहुमत प्राप्त भक्तपुर नगरपालिकाले भूकम्प पीडित नगरवासीहरूको उद्धार, राहत र पुनःस्थापनाको कार्य तत्कालै सुरु ग¥यो । भक्तपुर नगरपालिकाको यो सक्रियता तत्कालीन पञ्चायती व्यवस्थालाई सह्य भएन । पञ्चायती सरकारले भदौ ९ गते कुनै पदमा नभएका पूर्वरापस कर्ण ह्योजूलाई भूकम्प पीडितलाई राहत कुपन बाँड्न लगायो । ह्योजूले भूकम्पबाट क्षति नभएकाहरूलाई कुपन र राहत वितरण गरे । वास्तविक भूकम्प पीडितहरूले ह्योजूको पक्षपातपूर्ण कामको तत्काल विरोध गरे ।
पञ्चायती सरकारले ह्योजूलाई बलिको बोको बनाएर नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट गर्ने षड्यन्त्र रच्यो । पञ्चायती सरकारले ह्योजूलाई प्रहरीको गाडीबाट निकालेर सडकमै छाड्यो; आफ्नै मानिस पठाई कुटपिट गर्न लगायो र अस्पतालमा पु¥याए पनि उपचार गरेन । पञ्चायती सरकारले यसरी ह्योजूको हत्या ग¥यो । सोही रातिबाट नेपाल मजदुर किसान पार्टीका नेता र कार्यकर्ताहरूलाई पक्राउ गरियो । नेपाल मजदुर किसान पार्टीका समर्थकहरूमाथि पञ्चायती प्रशासनको आतङ्क र दमन तीव्र पारियो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) लगायत ६७ नेता र कार्यकर्ताहरूविरूद्ध झूटा ज्यान मुद्दा लगाइयो । पञ्चायती प्रशासनले शनिबार प्रहरी घेरामा सरजमिन ग¥यो र वाग्मती विशेष अदालतमा झूटा ज्यान मुद्दा दर्ता ग¥यो ।
पञ्चायती निरङ्कुशताविरूद्ध जनआन्दोलन उठिरहेको थियो । २०४६ साल फागुन ७ गतेबाट जनआन्दोलनले थप गति लियो । जनआन्दोलनको बलमा २०४६ चैत २६ गते पञ्चायत व्यवस्थाको अन्त्य र बहुदलीय प्रजातन्त्रको पुनःस्थापना भयो । नेपाल मजदुर किसान पार्टीविरूद्धको पञ्चायती सरकारको षड्यन्त्र असफल भयो । २०४७ वैशाख ५ गते तत्कालीन सरकारले सरकारी मुद्दासम्बन्धी ऐन २०१७ को दफा ९ (क) अनुसार नेपाल मजदुर किसान पार्टीका नेता र कार्यकर्ता ६७ जनाविरूद्धको झूटा ज्यान मुद्दा फिर्ता लिने निर्णय ग¥यो । तत्कालीन महान्यायाधिवक्ताको कार्यालयले तत्कालीन वाग्मती विशेष अदालतलाई झूटा ज्यान मुद्दा फिर्तासम्बन्धी पत्र पठायो । २०४७ बैशाख ५ गते नै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) लगायत कार्यकर्ताहरू रिहाइ हुनुभयो ।
पञ्चायती सरकारले नेपाल मजदुर किसान पार्टीका नेता कार्यकर्ताविरूद्ध लगाएको झूटा ज्यान मुद्दा अदालतबाट फैसला भएको थिएन । नेपाल मजदुर किसान पार्टीविरूद्ध ह्योजू हत्या काण्डको झूटा ज्यान मुद्दा लगाउने सरकारले नै सो मुद्दा फिर्ता लिएपछि सरकारको आरोप पनि झूटो भयो ।
यो यथार्थलाई ढाकछोप गर्न अनन्तराज लुइँटेलले २०८० जेठ १४ गतेको ‘नागरिक’ दैनिकको पृष्ठ ४ को विचार स्तम्भमा ‘कठै कानुन’ शीर्षकमा लेखे– “२०४५ सालमा भक्तपुरमा पञ्चायती व्यवस्थाविरोधी आन्दोलनमा कर्ण ह्योजू हत्या प्रकरण त्यसबेलाको सबैभन्दा विभत्स हत्या काण्ड थियो । २०४६ सालमा राजनीतिक सत्ता परिवर्तन भएपछि बिजुक्छेँलगायतका नेता कार्यकर्ताले आममाफी पाए ।”
अनन्तराज लुइँटेलको “बिजुक्छेँलगायतका नेता कार्यकर्ताले आममाफी पाए” अभिव्यक्ति सत्य होइन । यो नेपाल मजदुर किसान पार्टीविरूद्ध भ्रम फैलाउने धृष्टता हो । तत्कालीन सरकारले नेपाल मजदुर किसान पार्टीविरूद्धको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो । महान्यायाधिवक्ताको कार्यालयले वाग्मती विशेष अदालतलाई पठाएको पत्र यसको प्रमाण हो ।
नेपाल मजदुर किसान पार्टी पालैपालो पुँजीवादी सरकारमा गएर देशको ढुकुटी लुटपाट गर्ने घृणित कार्यमा संलग्न राजनीतिक दलहरूभन्दा भिन्न हो । स्थापनाकालदेखि देशको मजदुर, किसान र कामदारवर्गसँगै सडकमा रहेर आन्दोलनमा लागिरहेको पार्टी नेपाल मजदुर किसान पार्टी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *