पुस्तकालयलाई जीवन्त बनाउन पुस्तकालयकर्मीको दायित्व
- भाद्र १४, २०८३
सपना त देखाएको थियो साम्राज्यवादीसँग प्रतिकार गर्न सक्ने एक समाजवादी मुलुक बनाउने भनेर । सपना त देखाएको थियो देश जोगाउन विस्तारवादविरुद्ध सुरुङ युद्ध गर्ने भनेर । तर, विडम्बना ! हुन गयो ठीक विपरीत, त्यही विस्तारवादी भारतको स्वार्थ पूरा गर्ने प्यादा । ‘धर्म अफिम हो’ भन्ने माक्र्सको मन्त्र उच्चारण गर्दै कार्यकर्तालाई नास्तिक बनाएर आफै १ अर्ब भारतीयलाई खुसी पार्न भनेर गेरुवस्त्र लगाएर मन्दिर धाउने प्रचण्ड भन्ने मान्छे यस्तो ठेकेदार हो जसले आफ्नो सत्ता टिकाउनको निम्ति राजनीतिक षड्यन्त्रको बजारमा धर्मलाई पनि बेच्न तयार भए । अर्को कुरा प्रचण्ड ठेकेदारमात्र होइन हिंस्रक शिकारी पनि हो जसले शासक बन्नका लागि हिजो विभिन्न जाति समुदाय, भूगोल, लिङ्ग, धर्मका मान्छेलाई डर, त्रास, हत्या, हिंसा र लुटपाट गरेर शिकार ग¥यो भने अहिले विभिन्नखाले उच्च सरकारी पदको प्रलोभनमा पारेर बुद्धिजीवीलाई सिकार गर्दै छ । आफ्नो फाइदाको लागि थुकेको थुक पनि चाट्न सक्ने खुबी भएका यस्ता अवसरवादीलाई गतिशील नेताको रूपमा प्रस्तुत गर्दाको फल नेपाली जनताले अहिले भोग्दै छ ।
‘शासक बन्न होइन, परिवर्तनको सुनौलो कल्पना बोकेर हिँडेको’ भन्नेले जनतामाथि घात गर्दै सत्ता लिप्साको निम्ति तल्लो स्तरको चटक देखाउने प्रचण्डको कथित जनयुद्धमा जातीय भेदभाव र छुवाछुत समस्या समाधानसम्बन्धी कुनै कार्यक्रम नै थिएन भन्ने कुरा माओवादीको तत्कालीन अभिलेखमै पनि हेर्न सकिने भनेर माओवादीका तत्कालीन नेता आहुती आफैँले धेरै ठाउँमा भनेका थिए । माओवादीले युद्धको नाममा ज्यान लिन र ज्यान जोगाउन उत्पीडित जाति र गरिब निमुखालाई मोहोरामात्र बनाएको थियो ।
प्रधानमन्त्रीको रूपमा यिनले भारत भ्रमणमा पुरानै बासी नारा बिजुली बेचेर देश धनी हुने सपना फेरि देखाए । पहिला प्रत्येक नेपालीको घरमा बिजुली बलोस् । महँगो पेट्रोल डिजेललाई विस्थापित गर्न सकिने गरी हरेक नेपालीको भान्सामा बिजुलीको चुलो पुगोस् । अनि बल्ल बढी भएको बिजुली विदेशीलाई बेच्ने हो । सरकार बनेपश्चात् नेपालको बिजुली भारतको नियन्त्रणमा र चरम फाइदा रहने गरी बुझाउने परम्परा यी भ्रष्ट शासकहरूबाट छुट्ला भनेर आशा गर्नु बेकार भइसक्यो । समुन्द्र मार्गको निम्ति बङ्गलादेशसम्म जान मिल्ने भूमि साट्ने तर्क गर्दा भुपरिवेष्टित राष्ट्रले स्वाभाविकरूपमा समुन्द्रसम्म पारवहन सुविधा पाउने प्रचण्डलाई अन्तर्राष्ट्रिय नियम थाहा हुनुपर्ने हो ।
नेपाल भारतको उपनिवेश भएको भान दिने कुरा त दुईटुक्रे कार्पेट र नर्तकीबाट अपहेलित स्वागत पाएबाट थाहा पाइहाल्यो । कसाहीले बोकाको मुख हेरेर हैन, ढाड छामेर व्यापार गर्छ रे । अझै प्रचण्ड भन्दै छन्, “मलाई भव्य स्वागत गरियो ।” अङ्ग्रेजीमा भन्नुपर्दा तिम्रो स्वागर्त माई फुट’ । बडेमाको मुख खोल्नुभन्दा सानो गिडी खोल्दा राम्रो हुन्छ । ‘आफू मरेपछि डुमै राजा’ को झल्को आउने व्यहोरा देखाउने शासक भएपछि भविष्यमा देश रहला नरहला के मतलब, ‘होइन र नयाँ लेन्डुप’ ? जिउञ्जेल मस्ती गर्ने हो ।
अन्तर्राष्ट्रिय कानुनअनुसार पारवहन सुविधा भूपरिवेष्ठित राष्ट्रको अधिकार हो । तर, त्यसैको लागि प्रचन्डले कालापानी लिपुलेक भारतलाई छोड्न सकिने कुरा बोले । जमिन छोड्ने कुरा गर्दा किन बोल्दैनन् काङ्ग्रेस, एकीकृत समाजवादीलगायत गठबन्धनका दलहरू ? यसको अर्थ हातमा सरकार रहिरहन्छ भने देशको भूमि गुमाउन पनि प्रचण्ड नेतृत्वको गठबन्धन सरकार तयार छ । देशको जमीन गुम्ने कुरामा पनि काङ्ग्रेसलगायत गठबन्धनमा कुनै मतलब छैन भने यी दल नेपालको लागि होइन रहेछन् । भारतले सत्तामा टिकाइ दिएबापत देशको स्वाभिमान त ढाले ढाले अब जन्मभूमि पनि बुझाउन तयार देखिए ¤ बाँदरलाई मकैबारीको गोठालो बनाउनु र दूधको साक्षी बिरालो बनाउनुजस्तै हो यिनीहरूलाई देशको जिम्मा लगाउनु । जसरी बाँदरले मकैबारी जोगाउँदैन त्यसरी नै यिनीहरूले देशको सार्वभौमिकता जोगाउँदैन ।
नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण राष्ट्रपतिले सजिलै किन गरे भन्नेबारेमा उनको पृष्ठभूमि बुझ्नेहरूले आश्चर्य मान्दैनन् । अहिलेका राष्ट्रपति कुनै समय नेपाली काङ्ग्रेसको सभापतिको उम्मेदवार थिए । यिनले आफ्नो सहयोगको लागि काङ्ग्रेस सदस्यहरूलाई अनुरोध गर्नुभन्दा पनि भारत गएर त्यहाँका नेताहरूलाई आफूलाई सहयोग गर्न अनुरोध गर्नु राम्रो ठानेका थिए । एउटा देशको राजनीतिक पार्टीको चुनावमा अर्को देशको नेतालाई हस्तक्षेप गर्न निमन्त्रणा गर्ने भनेपछि कुन हदसम्म यिनीहरू विदेशीको दलाली गर्ने रहेछन् हामीले बुझ्नुपर्छ । त्यही भएर खराब भन्ने जाँदाजाँदै यिनीहरूलाई माया गर्नु भनेको बाँदर्नीले मरेको बच्चाको लास छातीमा च्यापिरहनुजस्तै निरर्थक चेष्टा हो ।
जात जातमा नेपाली लडाएर नेपाल सहजै भारतमा बिलय गराउन सकिन्छ भन्ने योजना विस्तारवादी भारतको हो । असमान सन्धि, सीमा विवाद, कालापानी र लिपुलेकजस्ता समस्याबारे कुरा गर्दा भारत रिसाउँछ भन्ने कायर लम्पट प्रधानमन्त्री भएपछि समस्या कसरी समाधान हुन्छ ? नागरिकता जति भारतीय नागरिकलाई अनि अर्थतन्त्र जम्मै भारतीय मारवाडीलाई जिम्मा दिने नेपालको आर्थिक नीति बनाउने शासकले देशलाई अगाडि बढाउला भनेर आशा गर्नु हामी गौप्राणीमात्र हुनु हो ।
नेपाल भारतको उपनिवेश भएको भान दिने कुरा त दुईटुक्रे कार्पेट र नर्तकीबाट अपहेलित स्वागत पाएबाट थाहा पाइहाल्यो । कसाहीले बोकाको मुख हेरेर हैन, ढाड छामेर व्यापार गर्छ रे । अझै प्रचण्ड भन्दै छन्, “मलाई भव्य स्वागत गरियो ।” अङ्ग्रेजीमा भन्नुपर्दा तिम्रो स्वागर्त माई फुट’ । बडेमाको मुख खोल्नुभन्दा सानो गिडी खोल्दा राम्रो हुन्छ । ‘आफू मरेपछि डुमै राजा’ को झल्को आउने व्यहोरा देखाउने शासक भएपछि भविष्यमा देश रहला नरहला के मतलब, ‘होइन र नयाँ लेन्डुप’ ? जिउञ्जेल मस्ती गर्ने हो ।
खुसी भएर भारतले उपहारस्वरूप प्रचण्डको घाँटीमा झुन्ड्याइदिएको ग¥हुँगो पदकरूपी राँगो थाम्न नसकेर समग्र देशको शिर निहुरिएको छ । समय घर्किसक्यो अब प्रचण्ड चाहेर पनि आफ्नो खुट्टामा उभिन सक्दैनन्, यी भारतीय ज्यावलले देशलाई अगाडि बढाउन सक्दैन । देशको स्वाभिमान बचाउने अभियानमा प्रचण्ड एउटा राष्ट्रिय घाँडो बनिसकेको अवस्थामा यिनीबाटै फेरि आशा राख्नु भनेको हलेदो हो भन्ने जाँदाजाँदै कोट्याएरै समय बर्बाद गर्नुजस्तै हो । गैडाको छाला यति धेरै बाक्लो हुन्छ कि काउकुति लगाए भने भित्रसम्म पुग्न धेरै समय लाग्ने भएर उनी निकै ढिलो गरी हाँस्छ रे ¤ त्यसरी नै यस्तो गतिछाडा नेतालाई बुझ्न ढिला भएको कारण हाम्रो दिमागको छाला यति धेरै बाक्लो भएर होला र ? नदी बेच्नु, जमिन बेच्नेबारे बहसमा ल्याउनु, नागरिकता बेच्नु र अखण्ड भारत नक्सा स्वीकार्नुजस्ता गतिविधि नै ‘कम्फर्टेबल सरकार’ को भित्री रहस्य रहेछ भन्ने कुरा नेपालीले ढिलैमात्र बुझे ।
Leave a Reply