भर्खरै :

तिब्बतको विकास वास्तविक हो, तिब्बतको ढोका खुला छ

तिब्बतको विकास वास्तविक हो, तिब्बतको ढोका खुला छ

“मैले लगाएको लुगा इन्टरनेटबाट अर्डर गरी किनेको हो र नजिकको पसलको भन्दा धेरै सस्तो र झनै फेसनेबल पनि छ ।” अनलाइन किनमेलबारे चर्चा गर्दा चीन–नेपाल सीमा क्षेत्रमा पर्ने सिगात्से नगरको टिङ्कर जिल्लाको चनथाङ नगरको २७ वर्षीय युवक तेनजिन निकै उत्साहित भएका छन् । उक्त टाउन हिमालय पर्वतमालाको गहिरो क्षेत्रमा पर्छ भने वनजङ्गलबाट घेरिएको छ र औसतरूपमा समुद्र सतहबाट २००० मिटरमा अवस्थित छ । सन् २०२० मा एउटा उच्चस्तरीय राजमार्ग सञ्चालन भएबाट डेलिभरी ट्रकलाई एउटा नियमित सुविधा लाइन प्रदान गरिएको छ र स्थानीयको नयाँ जीवनशैली सुरू भएको छ । यति सुदूर क्षेत्रमा भएको कुराबारे धेरैलाई अचम्म लागेको छ । जापानी वृत्तचित्र निर्देशक रियो टाकेयुची तीमध्येका एक हुन् ।
सन् २०२२ मा जापानी वृत्तचित्र निर्देशक रियो टाकेयुचीले याङसी नदी नामक वृत्तचित्र खिच्न दक्षिण–पश्चिमी सछ्वान प्रान्तीय छङतु नगरबाट डेलिभरी ट्रकमार्फत छिङ हाइ–तिब्बत पठारभूमिमा पर्ने याङसी नदीको उद्गमस्थलतर्फ गएका थिए । उनलाई निकै अचम्म लागेको थियो कि दैनिक आवश्यक सामान बोकेको पूर्ण ट्रकको पूरै यात्रा समय लगभग ६० घण्टामात्र थियो । उनले भने, “यहाँको अनलाइन किनमेलको विकास यति छिटो होला भनेर मैले सोचेकै थिइनँ ।” उनका अनुसार, १० वर्षअघि पहिलोपटक तिब्बतमा पुग्दा उनले कुनै एक डेलिभरी ट्रक पनि भेटाएको थिएन तर हाल उनले भेटेका सबै तिब्बती पशुपालकले स्मार्ट फोन प्रयोग गर्छन्, अनलाइन किनमेल गर्छन्, छोटो भिडियो हेर्छन् ।
तिब्बत स्वायत्त प्रदेशीय यातायात तथा ढुवानी विभागका अनुसार, सन् २०१६ देखि तिब्बतले ग्रामीण क्षेत्रमा जम्मा ३८ हजार २ सय किलोमिटरको राजमार्गको निर्माण वा पुनःनिर्माण गरेको छ भने सन् २०२१ को अन्तसम्म पठारभूमिको ग्रामीण क्षेत्रको राजमार्गको कुल लम्बाइ ९० हजार किलोमिटर पुगेको छ । पूर्वाधार, दूरसञ्चार नेटवर्क, डेलिभरी सेवा कभरेजको सुधार भएबाट तिब्बतको इ–कमर्सको विकासलाई प्रवद्र्धन गरिएको छ साथै अनलाइन सप र उपभोग पनि धेरै बढेको देखिएको छ । स्थानीय उत्पादित वस्तु पनि इ–कमर्स प्लेटफर्ममार्फत चीनका अरू क्षेत्रमा बिक्री गरिएको छ । गत वर्ष लिन्ची नगरको चायु जिल्लामा २० लाख फ्यान भएका सेलिब्रेटी दलुङले अनलाइन लात् प्रसारणमार्फत १० लाख युआनभन्दा बढी स्थानीय उत्पादन वस्तु बिक्री गर्न सहयोग गरेका थिए ।


तथ्याङ्कअनुसार, सन् २०२१ मा तिब्बतको अनलाइन खुद्रा बिक्री मात्रा सन् २०२०को सोही अवधिको तुलनामा ६१.१ प्रतिशत वृद्धि भएको छ भने १८ अर्ब ९७ करोड चिनियाँ युआन पुगेको छ । तिब्बती वाणिज्य विभागका अनुसार, ७४ वटा जिल्लामा नै ग्रामीण इ–कमर्सको सुविधा पुगेको छ भने वृद्धि दर चीनको अग्रस्थानमा छ ।
ती सबै कुराबाट तिब्बतको आर्थिक तथा सामाजिकलगायत विभिन्न क्षेत्रको ठूलो विकास देखिनुका साथै तिब्बतीहरूको सुखमय जीवन पनि प्रतिबिम्बित भएको छ । तिब्बतको विकास वास्तविक हो जुन तिब्बतमा पुगेको हरेकले अनुभव गर्न सक्छन् । साथै तिब्बतको ढोका खुला रहेकोले सबै पाहुनालाई स्वागत गरिरहेको छ । हाल चीनका लागि धेरै मुलुकका राजदूत र विदेशी अतिथिहरूबाट गठित ‘सन् २०२३ चीनको तिब्बत विकास मञ्च’ भ्रमण दलले तिब्बतमा अवलोकन गरेको छ । टोलीले भ्रमणसँगै सुन्दर तथा सुखमय तिब्बत हेर्नुका साथै नयाँ युगमा तिब्बतको ठूलो परिवर्तन तथा आर्थिक र सामाजिक विकास एवम् उपलब्धि हेरेको छ । चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठले भन्नुभयो, मैले आफ्नै आँखाले देखेको छु, सामाजिक तथा आर्थिक विकास होस्, शिक्षा पहुँच होस्, पूर्वाधार निर्माण होस्, उच्च विज्ञान तथा प्रविधि होस्, केही वर्षयता तिब्बतको विकास निकै ठूलो छ र जनजीवन निकै सुखमय छ । हाल खासा, केरूङ, पुलान यी तीन वटा नाका सञ्चालनमा ल्याइसकेका छन् जसबाट नेपाल र तिब्बती जनताबिचको सम्पर्कलाई अघि बढाइनेछ ।
तिब्बत रहस्यमय छ, किनभने ऊ स्वर्गबाट सबैभन्दा नजिक छ । तिब्बत रहस्यमय पनि छैन, किनभने तिब्बतको ढोका खुला छ र तिब्बतको निर्माण गर्न र विकास उपलब्धि हेर्न सबैलाई स्वागत गरिरहेको छ ।
– सीआरआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *