इरानद्वारा अमेरिका–इजरायललाई चेतावनी
- भाद्र १२, २०८३
एसियामा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) को विस्तारबारे कम्बोडियाका प्रधानमन्त्री हुन सेनले गत जुन ५ मा भने, “नाटो पश्चिममा मात्र अस्तित्वमा थियो । अब उसले विभिन्न गतिविधिमार्फत एसिया–प्रशान्त क्षेत्रमा पनि सक्रियता बढाएको छ । यो आसियानको निम्ति चासोको विषय बनेको छ ।” कम्बोडियाको सञ्चारमाध्यम फ्रेस न्युजमा यो समाचार छापिएको थियो ।
दक्षिणपूर्वी एसिया देशहरूको सङ्गठन आसियानको बडापत्रमा केन्द्रियता (सेन्ट्रालिटी) लाई त्यसको स्थापनाको आधार मानिएको छ । यो अवधारणाले सो सङ्गठनलाई उसका गैर–सदस्यहरूसँगको सम्बन्ध र सहकार्यको मुख्य चालक शक्तिको रूपमा सक्रिय भूमिका खेल्न मार्गप्रशस्त गर्छ र उसलाई आफूसमक्ष आएका चुनौती सामना गर्न र बाह्य साझेदारहरूसँग संलग्न हुन प्रभावशाली क्षेत्रीय मञ्चको रूपमा काम गर्न उत्साहित गर्छ ।
संरा अमेरिकी राष्ट्रपति जो बाइडेनको ‘हिन्द–प्रशान्त रणनीति’ ले मुखले त आसियानको केन्द्रियतामुखी अवधारणालाई स्वीकारेको दाबी गर्छ । अनि दक्षिणपूर्वी क्षेत्रका जल्दाबल्दा चुनौतीका दिगो समाधान निकाल्ने प्रयासमा साथ रहने पनि बताउँछ । संरा अमेरिकाले चौपक्षीय सुरक्षा संवाद (क्वाड) लाई ‘महत्वपूर्ण क्षेत्रीय समूह’ को रूपमा अघि बढाउनु र अउकस (अस्टे«लिया, बेलायत र संरा अमेरिका) मार्फत एसिया–प्रशान्त क्षेत्रका साझेदारहरूलाई एकै ठाउँमा ल्याउनुको मूल अभिप्रायः आसियानको मूल लक्ष्यलाई न्यूनाङ्कन गर्नु हो । त्यसै कारण इन्डोनेसिया र मलेसियाबाट त्रिपक्षीय सुरक्षा सन्धि (अउकस) को कडा शब्दमा निन्दा भएको छ ।
समृद्धिको लागि संरा अमेरिकी हिन्द–प्रशान्त आर्थिक ढाँचा (आइपीईएफ) लगायत संस्थागत पहलकदमी आसियान र त्यसको केन्द्रीय भूमिकाप्रति अमेरिकी प्रतिबद्धताको विपरीत छ । आइपीईएफबाट कम्बोडिया, म्यानमार र लाओसलाई बाहिर राख्नुले आसियान देशबिचको एकताप्रति बाइडेनको गम्भीरतामा सन्देह जन्माएको छ । आइपीईएफमा आसियानको केन्द्रीय भूमिकाबारे कहीँकतै केही उल्लेख छैन ।
चीनसँग संरा अमेरिकी रणनीतिक वैरभावको अभिव्यक्तिको रूपमा उदाएको क्वाडप्रति आसियानको प्रतिक्रियालाई मौनतामा मार्नु खोज्नु कुनै आश्चर्यको विषय होइन । आसियानको केन्द्रीयतालाई चुनौती दिनु र ‘एसियाली नाटो’ बनाएर क्षेत्रीय सुरक्षा गर्नु नै क्वाडको मूल अभ्यान्तर हो ।
आइपीईएफलाई दक्षिणपूर्वमा पनि सकारात्मकरूपमा लिइएको छैन । त्यहाँका प्रमुख देशका जनता यो अग्रसरताप्रति नकारात्मक धारणा राख्छन् अथवा उनीहरू यो अग्रसरताले दक्षिणपूर्वमा सकारात्मक परिणाम ल्याउनेमा आश्वस्त छैनन् । उनीहरू क्वाडजस्तो लघु–पक्षीय मोर्चासँग सहकार्य गर्ने–नगर्ने विषयमा अन्योलमा छन् । क्वाड र आसियानबिच संस्थागत प्रतिस्पर्धाले दक्षिणपूर्वका क्षेत्रीय शक्तिहरूलाई चीनसँग नजिक पु¥याएको छ । चीनसँग संरा अमेरिकाको रणनीतिक दुश्मनीको दुष्परिणामबाट जोगिने प्रयासमा उनीहरू चीनसँग निकट भएका हुन् ।
दक्षिणपूर्वमा आसियानको केन्द्रीय भूमिकाले बाइडेन सरकारका खतरनाक लक्ष्यमाथि रोक लगाउँछ । बाइडेन सरकारले दक्षिणपूर्वी देशहरूलाई चीनको विरोध र संरा अमेरिकाको पक्षमा लाग्न बाध्य बनाइरहेको छ । उसले तटस्थ देशहरूमाथि यस्तो दबाब दिइरहेको छ । यद्यपि, ती देशहरूले अमेरिकी दबाब सामना गरेर पनि शीतयुद्धकालदेखिकै तटस्थता नीति कायम राखेको छ । राजनीतिक र आर्थिक सङ्गठनमाथि हावी बन्न ‘स्वतन्त्र र खुला हिन्द–प्रशान्त’ (एफओआइपी) जस्ता अमेरिकी हस्तक्षेपकारी गतिविधिप्रति समर्थन बटुल्ने लक्ष्यसहित दक्षिणपूर्वमा अमेरिकी सैनिक उपस्थितिलाई बढाइएको छ ।

क्वाड कूटनीतिज्ञहरूले ‘हिन्द–प्रशान्तको लागि आसियान ढाँचा’
(एओआइपी) लाई ‘एफओआइपी’ सँग जोड्न दिलोज्यानले लागिरहेका छन् । तर, ‘हिन्द प्रशान्त’ शब्दको प्रयोग गर्नुको अर्थ आसियानले क्वाडसँग संस्थागत गुटबन्दी अघि बढाएको वा क्वाडको अनियन्त्रित दृष्टिकोणलाई समर्थन गरेको अर्थ लाग्दैन । बरु एओआइपी दक्षिणपूर्वमा चार देशको मोर्चाको उपस्थितिप्रतिको प्रतिक्रिया हो । यसले दक्षिणपूर्वी एसिया र अन्यत्र पनि शान्ति, स्थायित्व र समृद्धि कायम राख्ने आसियानको साझा हितलाई प्राथमिकतामा राखेको छ ।
चीनले स्वाधीनता, खुलापन, विकास र सहकार्यलगायत विभिन्न प्रमुख पक्ष अङ्गाल्दा सन् २०२२ मा क्षेत्रीय विकास र स्थायित्वप्रति एकीकृत अवधारणा प्रवद्र्धन गरेको छ । यो साझा प्रयासले दुईपक्षीय व्यापार झन्डै १० खर्ब अमेरिकी डलर पुगेको छ । चीन–आसियान खुला व्यापार क्षेत्रको तेस्रो संस्करण (एसीएफटीए ३.०) का आरम्भसँगै उनीहरूबिच थप अग्रगति हासिल गर्न सहकार्य अझ कसिलो भएको छ । यसले दुवै क्षेत्रका जनतालाई लाभ भएको छ ।
चीन र आसियानबिचको वस्तु व्यापारको ९० प्रतिशतलाई शून्य भन्सारको सुविधा दिइएको छ । एसीएफटीए ३.० ले आपसी दायित्व थप न्यून गर्नुका साथै व्यापार, लगानी उदारीकरण र पहुँचलाई सहज बनाएको छ । यसले विद्युत्तीय अर्थतन्त्र र हरित रूपान्तरणलगायत उच्च गुणस्तरीय क्षेत्रीय विकासलाई बलियो टेवा पु¥याउने अपेक्षा गरिएको छ । साथै यसले खुला र समावेशी क्षेत्रीय वृद्धिको लागि क्षेत्रीय विस्तृत आर्थिक साझेदारीलाई पूर्णता दिन मद्दत गर्नेछ । हालै सम्पन्न आसियानको शिखर सम्मेलनले चालु एसीएफटीए ३.० को स्तरोन्नति सम्झौतामा भएको प्रगतिलाई आसियानले कदर गरेको छ ।
यो वर्ष अहिलेसम्म भएका बैठकहरूमा चीन र आसियानले संयुक्तरूपमा बहुपक्षवादलाई अघि बढाउने, आर्थिक सम्बन्ध गहिरो बनाउने, आसियानको तटस्थ र समावेशीताको नीतिप्रति समर्थन जनाउने र शीतयुद्धको मानसिकता त्याग्ने अनि मोर्चागत द्वन्द्व अस्वीकार गर्ने विषयमा सहमत भएका छन् । यस्ता छलफलमा दक्षिणपूर्वी एसियाली क्षेत्रीय कूटनीतिज्ञहरूले सो क्षेत्रका देशहरू चीन र संरा अमेरिकाबिच द्वन्द्वको पक्षमा नरहेकोमा जोड दिँदै आएका छन् । बरु बेइजिङ र अन्य देशसँग बलियो आर्थिक सम्बन्ध कायम राख्न उनीहरू प्रयासरत छन् ।
तथापि, संरा अमेरिकाले उसको ‘हिन्द–प्रशान्त रणनीति’ प्रति दक्षिणपूर्वी एसियाबाट समर्थन प्राप्त गर्न नसकेपछि र सङ्कीर्ण आइपीईएफले दक्षिणपूर्वी एसियाको बजारमा पहुँचमाथि रोक लगाए पछि संरा अमेरिकाले आसियानको केन्द्रीयताको अवधारणालाई अलगथलग पार्दै आसियानभित्र विभाजनको बिजारोपण गर्ने प्रयत्न गरिरहेको छ । यस प्रकारका हस्तक्षेपकारी रणनीति र आक्रामक क्षेत्रीय नीतिले एसिया–प्रशान्त क्षेत्रको स्थायित्वलाई जोखिममा पार्छ । साथै सो क्षेत्रमा संरा अमेरिकी प्रभाव र विश्वसनीयता घटाउँछ ।

आसियानले कडाइपूर्वक अहस्तक्षेपको सिद्धान्त पछ्याउँछ । आसियानको स्थापनाकालीन दस्तावेज (सन् १९७६ को बैङ्कक घोषणापत्र) मा उसले क्षेत्रीय स्थायित्वको रक्षा गर्ने र बाह्य हस्तक्षेपबाट सुरक्षा सुनिश्चित गर्ने उल्लेख गरेको छ । यो अवधारणालाई सौहार्द र सहकार्य सन्धि सन् १९७६ को धारा २ मा थप मूर्तता दिइएको छ । त्यो धाराले स्वाधीन देशको लागि आपसी सम्मान, बाह्य हस्तक्षेप, दबाब र हमलाबाट आफ्नो अस्तित्व रक्षा गर्नु सबै देशलाई अधिकार भएकोलगायत विश्वव्यापी सिद्धान्तबारे प्रस्ट पारेको छ ।
तर, क्वाड र अउकसको स्थापनापछि एसिया–प्रशान्तमा नाटोको चलखेलले आसियानका मूलभूत सिद्धान्तमाथि कडा चुनौती तेर्साएको छ । आसियानको केन्द्रीयतावादी सोचाइलाई धरापमा पारेको छ । क्षेत्रीय शान्ति र समृद्धिलाई न्यूनाङ्कन गरेको छ । जापानमा तथाकथित प्रतिरक्षात्मक मोर्चा नाटोको सम्पर्क कार्यालय स्थापना गर्नुले सम्पूर्ण महादेशलाई प्रभाव पार्ने सम्भावनासहित दक्षिणपूर्वमा नाटोको खतरा अझ सघन बनेको छ ।
संरा अमेरिकाले एसिया–प्रशान्त क्षेत्रमा नाटोको स्थापना गर्न खोजेको होइन र अउकस प्राविधिक हस्तान्तरणको लागि बनाइएको मोर्चा हो, सुरक्षा मोर्चा होइन भनी दक्षिणपूर्वी एसियाली देशहरूलाई आश्वासन दिए पनि उनीहरू आश्वस्त हुन सकेका छैनन् । दक्षिणपूर्वी एसियाली देशहरूले धेरै अघि नै अउकस अझ बृहत् आयामसहितको क्वाडको हिस्सा भएको बुझिसकेका छन् । जसै नाटो उनीहरूको घरआँगनमा खेल्न थाल्यो र संरा अमेरिकाले दक्षिणपूर्वी एसियालाई सैनिकीकरण गर्न थाल्यो, तब उनीहरूले क्षेत्रीय सुरक्षाबारे चिन्ता पोख्न थालिसकेका छन् ।
स्रोत : सीजीटीएन
नेपाली अनुवादः नीरज
Leave a Reply