भर्खरै :

जलविद्युत् आयोजना भारतको पोल्टामा

  • जेष्ठ २३, २०८०
  • कुमार काभ्रेली
  • विचार
जलविद्युत् आयोजना भारतको पोल्टामा

भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच नयाँ दिल्लीमा सातबुँदे सम्झौतामा हस्ताक्षर भएको छ । उक्त हस्ताक्षरमा नेपाल र भारतबिच पेट्रोलियम पाइपलाइन, तल्लो अरूण हाइड्रोपावर प्रोजेक्ट, फुकोट कर्णाली हाइड्रोपावर प्रोजेक्ट, क्रस बोर्डर पेमेन्ट समझदारी सिलीगुडी झापा पेट्रोलियम पाइपलाइन निर्माण गर्ने विषय समावेश गरिएको छ ।
संयुक्त हस्ताक्षरपछि आयोजित पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो १० वर्षभित्र नेपालबाट १० हजार मेगावाट विद्युत् खरिद गर्ने बताए । उनले फुकोट कर्णाली र अरूण तल्लो जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अघि बढाउने बचन दिए । यसले ४८० मेगावाटको फुकोट कर्णाली जलविद्युत् आयोजना भारतको पोल्टामा पारेको छ ।
यसअघि भारतको जिम्मा लगाइएका ९०० मेगावाटको माथिल्लो कर्णाली, १९०२ मेगावाट (प्रस्तावित) मुगु कर्णाली जलविद्युत् आयोजना लथालिङ छन् । फुकोटको भविष्य पनि के हुने हो भन्ने आशङ्का छ ।
४८० मेगावाटको फुकोट कर्णाली नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको विद्युत् उत्पादन कम्पनीले अघि बढाएको आयोजना हो । यसलाई प्रधानमन्त्रीको यस पटकको भ्रमणले नेपालको ४९ प्रतिशत र भारत सरकारको स्वामित्वमा रहेको कम्पनी एनएचपीसी लिमिटेडलाई ५१ प्रतिशत शेयर लगानीको अनुमति दिएको छ । यसरी भारतलाई बढी शेयरको हिस्सा दिएर फुकोट जलविद्युत् आयोजना भारतको पोल्टामा पारे । नेपालका उच्चपदस्थ शासकहरू भारत भ्रमण गर्दा नेपालले के गुमाउने हुन् भन्ने व्याप्त आशङ्का वास्तविकतामा परिणत हुँदै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *